- Home
- Show Content
७७. खेलकुदको महत्व
७७. खेलकुदको महत्व
'खेल' र 'कुद' भन्ने दुई शब्दका मेलबाट 'खेलकुद' शब्द बनेको हो। यस शब्दले 'मन बहलाउन वा ब्यायामक निम्ति खेल्ने र कुदने काम' भन्ने अर्थ ब्यक्त गर्दछ । यस सन्दर्भमा मन बहलाउन वा ब्यायामका निम्ति खेल्ने र कुदने कामको महत्त्व नै खेलकुदको महत्त्व हो भन्ने बुझिन्छ । तर 'खेलकुद' शब्दले हिजोआज केवल मनोरंजन र ब्यायामका लागि खेल्ने र कुद्ने काम मात्र नबुझाई व्यापक अर्थमा एउटा ठुलो व्यवसायलाई बुझाउन थालेको छ । यो व्यक्तिको सम्मान र प्रतिष्ठासंग पनि जोडिन पुगेको छ । खेलकुदका मध्यमबाट रास्ट्रको नाम विश्वभर फैलिन्छ । वर्तमान युगमा खेलकुद दिन-प्रतिदिन लोकप्रिय बन्दै गइरहेको छ। त्यसैले अहिले खेलकुदका लागि विश्वमा ठुलो धनराशी खर्च भइरहेको छ र हरेक राष्ट्रहरु खेलकुदको विकास गर्न मरीमेटेर लागिरहेका छन्। यसबाट खेलकुदको महत्त्व स्वत: झल्किन्छ।
घरभित्र खेलिने खेल र बाहिर खेलिने खेल गरी खेललाई दुई किसिमले वर्गीकरण गर्न सकिन्छ। मानवजीवनमा खेलकुदको ज्यादै ठूलो महत्त्व रहेको छ । खेलबाट हाम्रो शरीर र मन दुवै स्वस्थ रहन्छन। अझ शारीरिक तन्दुरुस्तीका साथै निरोगी बन्न खेलकुदबाटै प्राप्त गर्न सकिन्छ। नियमित रुपमा खेलकुदमा सहभागी हुने ब्यक्ति ज्यादै फुर्तिलो हुन सक्दछ।त्यसैले समय मिलाएर खेलकुदमा सहभागी हुनु अति जरुरी छ। खेलमा एकाग्रता, अनुशासन र स्वस्थ प्रतिस्पर्धा हुनुपर्दछ । यस्तो भएको खेलबाटै सहोयोगीको भावना बढ्न सक्दछ अनि एकअर्कामा आत्मीयता पनि बढ्न जान्छ। तर अहिले कुनै कुनै खेलमा स्वस्थ प्रतिस्पर्धाका साथै अस्वस्थ प्रतिस्पर्धा पनि भइरहेको पाइन्छ। जसरी भए पनि खेल जित्नैपर्ने भन्ने नचाहिदो होडबाजी र दुर्भावनाको विकासले गर्दा खेलमा नराम्रो अस्वस्थको सिर्जना भएको हो। खेल हुनुभन्दा अगि नै हारजित निश्चित गर्नु, छलकपट हुनु, खेलाडीहरुलाई धम्की दिनु र तिनलाई खरिद गर्न खोज्नु आदिजस्ता खराब प्रवृतिका कारण सिङ्गो खेलजगत नै कहिलेकाहिँ विवादमा फस्न पुग्छ।यस्तो हुनु दुर्भाग्यापूर्ण कुरा हो।
मानिसजस्तै पशुपन्छीहरु पनि खेलेर रमाउने गर्दछन्। बाख्रा, कुकुर, बिराला आदि जनावर र तिनका बच्चाबच्चीहरु उफ्रिदै खेल्दै गरेको हामीले देखेका छौ। त्यसै गरी बादर, मृग आदि जंगली जनावरहरु पनि खेलिरहन्छन। चराचुरुंगीहरु पनि खुला आकाशमा चक्कर लगाउदै अनि रुखका हागाहागा चहार्दै रमाइरहन्छन । माछा पनि पानीमा रमाइलोसित खेलिरहेको हामी देख्न सक्दछौ।
खेलकुदबाट मानिसलाई धेरै फाइदाहरू हुन्छ। खेलकुदमा अनुशासन अपरिहार्य हुन्छ र यसले मानिसलाई अनुशासित जीवन बिताउन मदत गर्छ। यसबाट मानिसले समुहमा मिलेर काम गर्ने बानि सिक्छ।खेलबाट शारीरिक ब्यायाम हुने भएकाले शरीरमा जागर पलाउनुका साथै खाएको कुरा पनि सजिलै पच्छ। व्यक्तिका शरीरको, मनको, बुद्धिको विकासमा खेलकुदको निकै सुघाउ पुर्याउछ। खेल खेल्ने ब्यक्ति, समाज र रास्ट्रको गौरब बन्दछ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review