९४. दाइजो : छोरीका लागि अभिशाप

९४. दाइजो : छोरीका लागि अभिशाप

उपेन्द्र झा

दाइजो प्रथा सामाजिक संस्कृतिका क्यान्सरजस्ता खतरनाक रोग विकसित भएको रिवाज हो । यसमा सधैँ बेहुली बलिदान हुँदै आएका छन् । कानुनतः दाइजो प्रथा अपराध मानिए पनि समाजमा यसको ठूलो साम्राज्य स्थापित छ । वरवधू दुवै पक्षबाट सिञ्चित दाइजो प्रथाको वटवृक्ष समाजमा गहिरो जरा गाडेर झाँगिएको छ । गरिब र निम्न मध्यमवर्गीय परिवार यसको प्रत्यक्ष सिकार बन्दै आएको छ ।

जनसंख्या वृद्धि, सामाजिक विपन्नता, सजिलै धन लाभ गर्ने प्रवृत्ति आदि यो रोग फैलाउने अनुकूल कारणहरु हुन् । कन्यादान गरेर अर्काको वंश चलाउने पुनीत कार्य हेतु वरपक्ष सधैँ आफूभन्दा श्रेष्ठ ठान्ने सामाजिक मान्यता बिस्तारै क्षीण हुँदै गयो । कन्यादान गरेर ठूलो धर्म कमाउने मान्यता बिस्तारै अभिशापमा परिणत भयो ।

५० वर्ष पूर्वसम्म कन्यादानजस्तो धार्मिक अनुष्ठान सम्पन्न गर्न वरपक्षले कन्यापक्षलाई सहयोग गर्ने चलन थियो । कन्यादानपछि वंशावली अगाडि बढ्ने मान्यताअनुरुप कन्यापक्षको समाजमा ठूलो इज्जत थियो । प्रायोगिकरुपमा पराक्रमी योग्य वर छान्ने कन्यालाई पूर्ण अधिकार प्राप्त थियो । गुणी, सच्चरित्र, योग्य पात्रलाई स्वयम्वरमार्फत जीवनसाथी बनाउने सामन्ती युगमा पनि स्वतन्त्रता प्राप्त थियो । तर, समाज अझ सभ्य, सुसंस्कृत र आधुनिक हुँदै जाँदा कन्याको सामाजिक अधिकार त गुम्यो नै, मानवीय धरातलभन्दा पनि बाहिर फ्याँकियो ।

छोरीलाई ससुरालीमा प्रताडना दिएर बाबुसँग धन मागेर ल्याउने विकृति बिस्तारै विकसित हुँदै गयो । बेहुलीलाई जिउँदै जलाउने, हत्या गर्ने, आत्महत्या गर्न बाध्य गर्ने यस्ता प्रवृत्ति समाजमा व्यापकरुपमा बढ्यो । दाइजो असुल्न छोरालाई पढाउने एउटा व्यापारको विकास भयो । उच्च शिक्षा, सरकारी वा प्राइभेट उच्च पदका लागि १ करोडसम्म असुल्ने उच्चकोटिको व्यवसाय सुरू भयो । मानिस यस उद्देश्यले कि छोरामा अलिअलि लगानी गरेर एकमुष्ट आम्दानी हुने भनेर सबै यस व्यवसायमा लागे ।

कन्यापक्ष पनि हैसियतअनुसार छोरीलाई साक्षर माध्यमिक शिक्षा तथा उच्च शिक्षा दिलाउन यस उद्देश्यले सुरू गरे कि समाजमा छोरीको क्षीण भई रहेको प्रतिष्ठा बचोस् र वैदिक ग्रन्थको मह¤व पुनस्र्थापित होस् । तर, अपेक्षितरुपमा त्यसो भएन । शिक्षित छोरीले केही हदमा दाइजोलाई कम गरे पनि निर्मूल भने गर्न सकेनन् । दाइजोको प्रभुत्व समाजमा कायम नै रह्यो । समाजमा दाइजो प्रथाको विरूद्ध क्षीण स्वरमा आवाज उठ्थ्यो । तर, दाइजोको आगोमा चेलीले बलिदान दिइरहिन् । दाइजोले छोरीलाई अभिशापको रुपमा सामाजिक मान्यता स्थापित ग¥यो । छोरीको जन्म अभिशापको रुपमा हुने मानसिकताले बिस्तारै समाजलाई छोरीबाट मुक्ति पाउन नयाँ–नयाँ गर्भ जाँच गराउने प्रविधितिर अग्रसर हुन बाध्य ग¥यो । यसबीच, सरकारले पनि गर्भपतनलाई कानुनी मान्यता दियो । गर्भ जाँच गरी छोरी भएको थाहा पाएर मानिस गर्भ फाल्न थालेपछि छोरीको संख्या घट्न थालेपछि यो सभ्य समाजले ‘दाइजो प्रथा’ कायम राखी ‘बेटी बचाऊ, बेटी पढाऊ’को जनचेतना उठाउन सरकारी अभियान थालेको छ ।

दाइजो प्रथा सहजरुपमा धनलाभ गर्ने सशक्त माध्यम बनेको छ । उच्च शिक्षा हासिल गरेका (दुवै डाक्टर) वीरगन्जका साह दम्पतीबीच दाइजोका कारण व्यापक तनाव रहेको चर्चा सार्वजनिक भएको छ । दुवै डाक्टर रहेको र कार्यरतसमेत रहेको अवस्थामा दाइजोका कारण दाम्पत्य जीवन विषाक्त बनेका अनेकौँ उदाहरण हाम्रो समाजमा छ । सभ्य भनिने समाजमा कोढका रुपमा फैलिँदै गएको दाइजो प्रथाको रोगले पूर्ण ग्रसित भएको अवस्थामा स्वस्थ समाज कहलाउन सक्छ ?

‘दाइजो प्रथा’ सभ्य समाजको ठूलो कलंकको रुपमा परिभाषित भए पनि यसको साम्राज्यलाई मलजल गर्ने प्रवृत्ति समाजमा विद्यमान रहेकोले अपेक्षितरुपमा यो हट्न सकेको छैन । छोरालाई उच्च शिक्षा दिलाई सरकारी जागिरसमेत खाएर बसेकाहरु दाइजो प्राप्त गर्ने अवसरलाई छोड्न चाहँदैनन् । राम्रो घर वरको चाहना राख्ने कन्या पक्षले पनि वरपक्षको आकांक्षा पूरा गर्न तत्पर रहेकोले कानुनको उपस्थितिमा यो अपराध हुन्छ र कानुनले केही गर्न सक्दैन ।

दिनानुदिन दाइजोका कारण अनाहकमा ज्यान गुमाउने चेलीहरुको संख्यात्मक वृद्धिले समाजमा एक किसिमको दबाब सिर्जजा गरेको छ र गर्नु पनि पर्दछ । सभ्यताको खोल ओढेर अनैतिक कार्यमा व्यस्त अगुवाहरु सामाजिक जिम्मेवारीबाट पन्छिन मिल्दैन । समाजका अगुवाहरुले समाजमा घटिरहेको अमानवीय घटनाहरुको पक्ष वा विपक्षमा बोल्न करै लाग्छ । पक्षमा बोल्ने अपराधी हुन्छ भने विपक्षमा बोल्ने समाजसेवी । जे होस्, सामाजिक कलंकको रुपमा रहेको दाइजो प्रथालाई प्रश्रय दिने, चुप लागेर समर्थन गर्ने सबै अपराधी हुन् । यस्ताहरुको सामाजिक बहिष्कार आवश्यक छ ।

दाइजोको आगोमा असंख्यरुपमा बलिदान दिने चेलीहरुको आर्तनादबाट जन्मिएका आदर्श विवाह गर्ने ३७ वटा जोडीलाई यो पंक्तिकारको तर्फबाट हार्दिक धन्यवाद, तथा ३७ वटा जोडी खोजेर विवाह महोत्सव सम्पन्न गर्ने आयोजक विश्व हिन्दु परिषद्लाई साधुवाद । यसपालिको विवाहपञ्चमी महोत्सवलाई दाइजो प्रथाको विरूद्ध ठूलो मशाल जलाएर यस प्रवृत्तिलाई राख बनाउने ३७ वटा युवायुवतीको जोडीले ऐतिहासिक उदाहरण दिएर मह¤वपूर्ण बनाएको छ । सामाजिक विकृति हटाउने सामाजिक अभियन्ताका रुपमा प्रस्तुत यी जोडीहरु दाइजो प्रथाको साम्राज्यलाई धराशायी गर्न सफल बनोस्, यही शुभकामना ।

 (मधेश दर्पण फिचर सेवा)



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login