८४.प्रतिभाको पलायन

८४.प्रतिभाको पलायन

अनन्तकुमार लाल दास
    नेपालबाट हालसम्म लाखौं प्रतिभा पलायन भइसकेका छन् र वर्तमानमा पनि भइरहेका छन् । प्राकृतिक सम्पदामा धनी देश नेपालबाट यदि यस्तै पलायन हुने हो भने भोलि के होला भन्न गा¥हो छ । यस प्रकार हुने पलायनलाई वैदेशिक रोजगारको नाम दिएर उनीहरूबाट के के फाइदा हुन्छ भन्ने कुराको भ्रमजाल पैmलाइएको छ । राजनीतिक कारणले गर्दा नेपालमा कृषि, शिक्षा, पर्यटन, उद्योग आदि क्षेत्रको विकास हुन नसक्दा लाखौं प्रतिभावान युवायुवतीहरू बेरोजगारीको शिकार भइरहेका छन् र बाध्यतावश विदेश पलायन भइरहेका छन् । विडम्बना के छ भने उनीहरूले कमाएको धन अर्थात् विप्रेषणबाट देश चलिरहेको छ । सम्भावनाहरूको पहिचान गरिए तापनि फितलो कार्यान्वयनको अभावमा आयोजनाहरू जताततै थन्किन पुगेका छन् । अन्य देशको भाषा र संस्कृति सिक्ने अवसरको निहुँमा दिन प्रतिदिन हाम्रो भाषा र संस्कृति लुप्त भइरहेको थाहा नै छैन । आखिर यसो हुनुपछाडिको कारण कहाँ लुकेको छ ? प्रस्तुत आलेखमा यिनै कुरालाई शिक्षाको दृष्टिकोणले खोतल्ने प्रयास गरिएको छ ।


    एउटा शिक्षकको रूपमा जुन बेला हामी कुनै विद्यालयमा प्रवेश गर्छौं, त्यसबेला केटाकेटीहरूलाई अध्ययन–अध्यापनद्वारा उनीहरूको समग्र विकास गर्नु हाम्रो सबैभन्दा ठूलो दायित्व हुन्छ । तर वर्तमान समाजको प्रकृति र प्रवृत्तिलाई हेर्दा सिकाइ सँगसँगै जीवनको लागि चाहिने सीप परोक्ष वा प्रत्यक्षरूपले प्रदान गर्नु पनि हाम्रै कर्तव्य हुन जान्छ । यो के कारणले आवश्यक छ भने जब आप्mनो शैक्षिक यात्रालाई आधिकारिकरूपले पूरा गरेर जागीरको लागि आप्mनो पाइला चाल्छन्, त्यसबेला उनीहरूसँग के बन्नु छ, त्यसको लागि के र कसरी गर्नु छ भन्ने योजना पहिलादेखि नै हुनुपर्छ । यस सँगसँगै उनीहरूसँग एउटा वैकल्पिक योजना पनि हुनु आवश्यक छ, जसबाट लक्ष्यसम्म पुग्न सजिलो होस् । उनीहरूसँग एउटा यस्तो सीप हुनुपर्छ, जसले सङ्घर्षका दिनमा पनि उनीहरूलाई आजीविकामा सघाऊ पु¥याउन सकोस् । हाम्रो परिवेशमा केटाकेटीहरूको मस्तिष्कमा बाल्यकालदेखि नै रोजीरोटीको चिन्ता प्रवेश गराइन्छ तर विडम्बना के हो भने त्यसबेला उनीहरूलाई सही मार्गनिर्देशन प्रदान गर्ने, उनीहरूको आत्मविश्वासलाई बढाउने, उनीहरूलाई सही दिशा प्रदान गर्ने कोही पनि हुँदैनन् । परिणामस्वरूप उनीहरू परिवारका सदस्यहरू जसरी पैसा कमाउँछन्, त्यसबाट पे्ररित हुन्छन्, जुन अव्यावहारिक हुन्छ । यदि नेपालको वर्तमान परिवेशमा कुनै पनि क्षेत्रविशेषको कुरो गर्ने हो भने यहाँबाट बाहिर गएर कुनै पनि असङ्गठित क्षेत्रमा कामको थालनी गर्नु आम कुरा हो । उदाहरणको लागि होटल, पसल, कार्पेट उद्योग, इँटाभट्टा, परिवहन, पेट्रोलपम्प आदि जस्ता कार्यमा संलग्न हुनु, जहाँ काम गर्नेहरूको आर्थिक शोषण हुने गर्छ । कहिलेकाहीं यी कलिला केटाकेटीहरू अनैतिक गतिविधिमा पनि संलग्न हुन्छन् ।


    विद्यालयलाई विद्यार्थीहरूको दोस्रो घर भनिन्छ । केटाकेटीहरूले चाहिंदा,  नचाहिंदा कुराहरू विद्यालयबाट नै सिक्छन् । परिवारबाहेक समाजका विभिन्न वर्गबाट आउने केटाकेटीहरूसँग उनीहरूले लामो समय बिताउने अवसर प्राप्त गर्छन् । उनीहरूलाई हरेक विषयबाट बाह्य विश्वको ज्ञान हासिल हुन्छ । घरपरिवारबाहेकको भाषामा बोल्नु, कुरोलाई बुझ्नु र सुन्न सिक्छन् । विज्ञानबाट धेरै कुराको निर्माण गर्नु र त्यसलाई जाँच्न सिक्छन् । गणितबाट समस्याहरूको तार्किक समाधान गर्न सिक्छन् । सामाजिक शिक्षाबाट आप्mनो हकअधिकारबारे जानकारी हासिल गर्छन् र आआप्mनो समाजको विकासमा कसरी योगदान गर्नेबारे ज्ञान हासिल गर्छन् । यसबाहेक पनि धेरै कुरा सिकेपछि आप्mनो पढाइलाई पूरा गरेर बाह्यजगत् अर्थात् व्यावहारिक जीवनमा प्रवेश गर्छन् । यहाँ बुझ्नुपर्ने कुरो वा भन्न के खोजिएको हो भने एउटा केटा वा केटीले बाल्यकालमा के बन्ने सपना देखेका हुन्छन् तर परिस्थितिसँग सम्झौता वा बाध्य भएर के बन्छन् ।


    हरेक केटाकेटीले आप्mनो भविष्यलाई लिएर एउटा सपना देखेका हुन्छन् । त्यसलाई कसरी साकार गर्ने त्यसबारे पटकपटक चिन्तनमनन गरेका हुन्छन् । तर के हाम्रो शिक्षाले उनीहरूको सपनालाई साकार हुने मौका दिन्छ ? के उनीहरूलाई त्यस सपनालाई साकार गर्ने मार्गनिर्देशन र सरसल्लाह प्रदान गरिन्छ ? के उनीहरूलाई त्यो बाटो देखाइन्छ, जुन बाटोमा हिंडेर केटाकेटीले आप्mनो लक्ष्यसम्म पुग्न सकोस् ? आप्mनो आँखा खोलेर देखेको सपनालाई कसरी साकार गर्ने ? वास्तवमा यस्तो हुँदैन । यो ध्रुवसत्य हो । सबैले बाल्यकालमा सपना हेर्छन् तर भविष्यमा अपवादबाहेक सोविपरीत बन्छन् । यसका धेरै कारण हुन सक्छन् । जस्तै सामाजिक व्यवस्था, छरछिमेकको वातावरण, केटाकेटीहरूको सङ्गत, उनीहरूको मानसिक स्थिति र केटाकेटीहरूको पारिवारिक आर्थिक स्थिति आदि ।


    तर जहाँसम्म हामी जुन किसिमको विद्यालयमा छौं वा जस्तो केटाकेटीहरू हाम्रो विद्यालयमा आउँछन्, उनीहरूको सबैभन्दा ठूलो सामाजिक द्विविधा आर्थिक समस्या नै हुन्छ । बीचमा नै विद्यालय परित्याग गर्नु, घरपरिवारलाई सम्भाल्नु, जागीर गर्दा प्राप्त हुने सीमित रुपैयाँलाई हेरेर पढाइबाट मोह भङ्ग हुनु आदि । यस्ता कुराहरू उनीहरूको पिछडिएको आर्थिक स्थितिको कारणले हुने गर्छ किनभने आधारभूत तह पूरा गर्दागर्दै उनीहरूलाई बाहिर गएर पैसा कमाउने स्थिति देखा पर्न थाल्छ, जुन उनीहरूको लागि सही होइन । केटाकेटीहरूको सपना साकार हुनुपूर्व नै मात्र सपना बनेर समाप्त हुन्छ । न्यून आर्थिक परिस्थितिले गर्दा उनीहरू त्यो बन्छन्, जो उनीहरूको योग्यताअनुरूप हुँदैन ।


    हामीलाई के थाहा छ भने कुनै पनि गाउँ वा शहरका युवकयुवतीहरू रोजगारको खोजीमा पलायन हुन्छन्, जुन त्यहाँको अर्थव्यवस्थाको लागि घातक हुन्छ । उनीहरूको परिवारको लागि हानिकारक छ । रोजगारको खोजमा बाहिर गएका सदस्यहरू जो उनीहरूबाट टाढा हुन्छन्, उनीहरूको खोजखबर लिनमा धेरै समय लाग्छ । कसैलाई आप्mनो घर छोडेर बाहिर कमाउन यस कारणले जानुपर्छ किनभने उसको घरको जीविका चल्न सकोस् तर धेरैजसोको जीवनस्तर माथि उठ्दैन । यस सँगसँगै रोजगारको लागि बाहिर जानु चुनौतीपूर्ण पनि रहेको छ । प्रतिभाशाली मानिसहरूको पलायनले गर्दा देश वा सम्बन्धित समुदायमा काम गर्ने जनशक्तिको कमी हुन जान्छ । महिलाहरूको लागि बेचबिखन र यौन शोषणको खतरा पनि रहन्छ । मौलिक संस्कृति लोप हुने र रोगहरू सर्ने खतरा पनि हुन्छ । जोखिमपूर्ण काम गर्दा वा हावापानी नमिलेर ज्यान जाने खतरा पनि हुन्छ । यता छोराछोरीहरू नियन्त्रणभन्दा बाहिर रहने, परिवारसँग छुट्टिएर रहनुपर्ने बाध्यता र सम्बन्धविच्छेद हुने खतरासमेत बढ्न सक्छ ।


    यसर्थ यदि शुरूदेखि नै यस्ता विद्यार्थीहरूलाई सुमार्गनिर्देशन प्रदान गरियो भने आप्mनो गाउँ वा शहरमा नै स्वरोजगार स्थापित गर्न सक्छन्, जसको अप्रत्यक्ष लाभ त्यसै गाउँ र शहरको अर्थव्यवस्थाले पनि पाउँछ र पारिवारिक खुशी पनि कायम रहन्छ । अब के प्रश्न उठ्छ भने यस प्रकारको वातावरण कसरी विकसित गर्ने ? यसको लागि शिक्षकहरूले विचार गर्नुपर्ने कुरा के हो भने हाम्रो उद्देश्य के हो ? विद्यार्थीहरू कहाँ पुग्न खोजिरहेका छन् ? हामी कुन दिशामा गइरहेका छौं ? हाम्रो लक्ष्य के हो ? यसलाई कार्यक्रममा समावेश गर्नको लागि पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक प्रशिक्षणको सहायता लिन सकिन्छ । सिकेका कुराहरूलाई कक्षाकोठामा इमानदारी साथ लागू गर्नुपर्ने हुन्छ । हामीले के के सिकेका छौं ? कसरी सिकेका छौं ? हामी आप्mनो उद्देश्यप्राप्तिमा कतिको सफल भएका छौं ? यी कुराहरूको मूल्याङ्कन गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको छ ।


भन्न के खोजिएको हो भने विद्यालयमा सिकाइ सँगसँगै विद्यार्थीहरूलाई व्यावहारिक जीवनको सीप पनि सिकाउन आवश्यक छ जस्तो जापानी विद्यालयमा हुने गर्छ । त्यहाँ केटाकेटीहरू आप्mनो काम स्वयम् गर्छन् । दैनिकीमा यस्ता थुप्रै काम दिइन्छ, जसलाई उनीहरू पसलमा गएर वा घरमा बसेर पनि गर्न सक्छन् । महात्मा गाँधीले पनि विद्यार्थीहरूलाई स्वअनुशासित भएर आप्mनो कार्य आपैंm गर्दै आत्मनिर्भर हुने प्रेरणा दिनुहुन्थ्यो । भन्न के खोजिएको हो भने केटाकेटीले आप्mनो खर्च स्वयम् वहन गर्न सक्ने वातावरण विद्यालय र परिवारले मिलेर दिनुपर्छ । हामीले यस्ता केही प्रयासको थालनी आजैबाट गर्नुपर्छ, जसबाट केटाकेटीहरूको केही आर्थिक समस्या समाधान हुन सकोस् र उनीहरूले आप्mनो पढाइलाई पनि निरन्तरता दिन सकोस् । यसको लागि एउटा नयाँ रूपरेखा बनाएर चिन्तनमनन गर्नुपर्ने आवश्यकता रहेको छ ।

 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login