१०४. सञ्चारमाध्यम र लोकतन्त्रको सम्बन्ध

१०४. सञ्चारमाध्यम र लोकतन्त्रको सम्बन्ध

एच. के. श्रेष्ठ
दुनियाँमा मिडिया र लोकतन्त्रको सम्बन्ध पारस्परिक हुनेमा शंका छैन । त्यही साइनोले होला, लोकतान्त्रिक व्यवस्थाको स्थापनापश्चात् छयालीस सालदेखि त्रिसट्ठीसम्मको सत्र वर्षको अवधिमा सञ्चारको विकास जे–जसरी भयो, त्यसको ठीक दोब्बर विकास गुण, सङ्ख्या र विश्वसनीयताको रुपमा अबको दशकमा हुने सम्भावनालाई नकार्न सकिन्न । इयान हारग्रिभको भनाइ यहाँनेर सान्दर्भिक छ कि लोकतन्त्रको पहिलो पाइला अघि सार्न सञ्चारमाध्यमको आवश्यकता पर्छ भने सशक्त, स्वाभिमानी र प्रभावकारी सञ्चारमाध्यम हुन लोकतन्त्रका मूल्य र मान्यताको पालना पत्रकारिताले गर्नु अनिवार्य हुन आउँछ । स्वतन्त्र मिडिया र लोकतन्त्र एक अर्कोबिना रहनै सक्दैनन् । नत्र मिडिया तानाशाही हुनु हो वा साङ्लोभित्र कैद रहनु हो । चाहे त्यो एकाधिकारवादी पञ्चायतको होस् वा निरंकुश तानाशाही राजा ज्ञानेन्द्रको शासनजस्ता, कुनै पनि निरकुंशताको अन्त्यका लागि नेपाली सञ्चारमाध्यमले मह¤वपूर्ण भूमिका खेलेकै हुनाले मुलुक यहाँसम्म पुगेको हो । नेपाली प्रेसले खुला परिवेश निर्माण गर्न र त्यसको नियन्त्रणका लागि आउने कुनै पनि बन्देजका फलामे सांग्ला चुँडाउन सशक्त देखिएका छन् र रहनुपर्दछ ।


अहिले एउटा सिंगो नयाँ इतिहासको निर्माणस्वरुप राजतन्त्रको अन्त्य भई लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । तर, मिडियाको योगदानविपरीत सत्ताको आँखाले प्रेसलाई कालो देख्ने गरिब र अविकसित मुलुकका राजनेताको संस्कारहीन चरित्र नेपालमा झन् समय–समयमा उदांगो हुने गर्छ । त्यसैले, नेपाली प्रेस अझै पनि स्वतन्त्र र निर्भीक रुपमा ढुक्कसँग रहन पाएको छैन । मिडियालाई राज्यको आवश्यक सहयोगको अभावमा पनि दुर्गमसम्म त्यसको सशक्त उपस्थिति देखिन्छ । मिडियाको शक्तिलाई राज्यले बुझेर जति उपयोग गर्न पर्दथ्यो, त्यो सकेको छैन । त्यसैले पनि मिडिया अझै खतरामुक्त देखिन्न ।


राजा ज्ञानेन्द्रको तानाशाहीलाई अन्त्य गरी लोकतान्त्रिक व्यवस्थाको स्थापना गर्न नेपाली सञ्चार जगत्ले जे–जति दुःख, कष्ट, संकट र पीडा भोग्न प¥यो; यसको संरक्षण, संवद्र्धन र ग्रामीण तहसम्म लोकतन्त्र संस्थागत गर्न नेपाली मिडियाले त्यत्तिकै मूल्य चुकाउनु पनि पर्छ । ती दुःख र कष्टकर यात्रासँगै अब नेपाली सञ्चारमाध्यमले लोकतन्त्रलाई संस्थागत गर्न ठ्रूलो भूमिका रहन्छ । जबसम्म लोकतन्त्र संस्थागत हँुदैन, तबसम्म राजतन्त्र वा कुनै प्रकारको तानाशाहले टाउको उठाउने जमर्को गरिरहने छ । त्यस्ता सम्भावनालाई समूल नष्ट गर्न सहयोग पु¥याउने सशक्त र जिम्मेवार माध्यम प्रेस स्थानीय तहसम्म बलियो हुन जरूरी होइन र ? जनतालाई सही सूचना प्रदान गरी सुसूचित र सशक्त पार्नु प्रमुख कर्तव्य रहने मिडिया लोकतान्त्रिक परिपाटीमा मात्र फस्टाउने अर्थमा लोकतन्त्र चाहने नेता वा राज्यलाई अपरिहार्य छ, सञ्चारमाध्यम ।


नेपालका राजनीतिक पार्टी र प्रशासकहरुले सञ्चारको मह¤वलाई राम्रोसँग बुझ्दाबुझ्दै पनि ‘खोलो त¥यो, लौरो बिर्सियो’ भनेझैँ प्रयोग गर्नु र फाल्नुको नियत उचित होइन । यस्तो प्रवृत्ति र उचित नीतिको अभावको सिकार लोकल वा साना मिडिया बढी देखिन्छन् । विकासका लागि स्थानीय सञ्चारमाध्यमका प्रकाशक, स्थानीय सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको पेसागत सीप विकास, पेसागत सुरक्षा, उच्च शिक्षा, अध्ययन तथा तालिमका अवसरजस्ता विषयहरुमा कतैबाट पनि प्रयास र पहल भएको देखिँदैन । स्थानीय सञ्चारमाध्यम आर्थिक रुपमा सबल र व्यावसायिक रुपमा परिष्कृत नभएसम्म स्थानीय सञ्चारकर्मी सबल हुन सक्दैन ।

विश्वका विकसित राष्ट्रको कुरा छाडौँ, हाम्रो छिमेकी भारतमा नै सबल र स्वतन्त्र स्थानीय सञ्चारमाध्यमको विकासका लागि विशेष सहुलियत दिइन्छ । नेपाल भनेको गाउँ हो र ग्रामीण तहसम्म सञ्चार नपुगेसम्म लोकतन्त्र बलियो पनि नहुने र आर्थिक एवं शैक्षिक तथा सांस्कृतिक विकास पनि नहुने हँुदा सरकारद्वारा हरेक गाविसमा सञ्चारमाध्यम पुग्ने, स्थापना र सञ्चालन हुन सक्ने किसिमको दीर्घकालीन योजना र त्यसको कार्यान्वयन खै ?


लोकतन्त्रले एक पाइला सार्न पनि पत्रकारिताको आधार चहिन्छ । पत्रकारिताले लोकतन्त्रका आधारभूत मूल्य र मान्यतालाई नियमभित्र राखी गहिराइदेखि ग्रहण गर्न सक्नुपर्छ । मिडियाले नै लोकतन्त्रको संरक्षण गर्न पहरेदारको भूमिका निभाउने हुँदा अमेरिकास्थित पोइन्टर इस्टिच्युटका बब स्टिलले पत्रकारका लागि निर्माण गरेको सत्य खोज र जतिसक्दो पूर्ण रुपमा सम्प्रेषण गर, स्वतन्त्र भएर काम गर्ने र नोक्सान कम पार्ने पत्रकारले आफूले गरेको कामबाट केही असर परेको छ भने त्यस्तो अवस्थामा धैर्यता लिन सक्नु मुख्य तीन मार्गदर्शक सिद्धान्त बडो सान्दर्भिक भइरहन्छ ।


आवाजविहीनहरुलाई आवाज दिने, विश्वसनीयतालाई ठूलो शक्तिका रुपमा अँगाल्ने, आमनागरिकको हितविपरीत कार्य गर्न र गराउन प्रेरित गर्न सक्नेहरुको प्रभावमा किञ्चित नपरी सशक्त ढंगले सूचना खोजेर सम्प्रेषण गर्नु र आफ्नो साख अनि स्वअस्तित्वमा सम्झौता हुने किसिमका कार्यदेखि सदैव स्वतन्त्र रहनु लोकतान्त्रिक पत्रकारका चुनौतीपूर्ण सर्तमा पर्दछ ।


सारमा स्वतन्त्र र निर्भीक भएर पत्रकारहरु सूचना संकलन गर्न र सत्यता उजागर गरी नागरिकलाई सुसूचित गर्ने मूल मन्त्र र धर्मबाट विचलित हुनैहुँदैन । जिम्मेवार सञ्चारमाध्यमको सन्दर्भमा राजनीतिशास्त्रका वैज्ञानिक तथा विश्लेषकहरुको धारणामा लोकतन्त्रमा जिम्मेवार सञ्चारमाध्यमले स्वतन्त्र विचारलाई फुल्न र फल्न मद्दत गर्छ । लोकतान्त्रिक राजनीतिक संस्कृति निर्माण गर्न क्रियाशील पत्रकार नागरिकसँगै हुन्छन् । नागरिकलाई जागरूक पार्न, नागरिकको मह¤वको विषयलाई पुष्टि गर्दै त्यसको वकालत गर्न र स्वतःस्फूर्त रुपमा जनतालाई सार्वजनिक विषयमा सहभागी बनाउन सञ्चारमाध्यमले मद्दत गर्छन् । त्यसैले, सञ्चार भनेको राजनीतिको रक्तसञ्चार गर्ने नसा हो । यसको गडबडी वा अभावमा लोकतन्त्र बिमार मात्रै होइन, त्यसको मृत्युसमेत हुन सक्छ ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login