८३. सगरमाथा

८३. सगरमाथा

हिमालयको काखमा रहेको मेरो प्यारो देश नेपाल, हिउँदको दिनमा सेताम्य भएर टललल टल्किरहने हिमालको त्यो उज्यालो मुहार सजिलै देख्न सकिन्छ जुन मेरो देशको गहना हो । अर्को शब्दमा भन्नुपर्दा हिमाल हाम्रो देशको स्वाभिमान, इज्जत र सम्पती हो ।नेपाल हिमशिखरका दृष्टिले विश्वकै धनी देश मानिन्छ। विश्वलाई आकर्षित गर्ने र पर्यटकलाई पुगौंपुगौं लाग्ने नेपालीको सान हो सगरमाथा ।

सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो हो ।यसको उचाइ समुद्र सतहबाट ८,८४८ मीटर (२९,०२८ फीट) छ | यो नेपालको सोलुखुम्बु जिल्लाको खुम्जुङ्ग गाविसमा पर्छ । तिब्बती भाषामा यसको नाम चोमोलुङ्गमा हो । सगरमाथालाई सन १८६५मा कर्णेल सर जोर्ज एभरेष्टको नाममा Mount Everest नामाकरण गरिएको थियो । पछि सन १९६०मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा राखेका हुन । यसलाई कतै कतै देवढुङ्गा पनि भन्ने गरेको पाइन्छ।

 कालापत्थरबाट देखिएको सगरमाथाको चुचुरो सगरमाथा शिखरमा सर्वप्रथम, सन१९५३ मे २९ तारिखको बिहान ११:१५ बजे, नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एड्मन्ड हिलारीले पाइला राखेका थिए । सन् १८५२ मा जब सगरमाथा विश्वकै सबभन्दा अग्लो शिखर भन्ने ठहर भयो, त्यतिखेर त्यसको उचाइ २९ हजार २ फिट भनी मानियो। सगरमाथालाई रोमन संकेतचिहृन 'पिक १५' नाम प्रदान गरियो । विसं २०१३ सालमा इतिहासशिरोमणि बाबुराम आचार्यले उक्त पर्वतको नेपाली न्वारान गरी 'सगरमाथा' नाम राखिदिएका हुन ।उनले यस पर्वतको नेपाली नाम 'शारदा' नामक पत्रिकामार्फत गरेका थिए ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login