९२. प्रसन्नता हाम्रो पहिचान

९२. प्रसन्नता हाम्रो पहिचान

संसारको हरेक प्राणी प्रसन्न रहन चाहन्छ, किनकि प्रसन्नता नै वास्तवमा जीवन हो । प्रसन्नतालाई खुसी पनि भनिन्छ । यही खुसीकै आशा र अपेक्षामा मानिस बाँचिरहेको हुन्छ । त्यसो त, जीवनको धेरै समय मानिस खुसीमा नै हुन्छ । बेखुसी हुने स्थिति लामो समय रहँदैन । कतिपय झन्झट, झमेला, काम, व्यवहारका कारण बेखुसी भए पनि अन्ततः प्रसन्न नभई हुँदैन, किनकि अप्रसन्नतामा कहिल्यै पनि हामीले आफूलाई सहज महसुस गर्न सक्दैनौँ ।

व्यक्तिभित्र जे छ त्यही कुरा बाहिर आउन खोज्छ । जसको जुन धर्म छ ऊ त्यही धर्ममा रहन चाहन्छ । प्रकृति, मानिस, पशुप्राणी, कीराफट्याङ्ग्रा सबैको धर्म खुसी रहनु हो, प्रसन्न रहनु हो । प्रकृतिमा कतै पनि अप्रसन्नता हुँदैन । वरपर हेरौँ न, कहाँ नराम्रो छ र ! बोटबिरूवा, चराचुरूङ्गी, धरती, आकाश सबैसबै सुन्दर देखिन्छन्, खुलेका र फुलेका नै देखिन्छन् ।

मानिसहरु पनि लगभग सबै उज्यालै देखिन्छन् । भित्र पीडा भए पनि सकेसम्म अरुका अगाडि देखाउन नपरे हुन्थ्यो भन्ने सोचेर पनि मानिस मुस्कुराउने कोसिस गर्दछ । कहिलेकाहीँ दुःख आइप¥यो, अप्ठ्यारो र असहज स्थिति सिर्जना भयो भने अनुहारको कान्ति खलबलिन सक्छ । व्यक्ति अँध्यारो, कालो देखिन सक्छ । तर, त्यो स्थिति पनि लामो समय रहन सक्दैन, अन्ततः ऊ उज्यालिएरै छाड्छ ।

मानिस कालो, खिन्न र उदास अनुहार बनाएर बस्नै सक्दैन । मानिसको मात्रै के कुरा ! कुनै पनि प्राणी अप्रसन्न भएर लामो समय बस्नै सक्दैन । किन होला ? किनभने अप्रसन्नताको अभ्यासै छैन । बारम्बार हामीले सुख, शान्ति र प्रसन्नताकै अभ्यास गरिरहेका हुन्छौँ । जीवनको अधिकांश क्षण सुख र प्रसन्नतामा नै बितेको हुन्छ । त्यसैले पनि आपूmले जस्तो अभ्यास गरेको छ त्यस्तै क्षण र अवस्थाको चाहना, आशा र अपेक्षा गर्दछ, मानिस ।

बेखुस भएर एकछिन बिताउन पनि मानिसलाई गाह्रो हुने अर्को कारण भनेको प्रसन्न मानिसको नैसर्गिकता हुनु पनि हो । मानिसका अधिकांश पल प्रसन्नतामा बितिरहँदा उसको शरीरका प्रत्येक कोषमा त्यही प्रसन्नताको संस्कार आरोपित हुन पुगेको हुन्छ । रगतका प्रत्येक कण, अङ्ग, प्रत्यङ्ग सबैले त्यही खुसीकै संस्कार पाएका हुन्छन् । व्यक्तिले जन्मैदेखि प्रसन्नता लिएर आएको हुन्छ । उसको स्वभाव पनि खुसी हुनु, खुसी रहनु हो ।

कहिलेकाहीँ अप्रसन्न हुँदा मानिसलाई पीडा हुनुको अर्को कारण आफ्नो स्वभावबाट अलग हुनु पनि हो । लामो समय जुन काम गरिरहेको छ, त्यसलाई छोडेर नयाँ काम गर्दा हामीलाई कहाँ सजिलो हुन्छ र ? कहिलेकाहीँ घर छोडेर बाहिर जाँदा, बिराना मान्छेसित भेटघाट र बसउठ गर्नुपर्दा हामीलाई कहाँ सहज हुन्छ र ? पानी तताउँदा तात्छ, तर सधैँ तातिरहँदैन । केही समयपछि सेलाएर पहिलाजस्तै चिसो भएरै छाड्छ, कारण चिसोपन पानीको स्वभाव हो । तातो हुुनुपर्दा पानीलाई सायद् अप्ठ्यारो लाग्छ, त्यसैले कतिखेर चिसो होऊँ भनेर प्रयास गर्छ !

प्रसन्नता पनि मानिसको स्वभाव हो, पहिचान हो, संस्कार हो, धर्म हो, सबैथोक हो । त्यसो भएको हुनाले बेखुसी हुनुपर्दा, अनुहार बिगार्नु पर्दा, अप्रसन्न हुनुपर्दा मानिसलाई छटपटी हुने गर्दछ, किनकि ऊ त्यतिबेला आफ्नो स्वभावमा रहेको हुँदैन, पहिचान र संस्कारमा रहेको हुँदैन ।

अप्रसन्न अवस्थाबाट कसरी मुक्त हुने ? कहिले यो दुःखको अवस्थाको अन्त्य होला ? छिटोभन्दा छिटो कसरी खुसी हुने ? यो दुःखी र अप्रसन्न मानिसको प्रयास हुन्छ । हामी कहिलेकाहीँ कुनै कारण विशेषले अप्रसन्न भयौँ भने त्यसबाट यथाशीघ्र मुक्त हुने प्रयास गर्दछौँ, किनकि हामीले दुःखको अभ्यास त्यति गरेका छैनौँ ।

यसो गर्छ, उसो गर्छ, आखिर जे गरे पनि मानिस खुसी हुनकै लागि गर्दछ । हाँस्न र मुस्कुराउनकै लागि गर्दछ । जसरी हुन्छ रमाउन पाइयोस् भन्ने भावना र प्रयास प्रत्येकले गरेका हुन्छन् ।

मानिसको पहिचान उज्यालिनु हो र ऊ सधैँ प्रसन्न हुन पनि चाहन्छ, तर पनि सक्दैन, कुनै न कुनै बहानामा दुःखी भई नै हाल्छ । किन मानिसले आफ्नो प्रसन्नताको पहिचान बिर्सन्छ र उदास, निराश र हतास हुन्छ ? आउनुस्, अब यो प्रश्नमाथि चिन्तन गरौँ ।

मानिस प्रसन्न हुन त चाहन्छ, तर उसले प्रसन्नताको दीर्घकालीन विधिबारे भने केही सोच्दैन । दुःखमुक्त हुने वा हरक्षण मुस्कुराइरहने आफ्नो स्वभावलाई कहिल्यै गुम्न नदिनेतिर मानिसले थोरैमात्र विचार गर्ने गरेको देखिन्छ ।

त्यसो भए दुःखमुक्त र आनन्दयुक्त कसरी हुने ? के हो, प्रसन्नताको लक्ष्मणरेखा ? एउटा दृष्टान्तबाट स्पष्ट बनौँ । एक जना ऋषि आश्रम बनाएर बसेका थिए, गाउँको एक छेउमा । उनको काम भनेकै सत्सङ्ग, स्वाध्याय र साधना थियो । कसरी आत्मजागरण हुन सक्छ ? कसरी मानिसभित्रको अँध्यारो हटाएर उज्यालोको स्वर्णिम अवस्था सिर्जना गर्न सकिन्छ ? मानिसहरुलाई यिनै विषयका वरपर रहेर ती ऋषिले मार्गदर्शन गर्ने गर्दथे ।

दैनिक सयौँको सङ्ख्यामा जीवन र जगत्सम्बन्धी समस्याको गाँठो फुकाइदिएर उनले ठूलो गुन लगाएका थिए । त्यसैले, गाउँका मानिसको राम्रै भीड उनको आश्रममा लाग्दथ्यो । एकदिन यस्तै सत्सङ्ग चलिरहेको थियो । सधैँजस्तै दुई–चार जना मानिस उनको आश्रममा आएका थिए । उनीहरुमध्ये एक जनाले ती ऋषिसित प्रश्न ग¥यो, ‘गुरूदेव ! म सधैँ खुसी रहन चाहन्छु । हामी कसरी सधैँ खुसी हुन सकिन्छ, गुरूदेव ? सदा प्रसन्नताको राज के होला ?’

सत्सङ्गमा सहभागी ती प्रश्नकर्तातिर फर्कंदै ऋषिले भने, ‘तिमी मसितै जङ्गलमा आऊ, त्यहीँ मैले तिमीले सोधेको प्रश्नको उत्तर दिनेछु । खुसी रहने विषयमा चर्चा गर्नेछु ।’

दुवै जङ्गलतिर लागे । अलि पर पुगेपछि ऋषिले एउटा ठूलो ढुङ्गो ती मानिसलाई दिँदै भने, ‘ल, तिमीले यो ढुङ्गा बोक र हिँड ।’ त्यो व्यक्तिले पनि एउटा ठूलो ढुङ्गा बोक्यो र हिँड्न थाल्यो । ऋषि र त्यो मानिस दुवै सरासर अघि बढे । केही दूरी हिँडेपछि मानिस थाक्न थाल्यो । दुवै हात फतक्क गलेका थिए । तर पनि ऋषिको कुनै आदेश आएन । ठूलो कष्ट र दुःखका साथ गह्रौँ ढुङ्गा लिएर शिष्य हिँडिरहेको थियो ।

तर, ऋषिले त्यस मानिसको दुःख उसको अनुहारमा स्पष्टसित पढिरहेका थिए । उसलाई सारै दुःख र कष्ट भएको थियो । ऋषिले त्यो बोझ बोकाइरहेका थिए, लगातार । उसले सहन सकेन र मुख खोल्यो, ‘गुरूदेव, सारै गाह्रो भयो । हात एकदमै गल्यो ।’ उसले सारै दुःख भएको बताएपछि आदेश दिँदै ती ऋषिले भने, ‘ल, त्यसो हो भने त्यो ढुङ्गा भुइँमा फ्याँकिदेऊ ।’

जसै त्यो व्यक्तिले ढुङ्गालाई भुइँमा राखिदियो उसले सुखको लामो सास फे¥यो । उसलाई निकै आनन्द आयो । सायद्, त्यतिधेरै खुसी ऊ कहिल्यै भएको थिएन ।

ऋषिले त्यति नै बेला भने, ‘थाहा पायौ ? यही हो खुसीको रहस्य !’

‘खुसीको रहस्य !’— अचम्म मान्दै त्यस मानिसले भन्यो, ‘गुरू, के भन्नु भएको ? यो कसरी खुसीको रहस्य हुन सक्छ ? मैले त बुझिनँ, बुझाइपाऊँ ।’

ऋषिले सविस्तार भने, ‘हेर बाबु, तिम्रो दुःखको कारण तिमीले बोकेको बोझमा आधारित छ । तिमीले त्यो ढुङ्गालाई जतिन्जेल बोक्यौ त्यतिन्जेल तिमी खुसी हुन सकेनौ । जति समय तिमीले त्यसलाई बोक्यौ त्यति नै समय तिमीलाई गाह्रो भयो । एक मिनेट बोक्दा एक मिनेट गाह्रो, दुई मिनेट बोके दुई मिनेट गाह्रो । एक घन्टा बोके एक घन्टा, एकदिन बोके एकदिन ! जति समय बोक्यो उति समय हाम्रो खुसी गुम्छ, र हामी दुःखी हुन्छौँ । यदि सधैँ प्रसन्न रहन चाहन्छौ, खुसी हुन चाहन्छौ भने दुःखरुपी बोझलाई लिएर हिँड्न छोड्नुपर्दछ । अर्थात् दुःखरुपी बोझहरुलाई थोरैभन्दा थोरै समय मात्र बोक्नुपर्दछ । त्यसो भयो भने हामी कहिल्यै पनि लामो समयसम्म दुःखी हुनुपर्दैन ।’ ऋषिले यति भनेपछि त्यो मानिसले प्रसन्नताको रहस्यबोध गहिरोसित ग¥यो र धन्य भएको महसुस ग¥यो ।

संसारका दुःख र सुखहरु हाम्रै समय, संलग्नता, परिवेश र परिस्थितिको सापेक्षमा आधारित हुन्छन् । न त संसारमा दुःख छ, न त संसारमा सुख छ । दुःख पनि हाम्रो आफ्नै कमाइ हो, सुख पनि हाम्रो आफ्नै कमाइ हो । हाम्रो सुखदुःखका पछाडि अरु कसैको पनि हात छैन । हामी नै त्यसका कारक हौँ ।

त्यो मानिसलाई आनन्दै थियो । उससित कुनै बोझ थिएन । मस्तमा थियो । तर, भारी बोक्नुपर्ने अवस्था आयो । बोझ बोक्ने अवस्था सिर्जना भयो । उसले जब ढुङगा हातमा लियो, सुरूमा त केही भएन, तर बिस्तारै हात गल्दै गए । उसलाई कुनै पल असह्य पीडा भयो । जब त्यो बोझ बिसायो, अनि उसलाई बल्ल खुसी मिल्यो ।

हामी जति ठूलो बोझबाट मुक्त हुन्छौँ, उति नै ठूलो प्रसन्नता महसुस गर्दछौँ । त्यो मानिसले भारी बिसाउँदा किन ठूलो सास फे¥यो ? किनभने उसलाई भारी पनि ठूलो भएको थियो । उसको खुसी ठूलो हुनुमा ठूलो र गह्रौँ ढुङ्गाको भूमिका थियो । सानो ढुङ्गा बोकेको भए सायद दुःख पनि सानै हुन्थ्यो । नबोकेको भए दुःखै हुँदैनथ्यो ।

पानी आपैmँमा धेरै चिसो र धेरै तातो भन्ने हुँदैन, यद्यपि पानीको धर्म भनेको शीतलता हो । शीतलताको पनि एउटा मापन हुन्छ । निश्चित अवस्था हुन्छ । तर, बाहिरको वातावरणका आधारमा पानी थप चिसो र तातो हुने गर्दछ । पानीको चिसो र तातोपनमा पानीको कुनै भूमिका हुँदैन, मौसमको भूमिका हुन्छ ।

इनारको पानी जाडोका समयमा किन तातो हुन्छ ? किनभने बाहिरको तापक्रम अत्यन्त न्यून हुन्छ । बाहिरको चिसोले जमिनभित्रको पानीलाई चिसो बनाउन पाएको हुँदैन । त्यो जमिनभित्रको पानी बाहिर निस्कँदा हामीलाई तातो लाग्छ, कारण बाहिरको हावा त्यो पानीभन्दा चिसो छ । जाडोमा पानी तातो लाग्ने मुख्य कारण बाहिरको चिसो हो ।

गर्मीमा जमिनको पानी चिसो हुन्छ, ट्यु्बेल र इनारको पानी चिसो हुन्छ, किनकि जमिनभित्र बाहिरको तातो पुग्न पाएको हुँदैन । जमिनको पानीको तापक्रम सधैँ उस्तै हुन्छ, तर बाहिरको अवस्था, मौसम र वातावरणका कारण तातो हुन पुगेको हुन्छ, गर्मीमा ।

हाम्रो जीवनको वास्तविकता पनि त्यही पानीको जस्तै हो । हामी स्वभावतः एउटै भावदशामा हुन्छौँ, न सुख, न दुःख । तर, बाहिरको अवस्था, परिवेश, वातावरण, बोझ र जिम्मेवारीका कारण दुःखी वा सुखी हुने गर्दछौँ । एकै स्थितिमा रहँदा नै हामी मस्त हुन्छौँ । एकै स्थिति भनेको जड हुनु, अकर्मण्य हुनु, गतिहीन हुनु भनेको होइन । समान भाव अर्थात् समतामा रहनु भनेको हो ।

यदाकदा भारी बोक्नुपर्दछ, तर त्यसबाट हुने दुःखका बीचमा पनि खुसी हुने प्रयास गर्नुपर्दछ । के सोच्नुपर्दछ भने यो जुन भारी मसित छ, अथवा जुन बोझ र जिम्मेवारी मसित छ, त्यो हिजो थिएन र भोलि पनि रहँदैन । यो भारी बोक्दा जुन पीडा, अप्ठ्यारो वा बेखुसी भएको छ, त्यो पनि हिजो थिएन र भोलि पनि रहँदैन । यो दुःख त जुनसुकै बेला हट्न सक्छ । अहिले बोझ फ्याँकेँ भने अहिल्यै हट्छ । मूल त मेरो निरन्तर रहने स्थिति हो, भाव हो ।

निरन्तर रहने भनेको त हामी सुहाउँदो मन र जीवनको प्रसन्नता हो, खुसी हो । यदि कतै दुःख आइहाल्यो भने त्यो हाम्रै इच्छाका कारण आएको छ भन्ने बुझ्नुपर्दछ । यदि हाम्रै इच्छाले आएको छ भने अब हाम्रै इच्छाका कारण जान पनि त सक्छ नि !

त्यसैले, दुःख र आपूmले बेसाएका अप्ठ्याराहरुका कारण दुःखी हुनुपर्ने त झन् कुनै कारण नै छैन । आपूmले सिर्जना गरेका विषयका कारण किन दुःखी हुने ? यो सारा संसार विधाताले सृष्टि गरेका हुन्छन् । भगवान्को यो सृष्टिमा जेजति सिर्जित भएका छन्, ती सबै भगवान्का सन्तान नै त हुन्, एकप्रकारले । होइनन् र ? यी चीज कुनै भाँचिन्छन्, कुनै मर्छन्, लड्छन्, ध्वस्त हुन्छन्, भत्कन्छन्, कुनै जन्मन्छन्, कुनै हुुर्कन्छन्, तर के भगवान् त्यो देखेर कहिल्यै रून्छन् ? कहिल्यै भक्कानिन्छन् ? कहिल्यै खुसी हुन्छन् ? अहँ, उनी त सदाबहार मस्त रहन्छन्, आनन्दित र प्रसन्न रहन्छन् । बन्ने भत्कने प्रक्रिया त चलिरहन्छ, तर हामीभित्रको शान्ति र प्रसन्नता कहिल्यै पनि भत्कनु हुँदैन, सदैव कायम रहनुपर्दछ ।

स्रष्टा जहिले पनि बन्ने र भत्कने प्रक्रियाभन्दा माथि हुन्छ । एउटा कुमालेलाई हेर्नुस् न ! उसले माटोका भाँडा बनाउँदा कतिपटक बनिसकेका घैँटाहरु फुट्छन्, कति अन्य भाँडाहरु बिग्रन्छन् । के त्यो कुमाले रोइकराइ गर्दछ ? कहिल्यै गर्दैन, किनकि स्रष्टाहरु कहिल्यै दुःखी हुँदैनन् । आपूmले बनाएको कुरा हो, त्यो केही समय रहन्छ, अनि सकिन्छ भन्ने सोच्नुपर्दछ । आपूmलाई आपूmले बनाएका चीज, विषय, वस्तु, विचार र नतिजाहरुभन्दा जहिले पनि माथि राख्नुपर्दछ । त्यसो गर्दा कहिल्यै हाम्रो प्रसन्नता गुम्दैन ।

सकेसम्म अनावश्यक भारी नबोकौँ । हामी पनि भगवान्का सन्तान । हामीमा पनि उनका गुणहरु छन् । त्यसैले, यदाकदा दुःखहरु सृष्टि गर्दछौँ, तर ती त हामीले बनाएका न हन्, त्यसैले किन दुःखी हुने ? ‘यो मद्वारा निर्मित हो, त्यसैले म योभन्दा माथि छु् । तसर्थ, म विचलित हुनुहुँदैन, यिनका कारण आफ्नो स्वभाव गुमाउनु हुँदैन, प्रसन्नता गुमाउनुहुँदैन’ भन्ने तरिकाले आफूलाई तयार पार्नुपर्दछ भनेर हामीलाई हाम्रा आचार्यहरुले निर्देश गरेका छन् ।

यदि भारी बोक्ने नै मनसाय छ भने पनि शरीर सुहाउँदो, मन सुहाउँदो, आफ्नो पाखुरा सुहाउँदो, हैसियत र हालत सुहाउँदो भारी बोकौँ । यसो गर्दा भारी धेरै भारयुक्त हुन पाउँदैन, अथवा त्यो भारलाई हामी सजिलै बोक्न सक्छौँ । हैसियत र हालतभन्दा ठूलो भयो भने धानिनसक्नु हुन्छ । त्यस्तो ठूलो भारी धेरै समय बोक्दा पनि नबोकौँ । भारी बिसाउन पनि चाहने, अनि दुःखी हुन पनि नछोड्ने गर्दा हामी कहिल्यै आफ्नो स्वभावमा बाँच्न पाउँदैनौँ, कहिल्यै अनुहारमा प्रसन्नता आउँदैन ।

भारी नबोक्दासम्म बोक्न पाए हुन्थ्यो भन्ने र अझ सानो होइन, ठूलोभन्दा ठूलो भारी बोक्ने रहर गर्ने हाम्रो बानी हुन्छ । हाम्रो रहरलाई समयले पूरा गरिदिन्छ पनि । हामीले भारी बोक्ने अवसर पनि पाउँछौँ, तर त्यसलाई आपैmँले बेसाएको हो भनेर त्यस समयमा हुने पीडालाई स्वीकार गर्द सक्दैनौँ, मुख्य समस्या यहीँनेर छ ।

तसर्थ, सत्य के हो भने प्रसन्नता हाम्रो निर्भार स्थितिको नाम हो । निर्भार भनेको भारहीन हुने अवस्था हो । विभिन्न सांसारिक भारहरुका कारण हाम्रो ऊर्जा गुमेको छ, शान्ति र स्वास्थ्य गुमेको छ । जीवनमा कर्तव्यवशात् ती भारहरुलाई बोक्नुपर्ने अवस्था आउँछ । त्यतिबेला विचार गरेर मात्रै जिम्मेवारीका बोझहरुलाई बोक्नुपर्ने हुन्छ । तर, के विचार गर्नुपर्छ भने जिम्मेवारीको भार होस् वा आफ्नै लोभ, मोहका कारण बोकिएको भार होस्, त्यो केही समयका लागि मात्रै हो भन्ने ठान्नुपर्दछ । लामो समयसम्म हामीले बोक्ने भारीले लामो समयसम्म नै हामीलाई सघन प्रसन्नताको अवसरबाट वञ्चित तुल्याउँछ ।

लामो समय मुस्कुराउन छोड्दा, हाँस्न र खुसी हुन छोड्दा के हुन्छ ? त्यसको परिणाम अनुमान मात्रै गर्न सकिन्छ । जीवन भनेकै मुस्कुराउनका लागि हो । मस्ती, आनन्द र खुसी हुनका लागि हो । यही नै हाम्रो पहिचान र शक्ति हो, जीवनको सार र सर्वस्व हो । जीवनको खुसी गुमाएर चाहे तपाईँले जे गर्नुस्, त्यसको कुनै मूल्य हुँदैन, किनकि जीवनको सबैभन्दा ठूलो मूल्य भनेकै निर्भार हुनु हो, हुलुका हुनु हो र सधैँ मुस्कुराइरहनु हो । मस्ती र मुस्कानको लक्ष्मणेरखाभित्र चलेको जीवन नै वास्तविक जीवन हो ।

-आचार्य लक्ष्मण भण्डारी

 (देवघाटधाम, चितवन ।)

acharyalb@gmail.com



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login