- Home
- Show Content
१०२. राष्ट्रनिर्माणमा महिलाको सहभागिता
१०२. राष्ट्रनिर्माणमा महिलाको सहभागिता
ishworabhattarai111@gmail.com
– ईश्वरा भट्टराई
नेपालको माटो विश्वमै उत्कृष्ट छ । नेपाली माटोमा जन्मिएका नेपाली महिलाहरुले विभिन्न क्षेत्रमा आप्mनो विशिष्ट इतिहास कायम राख्दै आएका छन् । नेपालको आधा धर्ती, आधा आकाश नेपाली महिलाहरुले नै ढाकेका छन् । नेपालमा महिला मुक्तिको अवस्था सन्तोषजनक छैन । नेपाल एक कृषिप्रधान देश हो । नेपालका किसान महिलाको आर्थिक अवस्था अत्यन्त जर्जर छ । नेपालका महिलाहरु घरपरिवार र सरकारबाट अति शोषित र उत्पीडित छन् । नेपालमा महिला मुक्तिका लागि निरन्तर आन्दोलन भएका छन् । अन्तर्राष्ट्रिय नारी दिवसलगायत महिला मुक्तिको उद्देश्यले थुप्रै कार्यक्रम हुने गरेका छन् । आर्थिक अभावका कारण नेपाली महिलाहरुको जीवन कठिन र उदासीन छ । कुल जनसंख्याको आधाभन्दा बढी जनसंख्या महिलाको भएको ठाउ“मा महिलाहरुलाई उपेक्षित गरेर देशको चौतर्फी विकास हुन सक्दैन । देशको सर्वांगीण विकासका लागि महिला र पुरूषलाई समान अवसर दिनुपर्दछ । वर्गसंघर्ष र वैचारिक संघर्षबाट मात्र महिला मुक्ति सम्भव छ । जातीय भेदभाव कायम रहेसम्म महिला मुक्ति सम्भव छैन । दलित महिला, सम्भ्रान्त महिला, शिक्षित र अशिक्षित महिला, मधेसी महिला, पहाडे महिला भनेर महिलालाई छुट्याएसम्म महिला एकता कायम हु“दैन ।
महिला र पुरूष एक सिक्काका दुई पाटा हुन् । देश विकासलगायत हरेक क्षेत्रमा महिला र पुरूषबीच अन्योन्याश्रित सम्बन्ध हुनुपर्दछ । पुरूषले पाएसरहको सुविधा र सहुलियत समान रुपले महिलाहरुले पनि पाउनुपर्दछ । यसमा विभेद रहेसम्म विकासमा देश निकै पर रहने छ । महिला शिक्षित भए समाज नै शिक्षित र सभ्य हुन्छ । महिलाहरुको सम्मान र संरक्षण भए राष्ट्रकै सम्मान हुन्छ । राष्ट्रनिर्माणमा महिला र पुरूषको समान योगदान भएमात्र राष्ट्रको सम्मुन्नति हुन्छ । पुरूषसरह महिलाले अवसर पाएको खण्डमा बराबरी रुपमा अगाडि बढ्न सक्दछन् । ती कुरा व्यावहारिक रुपमा देखा परिसकेको छ । एउटा पृथ्वी र एउटा आकाश, दुईमात्र जाति स्त्री र पुरूषमात्र छन् ।
नेपालमा महिलाहरुको उत्थानका लागि महिला आयोग स्थापना गरिएको छ । न्यायमा महिलाको पहु“च कम देखिएको छ । महिला अधिकार पर्याप्त छैन । घरेलु हिंसा बढेको बढ्यै छ । विभिन्न अपराधमा महिलाहरुको संलग्नता बढेको छ । महिलाहरु सकारात्मक परिवर्तनको बाटोमा भन्दा नकारात्मक परिवर्तनको बाटोमा अग्रसर भएका छन् ।
महिलाहरु यौन व्यवसाय, महिला छाडावाद, अश्लीलता, महिलाहरुलाई विज्ञापनको साधन बनाउने काम बढ्दै गएको छ । नेपालको राजनीतिक र सामाजिक परिवर्तनका हरेक आन्दोलनमा महिलाको योगदान र भूमिका मह¤वपूर्ण भएपनि उल्लेख्य सहभागिता हुन सकेको छैन । नेपालको सशस्त्र द्वन्द्वमा महिलाहरुले हातहतियार उठाए, युद्धमैदानमा आमने–सामने संघर्ष गरे, तर पनि महिलाहरुले पाउनुपर्ने प्रतिफल पाउन सकेका छैनन् ।
राजनीतिक र सामााजिक विभेद घटेको छैन । दाइजो र बोक्सीजस्ता कुप्रथाले नेपाली समाजलाई आक्रान्त बनाएको नै छ । महिला गरिबी बढेको बढ्यै छ ।
तत्काल नौलो जनवादी व्यवस्था प्राप्त गर्ने उद्देश्यले सुरू गरिएको जनयुद्धमा तीन हजारभन्दा बढी महिलाले शहादत प्राप्त गरे । महिला क्षेत्रमा हासिल गरेका उपलब्धिहरु र मुद्दाहरु संघीय लोकतान्त्रिक गणतन्त्ररुपी संसदीय व्यवस्थामा आएर गुम्ने खतरा बढेको छ । केही महिलाहरुको अग्रसरता देखिए पनि सम्पूर्ण महिलाहरुको अग्रसरता रहने वातावरण राजनीतिक दलहरुले बनाउन सकेका छैनन् ।
विभिन्न दलहरुबाट प्रतिनिधित्व गरिरहेका महिलाहरुले पनि सम्पूर्ण महिलाहरुको हक, हितका लागि आवश्यक आवाज उठाउन र महिला उत्थानका लागि सशक्त दबाब सिर्जना गर्न सकेका छैनन् ।
महिलाहरुको अग्रगामी मुद्दा यथास्थितिको भुमरीमा परेको छ । महिला मुक्ति यात्राले विश्राम लिएको छ । अब क्रान्ति सकियो, आर्थिक समृद्धिको दिन आयो भनेर संसद्वादी दलहरुले ढोल पिटाउन सुरू गरे पनि नेपाली महिलाहरुमाथि अधुरो र अपूरो क्रान्तिले ठूलो क्षति पु¥याएको छ । सर्वहारा वर्गको संगठन मानिने कम्युनिस्ट पार्टीले नै सर्वहारालाई चौबाटोमा लगेर छाडिदिएको छ । सर्वहाराको नामबाट सीमित जनप्रतिनिधिहरुले तुच्छ स्वार्थसिद्ध गरी मनग्य फाइदा उठाइरहेका छन् । पार्टीबाट प्रतिनिधित्व गरिरहेका दुई–चार जना औँलामा गन्न सकिने महिलाहरुले सिंगो नेपालका सम्पूर्ण महिलाहरुको प्रतिनिधित्व गर्न सक्दैनन् । सर्वहाराको प्रतिनिधित्व गर्ने कम्युनिस्ट पार्टीले सर्वहारा वर्गको कुनै जात, वर्ग, धर्म, क्षेत्र र लिंग हु“दैन, एउटै राजनीतिक विचार हुन्छ, वर्गसंघर्षको आधार लिन्छ भनेको त अहिले व्यवहारमा ठीक उल्टो भएको छ ।
२०६३ को जनआन्दोलनले शोषणको रुप बदलिदिएको छ । सार नै पुरानै छ । खराब प्रवृत्तिहरु समाजमा झांगिँदै गएका छन् । अब लडाइँ खराब प्रवृत्तिका विरूद्ध अनिवार्य छ । दलाल र भ्रष्टाचारीहरु शासनसत्तामा हावी हु“दै गइरहेकाले यिनीहरुविरूद्धको आन्दोलन राष्ट्रमुक्ति आन्दोलन हुने छ । वर्गको साथसाथै विभिन्न प्रकारका उत्पीडनहरु हु“दाहु“दै कम्युनिस्ट सरकार बनेर महिला शोषण, जनजाति शोषणलगायत सबैखाले शोषण र उत्पीडिन क्रमशः बढ्दै जाने देखिन्छ ।
कामअनुसारको माम सबैले पाउनुपर्दछ । श्रमशोषण गर्नेहरु समाजका अपराधी हुन् । देश र जनताहरुलाई गरिब बनाउ“दै लैजाने व्यवस्था भने पनि व्यवहारमा निकृष्ट साबित भएका छन् ।
शोषण र उत्पीडनको अन्त्य नभएसम्म देश सभ्य र समुन्नत कुनै पनि हालतमा हुन सक्दैन । समाजमा विभिन्न खाले समस्या रहेसम्म विद्रोह जारी रहन्छ । कुनै पनि समस्याबाट मुक्ति पाउन गरिने विद्रोह जायज हो । विद्रोह बाध्यता हो र अधिकार पनि हो । नेपालमा जनविद्रोह जारी छ । जनविद्रोहलाई व्यवस्थापन गर्न सक्ने क्षमताको उचित राजनीतिक व्यवस्थापन छैन । वर्तमान कम्युनिस्ट सरकारको कार्यशैली र व्यवहारको अध्ययन तथा विश्लेषण गर्ने हो भने हिजोको पञ्चायती व्यवस्थाको भन्दा पनि नाजुक छ । राष्ट्रियता असफल र कमजोर छ । नेपाली जनताहरुको शक्ति घटेको छ । कुनै पनि पार्टीको आवश्यक पर्ने शक्ति छैन । पार्टी अनुशासन र शक्ति नभएका पार्टीहरुबाट देश र जनता सुरक्षित अनि संरक्षित हुन सक्दैनन् । खोक्रो आश्वासन पासोसरह हो ।
देश र जनतालाई भय र भ्रममा राखेर विधिको शासन, असल शासनलाई किनारा लगाएर व्यक्तिविशेषको, पार्टीविशेषको शासनसत्ता र व्यवस्थाले अव्यवस्था, अशान्ति, अभावसिवाय केही दिँदैन । नेपालका महिलाहरु एकीकृत भई अव्यवस्थाविरूद्ध प्रहार गर्नुपर्ने ठीक समय आएको छ । महिलाहरु विद्यमान शोषण, उत्पीडन, भ्रष्टाचारमुखी शासनव्यवस्थाविरूद्ध जागे, उठे भने नेपाल निर्माण छिटो हुन्छ । वर्गीय शोषण पूर्णतः अन्त्य भएपछि मात्र महिला शोषण पूर्ण रुपमा अन्त्य हुन्छ । नेपालमा ठूलो संख्यामा महिला र पुरूष शोषणमै भएकाले शोषित र उत्पीडित जनता आप्mनो हक, अधिकार र अवसरका लागि बेलैमा उठ्न सक्नुपर्दछ । नेपालको कम्युनिस्ट आन्दोलन, अवसरवाद र सुधारवादमा फँस्दा लैंगिक प्रश्नका नाममा वर्गीय प्रश्न खतरामा परेका छन् । संख्याको आधारमा समानुपातिक हिस्सा खोज्नुहु“दैन, विशेषाधिकारसहित अतिरिक्त समानता खोज्नुपर्दछ । महिला प्रतिक्रान्ति रोक्ने वाहक हुन्, परिवर्तनका संवाहक हुन् । महिलाको उत्थान राष्ट्रकै उत्थान हो ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review