१०५. दसैँ र हाम्रो समाज

१०५. दसैँ र हाम्रो समाज

दसैँ नेपालीहरुको महान् पर्वमात्र होइन, राष्ट्रिय पर्व पनि हो । ८३ प्रतिशत हिन्दूहरुको बाहुल्यता रहेको देशमा नेपालीहरुको परम्परागत धार्मिक पर्व पनि हो । धनी, गरिब, ठूला, साना, सबैले आफ्नो गच्छेअनुसार वर्ष–वर्षदिनमा आउने दसैँ चाड मनाएर अबिर, अक्षता र जमरा लगाएर दसैँलाई विदा गर्दछन् । घरपरिवारका मानिस एक साथ बसेर, इष्टमित्र, गाउ“, समाजलाई नै रमाइलो वातावरण बनाएर मनाउने दसैँले सबैमा खुसीयाली ल्याएको हुन्छ । गैरहिन्दूहरु पनि दसैँको रमझममा रमाएका हुन्छन् । शरद् ऋतुको आश्विन मासको वातावरण अति सौम्य हुन्छ । बाग–बगैँचामा नानाथरीका फूल फुलेका हुन्छन् । खेतमा धानबाली र बारीमा अन्य बाली झुलेका हुन्छन् । चारैतिर हरियालीले ढाकेको हुन्छ ।


जलवायु परिवर्तनका कारण मनसुन वर्षा ढिलो हुँदै गएकाले केही वर्षयतादेखि दसैँका बेलामा वर्षात् हुन जानाले हिले दसैँ, सन्चे दसैँ हुने गरेको छ । दसैँको बेलामा पानी पर्नाले यात्रुहरुको बिजोग हुने गर्दछ । दसैँ आउनलाई कसैले रोक्न सक्दैन । दसैँ आए पनि दसैँ मनाउन जसोतसो गरी सबै जुटेका हुन्छन् । दसैँका बेला कमाउन, अन्य कामले देशविदेश गएका धेरै व्यक्तिहरु काम मिलाएर घरमा फर्कन्छन् । दसैँ परिवार मिलन अनि उत्साहको चाड हिजोआज हु“दैछ ।


समयको गतिअनुसार पहिलेको जस्तो सबै परिवार एकैसाथ एउटै घरमा रहने अवस्था अहिले छैन । बा“च्नका लागि र जीविका चलाउनका लागि मानिसहरु छरिएर बस्न बाध्य छन् । धन कमाउन देश छोडेर विदेश जान बाध्य छन् । कमाइ हुनेका लागि र हुनेखानेका लागि दसैँ निकै रमाइलो हुन्छ । नया“ कपडा लगाउने, नया“ परिकार बनाएर खाने, इष्टमित्र बोलाएर भोज गर्ने रहर पुग्दछ हुनेखानेहरुका लागि । हु“दाखाने तथा कम आय भएका बहुसंख्यक नेपालीहरुका लागि मह“गो दसैँ बोझिलो चाड पनि बन्दैछ । आय कम खर्च बढी भएपछि ऋण गरेर दसैँ चाड मनाउनु पर्ने बाध्यता आउने नै भयो । परापूर्वकालदेखि चल्दै आएको दसैँलाई ‘आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई’ भनिन्छ ।


दसैँ चाडमा शक्तिपीठ, सम्पूर्ण देवीदेवता, तेत्तीस कोटि देवीदेवताको पूजा, आराधना गर्ने गरिन्छ । सबै देवीदेवतालाई जमरा कोठामा आमन्त्रण गरी दस दिनसम्म भव्यतापूर्वक शुद्ध आत्मा र भक्तिले मन, बचन र कर्मले देवीदेवताको पूजा गरी विजयादशमीका दिन आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा रातो टीका, पहेंलो जमरा लगाएर आफन्तहरुकहा“ पुगेर मान्यजनको हातबाट टीका थाप्दै आशीर्वाद लिएर १५ दिनको दसैँलाई एक वर्षपछि आउने कामनासहित बिदा गरिन्छ । तर, घरमा कसैको मृत्यु भयो भने एक वर्षसम्म आशौच बारिन्छ र दसैँ पर्व मनाइँदैन ।


नेपालका हरेक रीति, परम्पराअनुरुप मनाइने चाड र पर्वले आ–आफ्नै प्रकारले विशेष मह¤व राखेको छ । यस कलियुगमा जताततै अधर्मरुपी वायु बढेको छ । दसैँको निन्दा गर्ने दानवहरु अहिले जन्मिएका छन् । दसैँको बेला नानाथरीका अपराध हुने गर्दछन् । जनतालाई सास्ती हुने काम अब रोक्नुपर्दछ । मानव जगत्मा अकल्याण गर्ने आसुरी प्रवृत्ति बढ्दै गएको छ । दसैँ पर्वले मानिसद्वारा मानिसमाथि हुने सबै खाले शोषणको अन्त्य गर्ने प्रेरणा दिएमा र त्यस्तो वातावरण बनेमा नेपालमा शान्ति अनि विकास भएर सबै विभेद हट्छ ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login