- Home
- Show Content
८७. महिला सशक्तिकरण
८७. महिला सशक्तिकरण
'महिला' भनेको नारी वा स्त्री हो भने 'सशक्तिकरण' भन्नाले सबै कुराले सबल, सक्षम, आत्मनिर्भरले पूर्ण हुनु हो । त्यसैले देश विकासका सहभागी नारीलाई पनि पुरुष सरह अधिकार, अवसर र योग्यताले सम्पन्न तुल्याउनुलाई 'महिला सशक्तिकरण' भनिन्छ । वास्तवमा नारी र पुरुषमा प्राकृतिक भेद बाहेक अन्य भेद छैन । दुवै एउटै रथका दुई पाङ्ग्रा हुन्, एउटै सिक्काका दुई पाटा हुन् । यी दुवैका सन्दर्भमा के लागू हुन्छ भने एकको अनुपस्थितिमा अर्काको अस्तित्व रहँदैन । जहाँ नारीको पूजा हुन्छ, त्यहाँ ईश्वर रमाउँछन भन्ने उक्तिभित्र गहिरो अर्थ लुकेको छ । नारी धैर्य र क्षमाकी अवतार हुन्, सौहार्द्रताकी प्रतिमुर्ति हुन् र सहनशीलताकी स्रोत हुन् । नारी जननी हुन, जसको हृदय प्रत्येक सन्तानको पाठशाला हो । पुरुषको सफलताका पछाडि नारीको ठूलो भूमिका हन्छ । त्यसैले एक्काइसौं शताब्दीको मागलाई पूरा गर्न नारी वा महिलालाई सशक्त तुल्याउन व्यावहारिक, प्राविधिक, शिक्षा र सीपको आवश्यकता छ । एउटी नारीलाई सशक्तिकरण गर्नु भनेको सिङ्गो परिवार, समाज र राष्ट्रलाई नै सशक्तिकरण तुल्याउनु हो।
विश्वविख्यात दार्शनिक एरिस्टोटलले भनेका छन् नारी जातिको उन्नती र अवनतिबाट नै राष्ट्रको उन्नति अवनति निर्धारित हुन्छ । आर्थिक र सांस्कृतिक दृष्टिले सम्मृद्ध राष्ट्र निर्माणका लागि सुयोग्य नागरिकको आवश्यकता पर्छ । सुस्योग्य नागरिक जन्माउन, हुर्काउन सुयोग्य आमा चाहिन्छ । आमा शिक्षित भए परिवार नै शिक्षित हुने र परिवार शिक्षित भए सिङ्गो देश शिक्षित हुने भनाइ यहाँनेर सान्दर्भिक रहेको छ । भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूले आफ्नी छोरीका लागि हरेक दिन १ छुट्याउने गरेको प्रसङग यहाँनेर उल्लेख गर्न आवश्यक छ । त्यसैले इन्दिरा गान्धी र उनका छोरा राजीव गान्धी सशक्त निस्कीए । त्यस्तै, म्याडम क्यरीलाई शिक्षित बनाइएकाले विज्ञान जगत्को विकासमा उनको ठूलो नाम छ । दुई पटक नोबेल पुरस्कार जितिसकेकी उनले आफ्नी छोरीलाई पनि सशक्त तुल्याइन् र नोबेल पुरस्कार जित्न लगाइन् । महिलालाई दया होइन, अधिकार दिनुपर्छ । महिला सशक्त भएका मुलुक अहिले विश्वमा सम्पन्न र समुन्नत मुलुकका रूपमा स्थापित भएका छन् । जापान, बेलायत, अमेरिका, स्वीडेन, इटाली आदि । अहिले विश्वका अधिकांश विकसित मुलुकमा उपनिवेश मानिने मुलुकमा महिला मक्तिको आवाज फैलिन थालेको थियो ।
नेपालका ग्रामीण महिलाहरू अझै पनि शिक्षा, आधारभूत स्वास्थ्य लगायत सामाजिक, आर्थिक, राजनीतिक कुनै क्षेत्रमा पनि अगाडि आउन सकेका छैनन् । प्रशस्त दाइजो ल्याउन नसकेको, छोरा जन्माउन नसकेको, अनमेल र अन्तजातीय विवाह आदि कारणबाट उत्पीडनमा परेका छन् । तराई क्षेत्रमा दाइजो नल्याएको कारणले आगो लगाएर नारीलाई मानेसम्मका अपराध भएका तथा हुने गरेका छन् । छोरो नजन्माएकै कारणले दोस्री. तेस्री श्रीमती हाल्ने कार्य भइरहेका छन् । नेपाली समाजका महिला हिंसाका उदाहरणहरूमा यौनहिंसा, बहविवाह, बोक्सीप्रथा. चेलीबेटी बेचबिखन, देउकी प्रथा, छाउपडी प्रथा, वादी र झुमा प्रथालाई लिन सकिन्छ । छोरालाई बोर्डिङ स्कल र छोरीलाई सरकारी स्कूलमा भर्ना गरेका उदाहण छ्याप्छ्याप्ती पाइन्छन् । धनाढ्यहरूले छोरालाई विदेश र छोरीलाई स्वदेशमै पढाउने प्रवृत्तिमा पनि असमानता स्पष्ट झल्किन्छ । श्रम ऐन, २०४८ ले समान कामका लागि नारीका हकमा समान पारिश्रमिकको व्यवस्था गरे पनि व्यवहारमा पूर्ण रुपमा भने लाग भएको छैन । सार्वजनिक सेवालाई समावेशी बनाउन बनेको विधयेक २०६७ कार्यान्वयन गर्न सकिएको छैन ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review