७९. ग्रामीण पर्यटन विकासमा होमस्टेको योगदान

७९. ग्रामीण पर्यटन विकासमा होमस्टेको योगदान

ग्रामीण पर्यटन विकासमा होमस्टेले ठूलो सहयोग पुर्‍याउछ । ग्रामीण पर्यटनको विशेष आधार होमस्टे हो । स्याङजाको सिरुवारीबाट ग्रामीण बिकासको लागि सुरु भएको होमस्टे( घरवास कार्यक्रम ) अहिले धेरै जिल्लामा सन्चालनमा आउन थालेका छन । होमस्टेमा पर्यटकहरुकलाई पारिवारिक वातावरणमा स्थानिय उत्पादनका परिकारहरु बनाएर खुवाइन्छ। स्थानीय उत्पादनको उपयोग र त्यसको बजारिकरणका साथै अर्गानिक उत्पादनमा होमस्टेले सेवा पुर्‍याउन सहयोग गर्दछ। अर्गानिक खानपानले पर्यटकहरुको मन जित्ने, सास्कृतिक कार्यक्रमहरुले आफ्नो कला सस्कृतिको प्रचारप्रसार गर्ने र स्थानीय स्तरमा आर्थिक प्रगती गर्नको लागि होमस्टेले नै विशेष सहयोग गर्ने तथ्यहरु छ्न।

 होमस्टे बिना ग्रामीण पर्यटनलाई अगाडि बढाउन कठिन हुन्छ। होमस्टे ग्रामीण पर्यटन विकासको मुख्य हतियार हो। प्राकृतिक रुपमा सम्पन्न र स्थानीय मौलिकताले भरिपूर्ण स्थानमा कलाकौशलको आकर्षणका साथमा पर्यटकहरूलाई लोभ्याउन सकिने र आम्दानी गर्न सकिने हामस्टेको उद्देश्य हो । घरमा आएका पाहुनासँग हाँसेर बोल्नु, पाहुनालाई विशेष स्वागत सत्कार गर्नु, आफ्नै परिवारसँगै बसेर ग्रामीण क्षेत्रमा प्राप्त हुने स्थानीय स्तरको खाना खुवाउनु, भलाकुसारी गर्नु, ग्रामीण जनवजीवन र मौलिक सांस्कृतिक रुपमा सामुदायिक परिचय गराउँदै मौद्रिक मूल्यमा परिणत गरी ग्रामीण पर्यटनलाई प्रवद्र्धन गर्ने व्यवसाय नै होमस्टे हो ।

अझै भन्दा होमस्टेको मूल उद्देश्य नै आन्तरिक र बाह्य पर्यटकहरुलाई आफ्नै घरमै बसेको अनुभूति दिई नयाँ ठाउँको जानकारी र मनोरञ्जन गराउनु हो । आजभोली शहर बजार गाउँघर, टोल छिमेक जहा भएपनि ग्रामीण बिकासका कुरा उठने बित्तीकै पर्यटनका कुराहरु उठने गर्दछन । ग्रामीण पर्यटनको बिकास गर्नु पर्दछ । पर्यटनको बिकासले नै आर्थिक विकास र जीवन स्तरमा सुधारको लागि सहयोग गर्दछ । बिकासको महत्वपूर्ण आधारनै पर्यटन हो । पर्यटनको बहुआयमिक रुपले विकासमा टेवा पुर्‍याउँछ । पर्यटनले प्रत्यक्ष आर्थीक आर्जन गराउँछ, रोजगारी सृजना गराउँछ र गाउँघरमा उत्पादन भएको वस्तुहरुको खपत हुन्छ । यस्ता बिकासका कुराले गाउँघरमा चर्चा पाउन थालेको छ ।

ग्रामीण क्षेत्रमा उत्पादित वस्तुले सहि मुल्य पाउने आधार पनि ग्रामीण पर्यटन हो। स्थानीयस्तरमा ग्रामिण पर्यटनको प्रमुख हिस्साको रुपमा अहिले अघि सारिएको होमस्टेको अवधारणालाई दीगो रुप दिने क्रममा विपन्न र अशिक्षित समुदायमा निकै सकारात्मक परिवर्तन भइरहेको देखिएको छ । होमस्टेको सन्चालन सङ्गै विकास भएको ग्रामीण पर्यटनमा स्थानीय जनताको प्रत्यक्ष सहभागीता हुँदा स्थानीय स्तरमा आम्दानी बृद्धि, स्थानीय रोजगारी सिर्जनासँगै सामाजिक -सास्कृतिक रुपमा फरक समुदाय र अर्कै देशका (बाह्य पर्यटकहरु) मानिसहरूसँग अनुभव आदानप्रदान हुँदा नयाँ नयाँ ज्ञान बृद्धि भइरहेको छ । यस्तै विकास निर्माणमा सरकारले गर्न नसकेको काम स्थानीय जनताको प्रत्यक्ष सहभागितामा विकास भइरहेको पनि पाईएको छ । जस्तै कतिपय ठाउँमा सामान्य बाटोघाटो बनाउन सके आम्दानी हुने सुनिश्चतता भए उनिहरूले आफ्नै स्वपहलमा बाटोघाटो निर्माण गर्ने तथा सरकारलाई निर्माणका लागि घच्घच्याउने कामहरू भइरहेका छन् । यसैगरी गाउँमा पर्यटनबारे थाहा भएपछि आफ्नै गाउँघरमा बसेर आफूले उत्पादन गरेको वस्तुहरू बजारीकरण हुँदा उत्साहित भएर ग्रामीण वस्तु प्रदर्शन (कृषि, पशुपालन, माछापालन, ताल पोखरी, खेल, हस्तकला, मठ, मन्दिर बनाउने तर्फ लाग्दा मानिसमा सृजनसिलता बढ्ने देखिन्छ । यस्तै मासिन लागेको प्रकृति र संस्कृतिको संरक्षण एवं प्रवद्र्धनमा पनि स्थानीयहरू देखिन्छन् । स्थानीय स्तरमा सबै विभिन्न समुदायको सम्बन्ध बढेपछि गाउँघर चुलाचौकामा रहेका महिलाहरूले पनि फरक समुदायसँग नजिक हुन पाउँदा क्षमता अभिबृद्धि समेत हुँदा समानताको मुद्दामा पनि सहयोग पुर्‍याउने देखिन्छ । यी कुरा नेपालका लागि महत्वपूर्ण अवसरका रुपमा लिन सकिन्छ ।

तसर्थ ग्रामिण पर्यटन तथा होमस्टेको विकासले पर्यापर्यटन विस्तार, सीप विकास र व्यवसायिकरण, कृषिमा विविधिकरण र व्यवसायिकरण, जीविकापार्जनका वैकलल्पीक श्रोतहरुको पहिचान र कार्यान्वयन, रोजगारी तथा प्राकृतिक स्रोतसाधनको संरक्षणमा ठूलो टेवा पुग्ने देखिन्छ । यसैगरी गाउँघरमै लगानी र पूँजीबृद्धिको वातावरण बढ्ने हुँदा बढ्दो शहरीकरणको चाप पनि घट्ने देखिन्छ । शहरीकरणको चापमा आउने कमिले सिङ्गो देशको विकास प्रक्रियालाई समेत सकारात्मक योगदान पुर्‍याउदछ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login