- Home
- Show Content
९०. पृथ्वीनारायण शाह : विशाल नेपालका परिकल्पनाकार
९०. पृथ्वीनारायण शाह : विशाल नेपालका परिकल्पनाकार
डा. धनपति कोइराला
dpk2068@gmail.com
गोरखामा नरभूपाल शाह राजा भएताका यही हिमवत् खण्डमै पनि बाइसे, चौबिसे, लमजुङे, मकवानपुरे भक्तपुरे कीर्तिपुरे आदि अनगिन्ती राज्यहरु थिए । पाल्पा, कीर्तिपुरजस्ता केही राज्य बलिया भए, अरु त्यति साधनसम्पन्न थिएनन् । गोरखा पनि यिनीहरुका तुलनामा निकै कमजोर थियो । प्रायः मह¤वाकाङ्क्षाकै कारण धमाधम राज्यहरु टुक्रिने गर्थे । राजकुमारहरुलाई राज्य दिन मूल राज्यलाई टुक्र्याइने हुँदा ती आर्थिक रुपमा सबल हुँदैनथे । सामरिक दृष्टिले पनि ती सबल हुँदैनथे, तर तिनमा समृद्ध बन्ने लालसाचाहिँ उत्तिकै हुन्थ्यो ।
त्यति बेला हिन्दुस्तानमा अंग्रेजको प्रभुत्व जमिरहेको थियो । अंग्रेज उपनिवेशले स–साना राज्य विलय गराई यौटै साम्राज्य खडा गरिरहेको थियो । यस स्थितिमा हिमवत् खण्डका स–साना राज्यहरु पनि एक दिन उपनिवेशभित्रै गाभिन सक्ने सम्भावना बढिरहेको थियो ।
गोरखाका राजा नरभूपाल शाहको देहावसानपछि पृथ्वीनारायण शाह राजा भए । उनी दूरदर्शी थिए र मह¤वाकांक्षी पनि थिए । उनमा अपूर्व साहस थियो । अदम्य उत्साह थियो । कुशाग्र बुद्धि थियो । कूटनीतिक रणकौशल थियो र केही भरासिला सहयोगीहरु मात्र थिए । तर, भौतिक तथा राजनीतिक पूर्वाधार त्यस्तो केही थिएन । बरू भौगोलिक विकटताले गर्दा एकीकरणको प्रयत्न निकै चुनौतीपूर्ण हुने गर्दथ्यो । त्यतिबेलाका राजाहरुका बीचमा भने पर्याप्त अन्तर्विरोधहरु थिए । प्रायः आपसमा मिलेर बस्न सक्दैनथे उनीहरु । यस कुराले भने उनको अभियानलाई ऊर्जा मिलेको थियो ।
तर, उनले हिन्दुस्तानमा भइरहेको गतिविधिलाई नजिकैबाट नियालिरहेका थिए । हिमवत् खण्डका राज्यहरुका आर्थिक तथा सामरिक शक्तिलाई पनि गहिरो रुपमा अध्ययन गरिरहेका थिए । पिताको इच्छा र विशाल राष्ट्रनिर्माण गर्ने आप्mनो सपनालाई साकार पार्ने उपयुक्त अवसर लाग्यो र उनले एउटा सत्सङ्कल्प लिए ।
उनले यस हिमवत् खण्ड र यसका आँचलमा रहेका पूmलरुपी राज्यहरुलाई मालाझैँ एउटै सूत्रमा उने र बनाए एउटै विशाल नेपाल । उनका उत्तराधिकारी पुत्रद्वय प्रताप शाह र बहादुर शाहले पनि यसलाई अझ विस्तृत तुल्याए । फलतः नेपालको सीमा पूर्वमा टिस्टा, पश्चिममा किल्ला कांगडा, उत्तरमा तिब्बत र दक्षिणमा नालापानीसम्म पुगेको थियो ।
उनले राज्य विस्तारमात्र गरेनन्, यसलाई अखण्ड र सार्वभौम राख्नका निम्ति पनि उत्तिकै ध्यान दिए । उनले भाइ दलमर्दनले राज्यको बँटवारा गर्नका निम्ति गरेको आग्रहलाई ठाडै अस्वीकार गर्दै भने, ‘तेरो गर्धन लिन्या छु तर राज्या दिन्या छैन ।’ राज्य भनेको सिकारीले मासुको बिलो लगाएजस्तै गरी टुक्राटुक्रा पार्न नमिल्ने उत्तर दिए । राज्यको विस्तारसँगै उनले गोरखाली जनतालाई सम्झाएर आप्mनो पुख्र्यौली राजधानी गोरखाबाट काठमाडौँ सारेर उदारता देखाए । उनले जुन क्षेत्र जिते, त्यस क्षेत्रको सम्पूर्ण प्रशासनिक जिम्मेवारी पनि मर्यादा पुरूषोत्तम रामले विभीषणलाई लङ्का सुम्पेझैँ त्यहीँका अगुवा नागरिकलाई सुम्पे । उनले बिसे नगर्चीजस्तो साधारण मानिसलाई पनि उच्च सम्मान दिए । उनीसँग परामर्श लिए । दलित जातिका नगर्चीसँग आवश्यक परामर्श लिएर त्यस जातिको गौरव बढाए र जातीय विभेद हटाउने प्रयत्न पनि गरे ।
एकीकरणपछिको राज्यलाई सबै जातजातिको साझा पूmलबारी भनी सबै जनताका भावनाको उचित कदर गरे । उनले दुई ठूला मुलुकका बीचमा रहेको यस देशलाई दुई ढुङ्गाका बीचको तरूलको संज्ञा दिए र सधैँ सचेत रहन निर्देश गरे । उनी चाहन्थे भारत र चीनबीच सन्तुलित कूटनीतिक सम्बन्ध विस्तार गर्न आप्mना उत्तराधिकारीहरुलाई सुझाव दिएका थिए । राजेन्द्र महर्जनका अनुसार पृथ्वीनारायण शाहले ब्रिटिस साम्राज्यवादका पृष्ठपोषक कमान्डर किन्लकलाई सिन्धुलीगढीमा पराजित गरी लखेटेका थिए । उनले किन्लकलाई नरोकेको भए नेपालको मात्र नभई तिब्बतसहित चीनको नक्सा मानचित्र पनि वर्तमान स्वरुपमा रहने थिएन । वस्तुतः उनले नै राज्यलाई धर्मका नियमहरुबाट अलग गरी आधुनिक राजनीतिक प्रणाली आरम्भ गरेका थिए । तर, उनीपछि आएका विभिन्न तन्त्रका हिमायतीहरुले कहिले राजनीतिलाई धर्मसँग र कहिले विकृत आचरणसँग जोडी भद्दा र बीभत्स तुल्याइदिए ।
इसाईलाई प्रवेश दिई भारतले आप्mनो सार्वभौमिकतालाई समाप्त गरेको देखेरै उनले तिनलाई स्वदेशभित्र छिर्न दिएका थिएनन् । इसाईहरु आउँदा एक हातमा बाइबल र अर्को हातमा तलबार लिएर आउने र राज्य लुट्ने हुँदा उनीहरुलाई पृथ्वीनारायण शाहले प्रवेश नदिएको इतिहासकारको बुझाइ स्पष्ट छ ।
उनले भाषा, कला, संस्कृति र आर्थिक विकासका निम्ति आवश्यक नीति लिए । उनले घूस लिन्या र दिन्या दुवै शत्रु हुन् भनी घूस लिने र दिने दुवैलाई राजद्रोहीको संज्ञा दिए । उनले घर बुना कपडा लगाउन आग्रह गरे । उनले प्रजा मोटा भया दरबार अर्थात् राज्य बलिया हुन्छ भनेर जनतालाई शक्तिसम्पन्न बनाउने प्रजातान्त्रिक पद्धति अँगाल्नु पर्ने दृष्टिकोण राखेका थिए ।
जनताको शिक्षा र नैतिक पक्षलाई माथि उठाउन उनी क्रियाशील थिए । दरबारमा पण्डित पुरोहितलाई उत्तिकै सम्मानजनक स्थान दिई भाषासाहित्यको जगेर्ना गर्ने र तिनको संवद्र्धन गर्ने नीति लिएका थिए । उनको राज्य एकीकरणको अभियानसँगै नेपाली कविता (साँढ्या कवित्, वि.सं. १८२७), कथा (अनु. महाभारत विराटपर्व) र निबन्ध (पृथ्वीनारायणको दिव्योपदेश, वि.सं. १८३१) विधाले यात्रा आरम्भ गर्ने अवसर पाएका थिए । उनले भाषा र संस्कृतिमा एकद्वार नीति लिएका थिएनन् । जहाँ जुन धर्म, संस्कार, संस्कृति र भाषाहरु
प्रचलनमा थिए, त्यहाँ सोही धर्म, संस्कार, संस्कृति र भाषाहरु मान्ने र बोल्ने स्वतन्त्रता दिए ।
उनी आप्mनो देशभित्र बोलिने सबै भाषासाहित्यको समृद्धि चाहन्थे । सामाजिक तथा सांस्कृतिक सुसम्पन्नता चाहन्थे । आर्थिक तथा शैक्षिक विकास चाहन्थे । अखण्डता र सार्वभौमिकता चाहन्थे । जनतालाई नै आप्mनो शक्ति ठान्दथे ।
हो, पृथ्वीनारायणले एकीकरणका क्रममा कहीँकतै बल प्रयोग गरेको उल्लेख पाइन्छ, खासगरी कीर्तिपुर युद्धका सन्दर्भमा । महान् उद्देश्यपूर्तिका निम्ति गरिने कार्यका सन्दर्भमा ती क्षम्य नै मानिन्छन् । राजनीतिक अभीष्टताका निम्ति कांग्रेसको सशस्त्र क्रान्ति, एमालेको झापा विद्रोह, माओवादीको दसवर्षे सशस्त्र विद्रोह, मधेसी मोर्चाले जिउँदै जलाएको सन्दर्भ मानवताविरूद्धका अपराध भए तापनि यिनलाई उचित ठह¥याउने प्रयत्न हुन्छ भने यो त विशाल नेपाल निर्माणको महाभियान नै थियो । तर, यसका पछिको उद्देश्यले यसलाई सही र गलत सिद्ध गर्ने गर्दछ । यस सन्दर्भमा विशाल नेपाल निर्माणको क्रममा भएका गल्ती र बल प्रयोगलाई इतिहासले क्षमा दिएको छ ।
फेरि उनको कर्म भोगवादी र मोजवादी थिएन । उनको दृष्टि सम्राट्मात्र बन्ने पनि थिएन । यदि उनी भोगवादी नै भएका भए पनि यो उनलाई लाञ्छित गर्ने कडी पनि बन्न सक्थ्यो । उनी त्यति बेलाका आर्थिक, सामरिक तथा सांस्कृतिक आदि हरेक दृष्टिले शक्तिशाली देशका राजा पनि थिएनन् । त्यस समयको यो आवश्यकता भएकाले नै उनले उठाएको कदम न्यायोचित भएको हुँदा यसमा विवाद गरिरहनु उपयुक्त हुने देखिन्न ।
बरू, पृथ्वीनारायण शाहले निर्माण गरेको विरासतलाई जोगाएर राख्न नसक्नु हामी सम्पूर्ण नेपालीहरुकोे कमजोरी थियो । शासकहरुको कमजोरी थियो र छ । अझै लुटिइने क्रमको क्रमभङ्गता छैन । यसलाई रोक्न नसक्नेहरुले उनलाई साम्राज्यवादी भन्नु, महासामन्त भन्नु, विभिन्न जातजातिका विरोधी देख्नु किमार्थ उचित प्रतीत हुँदैन । अझ उनको योगदानलाई नै लाञ्छित गरी कम आँक्नुचाहिँ प्रतिशोधात्मक चिन्तनमात्र हो र बौद्धिक खडेरीमात्र हो । उनले निर्माण गरेको यो विरासतलाई जोगाउँदै उनको जन्मदिनलाई एकता दिवसका रुपमा मनाउनु नै उनीप्रति मात्र होइन, सबै राष्ट्रभक्त महान् विभूतिहरुप्रतिको सम्मान हो ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review