९१. बालबालिकाविरूद्धका हिंसा र समाधान

९१. बालबालिकाविरूद्धका हिंसा र समाधान

बालबालिकाका सम्बन्धमा जनजिब्रोमा झुन्डिएका शब्द हुन्– भविष्यका कर्णधार, परिवार र समाजका आशाका किरण, विश्वासका धरोहर, बालबालिका नभएको घर त के घर, वंश त धानिनु प¥यो नि आदि आदि । सामान्यतया उमेर कम भएका, आफ्नो राम्रो नराम्रो छुट्याउन नसक्ने केटाकेटीहरुलाई बालबालिका भनेर चिनिन्छ । बालबालिकासम्बन्धी ऐन २०७५ को दफा २ (ञ) मा बालबालिका भन्नाले १८ वर्ष उमेर पूरा नगरेका व्यक्ति सम्झनुपर्दछ भनी परिभाषित गरेकोले १८ वर्ष उमेर पूरा नगरेका सबै बालबालिका हुन् ।

 

सामान्यतया बालबालिकामाथि हुने शारीरिक, मानसिक हिंसालाई बालबालिकाविरूद्धका हिंसा भनिन्छ । हिंसाले बालबालिकामा शारीरिक चोटपटक मात्र नभई मानसिक आघात पनि पु¥याउँछ । यसले शारीरिक र मानसिक स्वास्थ्यमा असर पार्दछ, उनीहरुको सिक्ने क्षमता तथा सामाजिकीकरणमाथि सम्झौता गर्दछ र उनीहरुको विकासलाई अवमूल्यन गर्दछ ।

कसैले बालबालिकालाई धूमपान, मद्यपान वा जुवातासजस्ता कुलतमा संलग्न गराएमा, बालिगहरुका लागि खोलिएका डान्स बार, क्यासिनोजस्ता मनोरञ्जन स्थलमा प्रवेश वा प्रयोग गराएमा, बालिगहरुका लागि भनी तोकिएका चलचित्र, अन्य श्रव्यदृश्यजस्ता सामग्री देखाएमा, घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गरेमा, शारीरिक चोटपटक वा असर पु¥याउने, आतङ्कित पार्ने वा धम्क्याउने, तिरस्कार, उपेक्षा, भेदभाव, बहिष्कार वा घृणा गर्ने, एक्ल्याउने वा मानसिक पीडा दिने गरेमा, विद्युतीय वा अन्य माध्यम प्रयोग गरी सताउने, कष्ट दिने गरेमा, राजनीतिक प्रयोजनका लागि संगठित गर्ने वा हड्ताल, बन्द, चक्काजाम धर्ना वा जुलुसमा प्रयोग गरेमा, गैरकानुनी थुना, कैद, कारावास वा नजरबन्दमा राख्ने, नेल, हतकडी लगाउने गरेमा, क्रूर अमानवीय व्यवहार गर्ने वा यातना दिएमा, सनातन, परम्परा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यका लागि बाहेक भिक्षा माग्न लगाउने वा सन्न्यासी, भिक्षु, फकिर वा अन्य कुनै भेष धारण गर्न लगाएमा, जबर्जस्ती अनाथ घोषणा गर्ने वा अनाथको रुपमा दर्ता गराएमा, भाकल, धार्मिक वा अन्य कुनै अभिप्रायले कसैको नाउँमा चढाउने वा समर्पण गर्ने वा परम्परा, संस्कृति, रीतिरिवाजको नाममा कुनै प्रकारको हिंसा, विभेद, हेलाँ वा बहिष्कार गर्ने वा उपहासको पात्र बनाएमा, जादु वा सर्कसमा लगाएमा, कसुरजन्य कार्य गर्न सिकाएमा, तालिम दिएमा वा त्यस्तो कार्यमा लगाएमा, बालबालिकाको विवाह तय गरेमा वा बालबालिकासँग विवाह गरे÷गराएमा, प्रचलित कानुनविपरीत बालबालिकाको अङ्ग झिकेमा, औषधि वा अन्य कुनै परीक्षणका लागि बालबालिकालाई प्रयोग गरेमा र कानुनबमोजिम बाहेक बालगृहमा राखेमा बालबालिकाविरुद्ध हिंसा गरेको मानिने कुरा बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ६६ मा उल्लेखित छ ।

नेपालको संविधान, बालबालिकासम्बन्धी ऐन २०७५ र बालअधिकारसम्बन्धी महासन्धि १९८९ ले कुनै न कुनैरुपमा बालबालिका संवेदनशील भएकोले विशेष संरक्षणको आवश्यकता रहने, बालअधिकार प्रौढको अधिकारभन्दा भिन्न हुने, बालबालिकाका आवश्यकता भिन्न हुने र प्रौढबाट हुने विभिन्न हिंसाको सिकारमा सम्बोधन गर्न आवश्यकदेखि विभिन्न सुृरक्षाका व्यवस्थाहरु गरेको देखिन्छ । कानुनले गरेका त्यस्ता व्यवस्थाहरुका बारेमा हामी सबै जानकार हुनु र अनिवार्य पालना गर्नुपर्दछ । सबै बालबालिकालाई आफ्नै अभिभावक वा उनीहरुलाई हेरचाह गर्ने कुनै पनि व्यक्तिबाट हुन सक्ने कुनै पनि प्रकारका शारीरिक वा मानसिक चोट वा हिंसा, दुव्र्यवहार, बेवास्ता वा यौन दुराचारलगायतका शोषणहरुबाट जोगिन पाउने अधिकार छ । सबै बालबालिकालाई शारीरिक वा मानसिक चोट वा हिंसा, दुव्र्यवहार, बेवास्ता वा यौन दुराचारबाट संरक्षण गर्ने दायित्व राज्यले लिनुपर्दछ र सरकारले विशेषरुपमा ध्यान दिनुपर्दछ भने पारिवारिक वातावरणबाट वञ्चित हुन पुगेका बालबालिकालाई राज्यले विशेष संरक्षण प्रदान गर्नुपर्दछ । परिवार वा आभिभावकबाट स्याहारसुसार पाउन नसकेका बालबालिकालाई सकेसम्म उनीहरुको धर्म, संस्कृति र भाषाको सम्मान गर्ने गरी हेरचाह गर्ने व्यवस्थासमेत सरकारले गर्नुपर्दछ । पर्याप्त जीवनस्तरको माध्यमबाट लाभान्वित हुने बालबालिकाको अधिकारलाई पूरा गर्ने दायित्व आमाबाबुको हन्छ । यो दायित्व पूरा गर्न नसक्ने परिवारहरुलाई सरकारले सहयोग गर्नुपर्दछ ।

बालबालिकाको संरक्षणमा राज्य त संवेदनशील हुनुपर्दछ नै त्यसका साथसाथै अभिभावक र अभिभावकको भूमिका निर्वाह गर्ने सबै सजग हुनु जरूरी छ । के कस्ता कार्यहरु बालबालिकाविरूद्धका हिंसाका कार्य हुन् ? कस्तो कार्य भए गरेमा बालबालिकामाथि शारीरिक र मानसिक हिंसा हुन्छ ? भन्ने कुरामा ध्यान दिई आफूबाट त्यस्तो हिंसाजन्य कार्य हुन वा गर्न दिन्नँ भनी लाग्नुपर्दछ भने भए गरेकोमा तत्कालै जानकारी राख्ने र तत्कालै आवश्यक कारबाही गर्ने संयन्त्र राज्यले निर्माण गर्नुपर्दछ । बालअधिकार र अभिभावकको कर्तव्यका सम्बन्धमा पर्याप्त जानकारी नभएकोले अभिभावकले बालबालिकामाथि हक कायम गरी यातना दिएको, अभिभावकले जिम्मेवारी पूरा नै नगरेको आदि समेत देखिएकोले यससम्बन्धमा जानकारी दिने खालका सचेतनामूलक कार्यक्रमहरु सञ्चालन हुन आवश्यक छ भने बालबालिकाविरूद्धको हिंसा कसुरजन्य कार्य र अपराध हो, त्यस्ता अपराधकर्महरु आफूबाट नहून् भनेर हामी सबै सचेत हुन र व्यवहारमा उतार्न जरूरी हुन्छ ।

pantasantosh23@gmail.com



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login