९७. स्वस्थ रहन प्राणायाम

९७. स्वस्थ रहन प्राणायाम

डा. सावित्री शर्मा

मानवको सम्पत्ति हो”– यो सबैलाई थाहा भएकै कुरा हो । स्वस्थ शरीर भएमा मात्र मानिसमा राम्रो सोच र सकारात्मक कार्य गर्न उसको मस्तिष्कले सहयोग गर्दछ । जसरी कस्तुरी मृगले आपूmभित्र भएको कस्तुरीको सुगन्धलाई पाउन चारैतिर दुगुर्छ, जब कि सुगन्धित कस्तुरी उसैसँग रहेको हुन्छ । त्यस्तै प्रकारको छ आजका मानवको स्थिति । प्रकृतिप्रदत्त यो शरीरलाई स्वस्थ राख्ने शक्ति हाम्रो शरीरभित्र छ र हामी बाहिर भौँतारिइरहन्छौँ । प्राचीनकालका हाम्रा पूर्वजहरुले कुनै पनि प्रकारका औषधि कारखाना खोलेका थिएनन्, त्यसैले उनीहरु केवल प्रकृतिले उपहारस्वरुप हामीलाई दिएको उपचारयोग्य प्राकृतिक वनस्पति र योग, ध्यान तथा प्राणायाम गरेर आफ्ना शरीरमा रोग लाग्न नदिने र लागेको खण्डमा यसैबाट मुक्त हुने शक्ति प्राप्त गर्दथे । आजको २१औँ शताब्दीको वैज्ञानिक (प्राविधिक) युगमा भएको बाह्य विकास र उन्नतिका बारेमा चर्चा गर्दछौँ, तर हामी भित्रीरुपमा दिन प्रतिदिन रोगी हुँदैछौँ । किन ? किनकि, हामी जुनसुकै रोगमा कृत्रिम औषधि सेवन गर्दछौँ, यस्ता औषधिहरुको प्रयोगले केही समय रोग निको हुने (थिचिने) र केही समयपछि अन्य रोगहरु सहित गम्भीर रुपमा पुनः देखा पर्ने सम्भावना रहन्छ । जुन औषधि सफल छन् ती यति महँगा छन् कि आममानिसले त्यसलाई किन्न सक्दैनन् । यसो हुनाले मानिसहरुमा ‘कृत्रिम औषधिहरुको प्रयोगविना कुनै अर्को सजिलो र सर्वसुलभ चिकित्सा पद्धति छैन र जसको कुनै साइड इफेक्टविना शरीरका रोगहरुको निदान गर्न सकियोस् ।’

यसका लागि सबैभन्दा पहिले स्वाभाविक र सरल पद्धति योग र प्राणायाम हो । सबै मानिसले जानेको हुनु वा गर्नु आवश्यक छ । मानव जीवनका दुई पद्धतिहरु छन्– योग पद्धति (श्रेयमार्ग) तथा भोग पद्धति (प्रेयमार्ग) । योग जीवन पद्धतिमा मानिस निरोगी, स्वस्थ, सुन्दर, पवित्र र सक्षम भएर जीवनपर्यन्त सुख र आनन्दसँग रहन्छ भने भोग जीवन पद्धतिबाट मानिस रोगी, अस्वस्थ, श्रीहीन र असक्षम भएर जीवनभरि दुःख र क्लेशयुक्त रहन्छ ।

आज मानव भौतिकवादी भएर भोग जीवन पद्धतिलाई अनुसरण गरेर बाह्य सुख, साधनाको उपलब्धिको उपरान्त पनि आन्तरिक सुख वा प्रसन्नताबाट वञ्चित भएका छन् र दुःख, अभाव र तनावमा बाँच्दछन् । विश्वका सम्पूर्ण मानवजीवनलाई भोग पद्धतिबाट योग पद्धतिमा परिणत गर्ने आवश्यकताको विषयमा आज कुनै पनि मतभिन्नता छैन । ‘साधु–सन्तको मात्रै योगयुक्त जीवन हुन सक्दछ, गृहस्थीहरुको होइन’ भन्ने भ्रामक र गलत धारणा रहन गएको छ । वास्तविकता त यो हो कि जीवनलाई योग पद्धतिमा लगाउनु आज नितान्त आवश्यक छ । किनकि, योग प्रत्येक मानवका लागि अत्यन्त हितकारी छ । योग, प्राणायाम प्रक्रियाको नियमित अभ्यासबाट अनेक शारीरिक तथा मानसिक विकारहरु र साध्य रोगहरुबाट मुक्ति प्राप्त गरी शरीरलाई पूर्ण नियन्त्रणमा राख्न सकिन्छ ।

हाम्रो शरीरलाई स्वस्थ राख्ने वा अस्वस्थ बनाउने भन्ने कुरा हामी आफैँमा निर्भर हुन्छ । यदि हामी विश्वासका साथ योग र प्राणायाममय जीवन बनाउन चाहन्छौँ भने हामीलाई कुनै रोग लाग्दैन र लागेको खण्डमा पनि नियमित र सही तरिकाले यसको अभ्यास गर्दै जाने हो भने बिस्तारै कुनै साइड इफेक्टविना हराउँदै जान्छ । त्यसैले ‘आफैँ लागौँ, आफैँ पाऊँ’ भन्ने सोच राख्दै योग र प्राणायामलाई आजैबाट अपनाउन सुरू गरौँ, जसले हामीलाई केही समय खर्चेर आफ्नो स्वस्थ शरीर पाउनका लागि निःशुल्क सहयोग गर्दछ । सिद्ध योगीहरु, पतञ्जलि आदि ऋषि–मनीषीहरुद्वारा प्रतिपादित प्राणायाम एक पूर्ण वैज्ञानिक पद्धति हो, जसले असाध्य रोगहरुबाट मुक्ति दिलाई मन र मस्तिष्कलाई शान्ति प्रदान गर्दछ । जसको कारण मानिस ऊर्जाशील, स्वस्थ र फूर्तिलो बन्दछ ।

आज योगको नामबाट प्लेट झुन्ड्याइएका समाजका केही कथित योगी, व्यक्ति र समाजका लागि अष्टाङ्ग योगको अति महत्ता एवम् उपयोगितालाई बिर्सिएर मात्र आसनहरुलाई अधिकरुपमा प्रचारप्रसार गर्दैछन् । यसले समाजमा योगको नाममा भ्रम उत्पन्न हुन्छ । यही कारण महर्षि पतञ्जलिद्वारा प्रतिपादित अष्टाङ्ग योगलाई प्रचारित गर्न अति आवश्यक छ, अन्यथा योगजस्तो गरिमामय एवम् अति उदात्त शब्द पनि सङ्कीर्णजस्तै भएर रहन जान्छ । हाम्रो शरीरमा जबसम्म प्राणशक्ति चलिरहन्छ तबसम्म आयु रहन्छ अर्थात् जीवित कहलाउँछ । जब यसले शरीरमा काम गर्न छोड्छ (बन्द गर्दछ) तब आयु (जीवन) समाप्त हुन्छ, अर्थात् प्राणी मृतक कहलाउँछ । शरीरमा प्राण नै सम्पूर्ण कुरा हो । प्राण (श्वास) को अदृश्य शक्तिबाट नै सम्पूर्ण विश्व सञ्चालन हुन्छ । हाम्रो शरीर पनि प्राणको ऊर्जा शक्तिबाट क्रियाशील हुन्छ । हाम्रो अन्नमय कोश तथा दृश्य शरीर पनि प्राणमय कोशको अदृश्य शक्तिबाट सञ्चालित हुन्छ । आहारविना व्यक्ति वर्षौं जीवित हुन सक्छ, तर प्राणविना केही पलसम्म पनि जीवित रहन सक्दैन ।

सबै मह¤वपूर्ण ग्रन्थीहरुलाई प्राणले नै ऊर्जावान् बनाउँछ । प्राणको कार्य प्राणमय कोषसँग सम्बन्धित छ र प्राणायामले यही प्राण एवम् प्राणमय कोषलाई शुद्ध, स्वस्थ र निरोगी राख्ने प्रमुख कार्य गर्दछ । यही कारणले मुखद्वार कान हो, नाक छिद्रबाट आउने–जाने श्वासप्रश्वासरुपी बाटोको आश्रय लिएर यो मन शरीरगत आन्तरिक जगत्मा प्रविष्ट भएर साधकलाई त्यहाँको दिव्यताको अनुभव गराउँदछ । यही उद्देश्यलाई लिएर प्राणायाम विधिको आविष्कार ऋषिमुनिहरुले गरेका थिए । ‘तस्मिन सति स्वास–प्रस्वास योर्गतिवेच्छेदः प्राणायामः’ योग अर्थात् आसनमा सिद्ध भएर श्वास–प्रश्वासको गतिलाई रोक्ने प्रक्रिया नै ‘प्राणायाम’ हो । आपूmलाई स्वस्थ राख्न प्राणायाम गरौँ ।

(होमियोप्याथी चिकित्सक)



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login