१०१. सहकारी र यसको उपदेयता

१०१. सहकारी र यसको उपदेयता

एकका लागि सबै र सबैका लागि एक भन्ने सिद्धान्तबाट प्रेरित भई व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक हित तथा सामाजिक समुन्नतिका लागि गरिने एकताबद्ध प्रयास नै सहकारी हो । सहकार्य अर्थात् सहकारिताले आपसमा मिलेर काम गरौँ भन्ने भावना जगाउँछ । सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हटाई आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ । समाजशास्त्रीको नजरमा सहकारिता सामाजिक उत्पीडनबाट मुक्ति प्राप्त गर्ने साधन हो भने प्राविधिकरुपमा यसलाई एउटा व्यावसायिक कौशलका रुपमा लिइएको छ । यसका बारेमा विभिन्न विद्वान्हरुले आआफ्ना धारणाहरु व्यक्त गरेका छन् । हेनरी काल्भर्टका अनुसार, “सहकारी संगठनको त्यो रुप हो जसमा व्यक्तिहरु स्वेच्छाले आफ्ना हितका कुराहरु सुधारका लागि समानताको आधारमा एकसाथ मिलीजुली काम गर्दछन् ।”


अन्तर्राष्ट्रिय श्रम संगठनले सहकारीको परिभाषा यसरी दिएको छ, “सहकारी सामान्यतः सीमित साधन भएका व्यक्तिहरुको एक संगठन हो, जो प्रजातान्त्रिकरुपमा नियन्त्रित व्यावसायिक संगठनको माध्यमद्वारा आवश्यक पुँजी लगाएर र व्यवसायको जोखिम तथा लाभको उचित हिस्सा स्वीकार गरेर साझा आर्थिक साध्य प्राप्त गर्न भेला हुन्छन ।”


नेपालको सहकारी ऐन २०४८ को प्रस्तावनामा उल्लेख भएअनुसार, देशका कृषक, कालिगड, कम पुँजीवाल र निम्न आयवर्ग, श्रमिक, भूमिहीन तथा बेरोजगार वा सामाजिक कार्यकर्ताले सर्वसाधारण उपभोक्ताको आर्थिक तथा सामाजिक विकासका लागि पारस्परिक सहयोग र सहकारिताका आधारमा विभिन्न किसिमका सहकारी संस्था तथा संघहरुको गठन र सञ्चालनसम्बन्धी व्यवस्था गर्न वाञ्छनीय भएकोले यो ऐन बनाएको छ ।


मानव सभ्यताको सुरूवातसँगै समूहमा बस्ने, सामूहिकरुपमा काम गर्ने र सुखदुःखमा एकअर्कालाई सहयोग गर्ने परिपाटीबाट सहकारिताको भावना प्रकट भएको पाइन्छ । विवाह, व्रतबन्ध, काजक्रिया आदि धार्मिक कार्य सम्पन्न गर्न समाजका सबै सदस्यहरु सम्मिलित भई सहकार्य गर्ने परम्परा अझै कायम रहिआएको छ । सहकारी आन्दोलनको सुरूवात फ्रान्स, बेलायत, जर्मनी आदि देशबाट सुरू भएको पाइन्छ ।

 

सन् १४९८ मा बेलायतको अबर्डिनमा स्थापना भएको दी सोर पोर्टस् सोसाइटी नामक संस्थालाई विश्वको पहिलो सहकारी संस्थाका रुपमा लिइएको पाइन्छ । रोबर्ट वेयनलाई सहकारी आन्दोलनका पिता भनिन्छ । उनी कपास व्यापारी थिए र उनले आफ्नो व्यापारमा संलग्न कर्मचारीहरु र तिनका बालबच्चाहरुलाई शिक्षासहितको राम्रो वातावरण दिनुपर्ने विचार अघि सारे र त्यसैअनुरुप न्यू ल्यानार्क स्कटल्यान्डको कटन मिलमा संसारकै पहिलो सहकारी संस्था खोले । पछि विलियम किङले पनि रोबर्ट वेयनको विचारलाई निरन्तरता दिई सहकारीमा विभिन्न नियमहरु बसाले । सन् १८४४ मा बेलायतमा रोचडेल सोसाइटी या इक्विटेबल पायोनियर्स नामक सहकारी संस्था स्थापना भयो । यसले रोचडेल प्रिन्सिपल्स निर्माण गरी सहकारी आन्दोलनलाई स्थापित ग¥यो । त्यसैगरी, जर्मनीमा एफ डब्लू रेफेसनले बचत तथा ऋण सहकारी संस्था स्थापना गरी ग्रामीण जनतालाई शोषणबाट मुक्त गराए । उनलाई आजसम्म पनि विश्वभर बचत तथा ऋण सहकारी संस्थाका पिता भनिन्छ ।


नेपालमा सहकारी संस्थाको विकासक्रमलाई हेर्र्ने हो भने विसं २०१० सालमा योजना विकास तथा कृषि मन्त्रालयअन्तर्गत सहकारी विभाग गठन गरी सहकारीको संस्थागत विकासको थालनी भएको पाइन्छ । तत्कालीन नेपाल सरकारले २०१३ सालमा सहकारी गठन, दर्ता र सञ्चालन आदेश जारी गरेको र सोही कानुनको आधारमा चितवन जिल्लामा नेपालकै पहिलो सहकारी संस्था बखानपुर सहकारी संस्था दर्ता भई सञ्चालन भएको थियो । विसं २०१६ सालमा सहकारी ऐन २०१६ तर्जुमा भई सहकारीको स्थापना र सञ्चालनसम्बन्धी नियम तर्जुमा भएको थियो । यसरी थोपा–थोपा मिलेर समुद्र बन्छ भनेझैँ सहकारीको माध्यमबाट समान उद्देश्य भएका व्यक्तिहरुको संगठित समूह गठन गरी थोरै–थोरै बचत संकलनबाट बृहद् कोष खडा गरी समूहभित्रकै सदस्यहरुलाई सहुलियत ब्याजदरमा कर्जा प्रदान गरी उद्यमी बन्न तथा व्यक्तिलाई आइपर्ने साना–ठूला गर्र्जो टार्न सहकारी राम्रो माध्यम बनेको छ ।

 

समुदाय तथा विपन्न वर्गको हिततर्फ उन्मुख हुने सहकारीले आर्थिक तथा सामाजिकरुपमा सवल बनाउने गरिने अभ्यास हो । यस संस्थाले समाजमा छरिएर रहेको ससाना पुँजीलाई सदस्यहरुबाट संकलन गरी व्यावसायिक सदस्यहरुलाई प्राथमिकताका साथ सदस्यको अवश्यकताअनुरुप रकम उपलब्ध गराउँदै आत्मनिर्भर तथा स्वरोजगार बन्न प्रेरित गर्दै आइरहेको छ । यो संस्था बचत तथा ऋणको कारोबार गर्ने संस्था भएकोले सदस्यहरुबाट बचत गरिएको रकम आवश्यक परेको अवस्थामा धितो राखी सरल प्रक्रियामा नै ऋण उपलब्ध गराउँदै आएकोले विगतका दिनदेखि आज पनि यो संस्था सदस्यहरुबीच लोकप्रिय रहेको छ ।


सहकारी संस्था जनतालाई संगठित गर्दै सामूहिक लगानी गर्न जनतालाई उत्प्रेरित गर्दै अघि बढ्ने संस्था हो । व्यावसायिक र रोजगारी प्रवद्र्धनका दृष्टिले पनि सहकारी क्षेत्र स्थानीय तहदेखि राष्ट्रियस्तरसम्म योगदान गर्ने संस्थाको रुपमा रहेको छ । जसले नेपालको जनशक्तिलाई देशभित्र त्यो पनि स्थानीयस्तरमै काम गर्ने वातावरण बनाई वैदेशिक रोजगारीलाई न्यूनीकरण गर्दै लग्नेछ । सहकारी संघसंस्थाले नेपालमा पूजी निर्माण, सामाजिक एकीकरण, नेतृत्व विकास, महिला सशक्तीकरण, उद्यमशीलताको विकासका साथै गरिबी निवारणमा योगदान पु¥याएको छ ।


नेपालको संविधान २०७२ मा पनि तीन खम्बे अर्थनीतिको अवधारणाले मह¤वपूर्ण स्थान पाएको छ सहकारीले । तीन खम्बे अर्थनीति सरकार, सहकारी र निजीक्षेत्र हुन् । नेपाललगायत विश्वभरि नै सहकारी मोडलको व्यवसायले निर्यात बढाउन देशभित्रका मानिसले उत्पादनशील क्षेत्रमा कार्य गर्नुपर्ने हुन्छ । लगानी वृद्धिको सहज वातावरण बनाउँदा आयात बढ्न गई हाम्रो अर्थतन्त्र आत्मनिर्भर हुन्छ । आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय क्षेत्रलाई समेट्दै सबै आकृति र आकारको अर्थव्यवस्थामा सहकारी फैलिएकाले सहकारी मोडलको अर्थव्यवस्था आजको मोड बनिरहेको छ ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login