१००. छठ पर्व : तराईवासीहरुको धरोहर

१००. छठ पर्व : तराईवासीहरुको धरोहर

नेपाल बहुुभाषिक, बहुुसांस्कृतिक, विषमतामा एकता प्रदर्शन गर्न सक्षम, अति रमणीय प्राकृतिक सम्पदाले भरिपूूर्ण, वीरताको गाथा रच्न सफल एक अविभाज्य मुुलुुक हो । यहाँ विभिन्न भागमा बसोवास गरेका जनताहरुको आआफ्नै रहनसहन, चाडबाड, भेषभूूषा अलग भएता पनि एकअर्काको धर्म–संस्कृतिको संरक्षण, संवद्र्धन गर्दै सहिष्णुुताले एउटै मालाका फरक पूूmलझैँ नेपालीपनको एकता प्रदर्शन गर्दै शान्त, सुुन्दर मुुलुुकको ऐतिहासिक पृष्ठभूूमि रहेको छ । यसै सन्दर्भमा नेपालको दक्षिण समथर भूूमिमा बसोवास गर्दै आएका तराईवासीहरुको आस्था र विश्वासले मनाउँदै आइएको एक प्रमुुख पर्व छठ हो । यो पर्व तराईवासीहरुको धरोहरका रुपमा परिचित छ ।
पूूर्वी तथा मध्य नेपालको मिथिला, भोजपुरा क्षेत्रमा अत्यन्तै श्रद्धा, भक्ति, आस्था र विश्वासका साथ मनाइने चाड छठ हो । यो व्रत कार्तिक महिनाको शुुक्लपक्षको षष्ठी तिथिमा मनाइने भएकोले छठ पर्वको नामले परिचित छ । यसलाई छठी मैयाको नामले पनि पुुकारिन्छ । यस पर्वसँगै तिहारको रमझम समाप्त हुुने गर्छ । अब यो तराई क्षेत्रमा मात्रै सीमित नरही राजधानीलगायत केही प्रमुुख सहरहरुमा फैंलिँदै गई यसको लोकप्रियता, आस्था, विश्वासमा वृद्धि हुुँदै गइरहको छ । यसको प्रमुुख कारण मानिसहरुमा आस्था र विश्वासका साथै केही मनोकामना पूरा हुुने भएर हो । वास्तवमा यो चाड हरेक जात, धर्म, समुुदायका व्यक्तिहरुले मनाउने गर्दछन् ।

यस पर्वको पौराणिक किंवदन्तीका आधारहरुमध्ये द्वापर युुगमा पाँच पाण्डवका पत्नी द्रौपदीले आफ्ना पतिहरुको गुुप्तवास सफल होस् भन्ने उद्देश्यले सूूर्यकी पत्नी छठी मैयाको पूूजा गरेको विश्वास गरिन्छ भने कतै आत्रिमनीकी पत्नी सति अनुुसुुइयाले आफ्ना पतिको सुुस्वास्थ्य वा दीर्घायुका लागि छठी मैयाको पूजा गरेको जनधारणा रहेको पाइन्छ । वास्तवमा सन्तान र परिवारजनको सुुस्वास्थ्य तथा दीर्घायुका लागि यो पर्व मनाइन्छ । अझ विशेषतः चर्मरोगहरुको पीडाबाट मुुक्ति पाइन्छ भन्ने विश्वास छ ।

यो चाड चार दिनसम्म श्रद्धा र भक्तिपूूर्वक मनाइन्छ । कार्तिक शुुक्लपक्षको चौँथी तिथिको दिन यो व्रतको संकल्प लिने महिला तथा पुुरूष (व्रतालुु) ले नाहाक खाने (नुुहाएर पवित्रतासाथ व्रतको संकल्प लिई खाने) गर्दछन् । त्यसपछि व्रतालुु पूूजा सामग्रीको व्यवस्थापनमा लाग्छन् । यसको सामग्री तयार गर्दा सानातिना गल्तीले पनि प्रसाद अपवित्र हुुन्छ र अनिष्ट तथा चर्मरोग लाग्छ भन्ने विश्वास रहिआएको छ । यसको सामग्री तथा प्रसाद तयार गर्दा व्रतालुु एवम् सहयोगीहरु अत्यन्तै सजग रहन्छन् ।

पञ्चमीका दिन व्रतालुुले दिनभर उपवास बसी साँझपखमा चन्द्रमा देखाएर आँगनमा गाईको गोबरले लिपपोत गरी केराको पातमा खीर, केरा चढाएर उक्त प्रसाद नै व्रतालुुले ग्रहण गर्छन्, जसलाई खड्ना भनिन्छ । यसलाई छठ पूूजाको प्रारम्भ मानिन्छ । व्रतालुुले यही प्रसादकै भरमा षष्ठीका दिनरात ३६ घन्टा निराहाररुपमा पानी पनि नखाई उपवास तथा संकल्पका साथ सूूर्यलाई बिहान र बेलुुका अर्घ चढाउने गर्दछन् । अझै कतिपय घरबाट घाटसम्म दण्ड प्रणाम गर्दै आफ्नो शरीरलाई लम्पसार पारेर शरीरको नापबमोजिम चिनो लगाउँदै प्रत्येकपटक उठेर छठी मैयालाई प्रणाम गर्दै जलाशय (घाट) सम्म पुुग्छन् । यो संकल्प अत्यन्तै कष्टप्रद र कठोर हुुने गर्दछ ।

षष्ठीको बिहानबाट नै व्रतालुुलगायत परिवारका बुुज्रुुकहरुले प्रसाद सामग्री (ठेकुुवा, भसुुवा, खजुुरी आदि) गहुुँ, सख्खर, मैदा आदिबाट बनाउन लाग्छन् भने केटाकेटीहरु बडो उत्साहपूूर्वक जलाशय (घाट) श्रृंगार्ने कार्यमा व्यस्त हुुने गर्छन् । साथै केराको घार, उखुु, भोगटे, भारपात (अदुुवा, बेसार, सख्खरखण्ड, सेठेनी, सिंगारा, मूूला, भेन्टा, लौका आदि) सामग्री कुुनिमामा (बाँसको चोया) बाट निर्मित ढकिया सजाएर खाली खुुट्टा पूजा सामग्री घाटसम्म पुु¥याइन्छ ।

प्रायः घाट जलाशयको किनारमा बनाइन्छ । सम्भव नभएको ठाउँमा आँगन, घरको छत आदि स्थानमा पोखरीको नमुना बनाएर पूजा गर्ने गर्छन् । घाट निर्माण प्रक्रिया ठाउँ, क्षेत्र, परिवेशअनुुसार फरक–फरक पाइन्छ । घाटमा रमाइलो गर्न जागराम (जाग्राम) बस्ने, आधुुनिक तरिकाले सजावट गरी राति नाचगानको व्यवस्था गरिएको हुुन्छ । अझै महिला दिदीबहिनीहरुले छठको गीत र भजन गाउने तथा केटाकेटीहरुले पटाका पड्काउने र विभिन्न खेलहरुले घाटको रौनक बढाइएको हुुन्छ । साथै, यस बेला केटाकेटीहरुको उत्साह र उमंगको स्तर अनौठो रहेको हुुन्छ ।

व्रतालुुले साँझपखमा जलाशयमा नुुहाएर कम्मरजति पानीमा लगी अस्ताउँदो सूूर्यलाई पान, सुुपारी, आरद, वदही (रक्षाकवच, पवित्र धागो) सहित अर्घको प्रारम्भ गर्दै सम्पूर्ण पूूजा सामग्री पानीमा छुुवाउँदै सूूर्यदेवलाई अर्पण गर्दछन् । यसरी साँझ पूूजा गरी घर फर्किन्छन् वा जाग्राम बस्ने व्यवस्था मिलाइएको स्थानमा घर नफर्की मध्यरातमा पनि पुुनः पूजा गरिन्छ । घर फर्कंदा ससाना केटाकेटीहरुले प्रसाद सामग्री देख्दा लोभिएर कराउने तथा रूने गर्छन् । तर, अभिभावक तथा बुुज्रुुकहरुले उक्त प्रसादलाई बालहठको चुुनौती सामना गर्दै सामग्री संरक्षण गरी चोखो राख्छन् ।

भोलिपल्ट बिहानै सम्पूूर्ण पूूजा सामग्री लिएर पुुनः जलाशयमा पुुग्छन्, व्रतालुुले नुुहाएर कम्मरजति पानीमा लगेर सूूर्यदेवको उदयको प्रतीक्षा गर्छन् । सूूर्य उदयसँगै सम्पूूर्ण पूूजा सामग्री सूूर्य देवतालाई अर्घ दिँदै यो चाडको समापन गर्छन्, अनि व्रतालुुहरु टीका–प्रसाद वितरण गर्दै घर फर्कन्छन् । छठ पर्व नगर्ने समुुदायले पनि प्रसाद ग्रहण गर्दै सामूहिकरुपले खुुसीयाली मनाउने गर्छन् ।

यो पर्व लोकतान्त्रिक प्रक्रियाको एउटा अनौठो प्रतीक हो । यसमा उच्च, नीच, जातपातको सीमा रहँदैन, धनी र गरिब सबैले मनाउने गर्छन् । यसमा सर्वसुुलभ सामग्रीको प्रयोग गर्दै कठोर प्रक्रिया र अनुुशासनको पालना गरिन्छ । बलेको आगो ताप्ने उखानको विपरीत सुुसंस्कार र कृतज्ञताको उपहारकै रुपमा अस्ताउँदो सूूर्यलाई श्रद्धा–भक्तिका साथ भावपूूर्ण “भावना” अर्पण गर्नुु तराईको अनुुकरणीय संस्कृतिको नमुना हो । यस पर्वमार्फत मानिस सामथ्र्यवान् हुुँदामात्रै अघिपछि गर्ने, आदर गर्नेमात्र नभई ओरालो लाग्दा पनि कृतज्ञतासाथ सम्मान गर्नुुपर्ने असल संस्कारको सन्देश सम्पूूर्ण मानव समुुदायलाई दिइएको छ ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login