- Home
- Show Content
८५. सबैको लागि शिक्षाको सार्थकता
८५. सबैको लागि शिक्षाको सार्थकता
अनन्तकुमार लाल दास
‘सबैको लागि शिक्षा’ वास्तवमा समावेशी समाजको आधारशिला हो । केही दशक पहिलेदेखि यो कुरो चर्चा–परिचर्चामा यस कारण आएको हो किनभने देशको एउटा ठूलो हिस्सा शिक्षाको पहुँचभन्दा बाहिर थियो । त्यसलाई पनि हाम्रो समाजमा बराबरीको हैसियत प्रदान गर्नको लागि ‘सबैको लागि शिक्षा’को अवधारणा ल्याइएको हो । निराशा, दरिद्रता, असमानता र अभावग्रस्त मानिसहरूको जीवनमा उत्साह, आत्मविश्वास र ज्ञान प्रदान गर्ने यो एउटा अवसर पनि हो । तर विचार गर्नुपर्ने कुरो के हो भने शिक्षाको मान्यता, प्रक्रिया र उपलब्ध संसाधन सबैको लागि शिक्षाको प्रतिबद्धतालाई साकार गर्न सकिन्छ वा सकिंदैन ?
अन्तर्राष्ट्रिय आग्रह र दबाबबीच ‘सबैको लागि शिक्षा’ लाई हाम्रो देशमा पनि लागू गरिएको छ । यसलाई पढ्ने–लेख्ने दुनियाँमा प्रवेश गर्ने भ¥याड्ढो रूपमा निर्माण गरिएको छ । परिणामस्वरूप धेरै विद्यार्थीहरू विद्यालयमा भर्ना हुन थालेका छन् । परिवर्तनले जहिले पनि आपूmसँग केही अन्य परिवर्तन ल्याउँछ । शिक्षाको यस क्रममा हामीले धेरै नयाँ कुरोको थालनी पनि गरेका छौं । परिणामस्वरूप सामुदायिक विद्यालयमा धेरै सङ्ख्यामा शिक्षाबाट टाढा रहेका वर्ग, वर्ण र लिङ्गका केटाकेटीहरूको आगमन भएको छ भने सम्पन्न वर्गका केटाकेटीहरू सामुदायिक विद्यालयबाट टाढिंदै गएका छन् । अर्थात् आर्थिक दृष्टिले सम्पन्न वर्ग संस्थागत विद्यालयतर्पm उन्मुख हुँदै गइरहेका छन् । परिणामस्वरूप जहाँ विकल्प थियो अर्थात् सरकारी विद्यालय विस्तारै विकल्पहीन र गरीब पृष्ठभूमिका केटाकेटीहरूको विद्यालयको रूपमा परिवर्तित भए । यसको साथसाथै स्थानीय तहमा शिक्षाको जिम्मेवारी आएपछि निश्शुल्क शिक्षाको ठाउँमा अंग्रेजी माध्यमबाट शिक्षा प्रदान गर्ने भनेर जथाभावी शुल्क लिन थालियो । यसरी सामुदायिक विद्यालयहरू भ्रष्टाचारको थलो बन्दै गए र अंग्रेजीको नाउँमा नेपाली विद्यार्थीहरू उपेक्षित हुँदै गए ।
जे जस्तो भए तापनि शिक्षक समुदाय र समाजमा ‘सबैको लागि शिक्षा’को चर्चा हुन थाल्यो । शिक्षाको नाउँमा विद्यार्थीहरूसँग जुन विभेद गरिएको छ, त्यो गौण हुन थाल्यो र शिक्षण–कर्ममा संलग्न शिक्षकहरू र अन्य शिक्षाप्रेमीहरूमा आशाको सञ्चार भएको देखियो । तर विद्यालयबाट शिक्षा, शिक्षक र केटाकेटीहरूको पलायन, केटाकेटीहरूमा पढाइप्रति रुचिको अभाव र देशबाट दक्ष जनशक्तिको पलायनले यस महाकर्मको असफलतालाई चित्रण गर्दछ । यस विरोधाभासबीच एउटा समानता के छ भने विभिन्न व्यक्ति र संस्थामा समाज र शिक्षालाई लिएर चासो बढेको छ । ‘सबैको लागि शिक्षा’ एउटा ठूलो चुनौती र नयाँ सामाजिक सन्दर्भ हो । जबसम्म यसमा अनुकूल पाठ्यक्रम, मूल्याङ्कन पद्धतिमा परिवर्तन हुँदैन तबसम्म यस कर्ममा लागेका सरकार देखि शिक्षक र बृहत् समाजलाई नजानिंदो किसिमले निराशाले पिरोल्छ ।
हाम्रो देश विविधताले भरिएको छ । सँगसँगै यहाँ विभिन्न प्रकारका असमानता पनि छ । केटाकेटीहरू, शिक्षक र शिक्षासँग जोडिएका अन्य मानिस पुरुष प्रधान, सामन्ती मानसिकता र मान्यतायुक्त समाजबाट नै आउँछन् । यी सबै खाले सामाजिक–धार्मिक–आर्थिक असमानताबीच नै विद्यालय चलिरहेको छ । उदाहरणका लागि विद्यालयमा सफा लुगा लगाएर आउने केटाकेटीहरूलाई प्रोत्साहित गरिन्छ र मैलो लुगा लगाएर आएका केटाकेटीहरूलाई दण्डित गर्ने जस्ता घटना आम छ । यसमाथि गम्भीरतापूर्वक ध्यान नपु¥याउँदा यसबाट हुने नोक्सानीलाई बुझ्न गा¥हो हुन्छ । त्यहीं भाषा अर्को समस्या हो । जसले कुनै ठाउँको प्रचलित भाषा बुझ्ने कठिनाईलाई महसूस गरेको छ उसलाई के बुझ्न गा¥हो हुँदैन भने यसले असुविधाजनक मात्र होइन आत्मविश्वास नै हल्लाउने काम गर्छ । शिक्षकहरूले यस प्रकारको परिस्थितिबाट लडिरहेका विद्यार्थीहरूलाई ‘यसले सिक्न सक्दैन’को श्रेणीमा राख्ने गरेको थुप्रै उदाहरण छ । यस्ता घटनाले शिक्षाप्रतिको समझ र संवेदनामाथि प्रश्नचिह्न खडा गर्दछ । यहाँनिर एउटा ठूलो प्रश्न के छ भने विद्यार्थीहरूलाई तोकिएको ढाँचामा नै पढाउनुपर्छ वा शिक्षा प्रणालीमा केटाकेटीहरूको सांस्कृतिक पृष्ठभूमि अनुरूप केही परिवर्तन गर्ने सम्भावना छ ? सिकाइमा पूर्वज्ञानको महŒवलाई शिक्षकको समझ र विद्यालय प्रक्रियामा कसरी सामेल गर्ने ? ‘के गर्ने’ लाई ‘कसरी गर्ने’ सम्म पु¥याउन शिक्षकलाई सहयोग वा समस्या भइरहेको छ ।
यहाँ एउटा संस्मरण राख्न चाहन्छु जसले मलाई धेरै सोच्न विवश गरेको थियो । त्यो के हो भने कक्षाको एउटा केटाको शिकायत अन्य केटाहरूले पटक–पटक गरेपछि मैले उसलाई बोलाएर भनें– “तिमी धेरै चकचक गर्छौ, कान समात ।” उसले केही प्रतिक्रिया नदिएको हुनाले रिसाउँदै ठूलो स्वरमा भने–“छिटो कान समात ।” यसपटक ऊ अघि स¥यो र उसले मेरो कान समात्यो । एक छिनको लागि धेरै रिस उठ्यो तर पछि झल्याँस्स भएँ–मैले उसलाई कान समात्न भनेको थिएँ, कसको कान समात्ने भनेको थिइनँ । यस घटनालाई आज पनि एउटा रोचक प्रसङ्गको रूपमा याद गर्छु तर ठूलो कुरो जसले मेरो ध्यानलाई आकर्षित ग¥यो त्यो के हो भने पहिलोपटक विद्यालय आउने केटाकेटीहरूसँग हुने समस्याको समाधान गर्ने तयारी शिक्षकसँग हुनुपर्ने हो त्यो त्यस बेला मसँग थिएन । विद्यालयको वातावरण, त्यहाँको शैक्षिक प्रक्रिया पहिलोपटक विद्यालय आउने विद्यार्थीहरूको समझ बाहिर र उनीहरूको तर्क विपरीत पनि हुन सक्छ ।
यस्तो समाजबाट आएका विद्यार्थीहरू जसलाई पानीको लागि घण्टौं पैदल हिंड्नुपर्छ, जो दिनभरि बाख्रा चराउने काम गर्छन्, जो खेतमा काम गर्न जान्छन्, जो रूखमा चढेर, नदी वा तलाउमा पौडी खेलेर आप्mनो दिन व्यतीत गर्छन्, उनीहरूलाई विद्यालय भर्ना गरेपछि निश्चितरूपले पाँच घण्टा एउटै ठाउँमा बस्न गा¥हो हुन्छ । उनीहरूको लागि पढाई चुनौतीपूर्ण काम हुन जान्छ । जुन ठाउँमा सोमवार हाट लाग्छ, त्यहाँ शनिवारको छुट्टीको कुनै महŒव हुँदैन । बीउ छर्ने, बाली काट्ने बेला साना किसान परिवारका केटाकेटीहरूको भूमिका परिवर्तन हुन्छ । यस सन्दर्भसँग विद्यालय सञ्चालनको के सम्बन्ध छ ? विद्यालय तहमा काम गर्ने सबैको सामु यस प्रकारको समस्या आउने गर्छ । यस कुरोले विद्यालयलाई नयाँ तरीकाले सोच्न बाध्य गर्दछ । मधेस र पहाडको सन्दर्भमा सिक्ने सिकाउने प्रक्रियाका लागि निर्धारित समय र त्यसमा ४५ मिनेट को विषय आधारित घण्टी र निर्धारित अवधारणाबाट बाहिर गएर सोच्न अनिवार्य छ । केटाकेटीहरूको शारीरिक र सांस्कृतिक बनोट, उनीहरूको रुचिलाई ध्यानमा राखेर शिक्षालाई नयाँ तरीकाले पारिभाषित गर्न आवश्यक छ । ‘सबैको लागि शिक्षा’ को सन्दर्भ र विद्यार्थीहरूको रुचिलाई ध्यानमा राखेर नयाँ प्रयोग गर्ने खाँचो छ ।
एउटा विद्यार्थी जब पहिलोपटक विद्यालयमा प्रवेश गर्छ, ऊ आपूmसँग किताब, कापी र पेन्सिल, सिलेट सँगसँगै आप्mनो सामाजिक र सांस्कृतिक पृष्ठभूमि, आप्mनो भरिएको वा खाली पेट, जिज्ञासा, भय, अन्योल, आप्mनो मातृभाषा र अन्य के–के कुरा पनि लिएर आउँछ । यदि त्यो केटा वा केटी त्यस्तो परिवारबाट आउँछ जसको शिक्षासँग टाढा–टाढाको सम्बन्ध छैन भने विद्यालय र शिक्षकसँग झन् लचिलो व्यवहारको माग गर्छ । विद्यालय र शिक्षक कठोर छन् र उनीहरूमा विद्यार्थीको आवश्यकता अनुरूप परिवर्तन हुने क्षमता र इच्छाशक्ति छैन भने परिणाम एउटै हुन्छ र समाजले पनि त्यसलाई केटाकेटीहरूको असफलताको रूपमा हेर्दछ । ‘सबैको लागि शिक्षा’को यस महान् अभीष्टलाई पूरा गर्न मन्त्रीहरू, शिक्षासँग सम्बन्धित निकायका पदाधिकारीहरू, शिक्षाविद् र शिक्षकहरू के यसलाई सही अर्थमा लागू गर्न प्रतिबद्ध छन् ? यस कर्ममा सामाजिक संस्थाहरू पनि लागेका छन् । यी सबैबीच सबैभन्दा महŒवपूर्ण जिम्मेवारी शिक्षकहरूको नै छ । शिक्षकलाई सम्मान, स्वतन्त्रता र संसाधन उपलब्ध गराउने जिम्मा सरकारको हो।्, जसमा नीति निर्माता, प्रशासक, प्रशिक्षण दिने संस्था सबै सामेल छन् । यहाँ ध्यान दिनुपर्ने कुरो के हो भने ‘सबैको लागि शिक्षा’का लागि काम गर्न जति बुझाइ, संसाधन र सम्मान शिक्षकलाई दिइएको छ के त्यो पर्याप्त छ ?
‘सबैको लागि शिक्षा’को सन्दर्भमा शिक्षकहरूलाई जसरी प्रशिक्षित गर्नुपर्ने हो त्यसरी सरकार र समाजले प्रशिक्षित गर्न सकेको छैन । कारण, चाहे विचारको कमी होस् वा संसाधनको अभाव । जब काम नयाँ र चुनौतीपूर्ण छ र तयारीमा पनि अधूरोपना छ भने बढी सकारात्मक परिणाम कसरी प्राप्त हुन सक्छ ? यदि हामीले ‘सबैको लागि शिक्षा’लाई समावेशी समाजतर्पm अग्रसर हुने पहिलो खुडकिलो ठान्छौं भने परम्परागत विषय शिक्षण र मूल्याङ्कनमाथि मात्र पूर्ण निर्भरता कहाँ सम्म उचित हुन्छ ? यसको लागि हामीले शिक्षा र त्यसबाट गरिएको अपेक्षालाई नयाँ तरीकाले पारिभाषित गर्ने र पाठ्यक्रम, पाठ्यपुस्तकदेखि शिक्षकहरूको तयारीसमेतलाई नयाँ दृष्टिले हेर्नुपर्ने हुन्छ । एउटा यस्तो साझा बुझाइ बनोस् जसले एकातर्पm सामूहिक चेतनामा ‘सबैको लागि शिक्षा’लाई अझ राम्रो समाज बनाउने अवधारणाको केन्द्रमा स्थापित गर्न सकोस्, सँगसँगै शिक्षाका वाहक शिक्षकहरूलाई सम्मान, समर्थन र शक्ति प्रदान गरोस् । अनिमात्र ‘सबैको लागि शिक्षा’ सार्थक हुन सक्छ ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review