१०६. इबोला भाइरस : एक परिचय

१०६. इबोला भाइरस : एक परिचय

रामकृष्ण भण्डारी
सन् १९७६ मा अफ्रिकाको इबोला भन्ने ठाउँबाट यो रोग पत्ता लागेको हुनाले यस रोगको नाम इबोला राखिएको हो । यो रोग इबोला भाइरसले हुने गर्छ । यो भाइरस ८०० देखि १०० एनएम लम्बाइ र ८० एनएम डायमिटरको हुन्छ । यो भाइरस विभिन्न आकार जस्तै अंग्रेजी अक्षरको यू आकार वा अंग्रेजी अक्षर सिक्स आकारको हुन्छ ।


इबोला भाइरस एक किसिमको चमेरो जस्तो हो, उक्त चमेरोले फलफूल खाँदा उक्त फलफूलमा यो भाइरस सर्ने गर्छ । उक्त भाइरसयुक्त फलफूल चिम्पान्जी, गोरिल्ला जातका बाँदरहरुले खाँदा उक्त बाँदरहरुमा यो भाइरस सर्छ र उक्त बाँदरको मासु खाँदा वा उक्त बाँदरहरु मानिसहरुको सम्पर्कमा आउँदा मानिसमा यो रोग सर्ने गर्छ । उक्त संक्रमित मानिसको रगत, वीर्य, दिसा, पिसाबबाट अर्को व्यक्तिमा यो रोग सर्ने गर्छ । त्यस्तै गरी, उक्त संक्रमित मानिसले खोक्दा, हाछिउँ गर्दा नजिक रहेका अर्का व्यक्तिहरुमा हावाको माध्यमबाट पनि यो सर्ने गर्छ । त्यस्तै गरी, बिरामीहरुले प्रयोग गरेका सिरिन्ज, निडल वा लत्ताकपडाहरुबाट पनि यो भाइरस अर्को व्यक्तिमा छिटै सर्ने गर्छ ।


मानिसहरुमा यो रोगको भाइरस प्रवेश गरेको २ देखि २१ दिनभित्रमा रोगका लक्षणहरु देखा पर्छ । सुरूमा साधारण रूघाखोकी लाग्ने, त्यसपछि निम्नानुसारका लक्षणहरु देखा पर्छन् ः ज्वरो आउने, टाउको दुख्ने, जोर्नी र मांसपेशीहरु दुख्ने, घाँटी दुख्ने, एकदम कमजोरीको महसुस हुने, पखाला लाग्ने, बान्ता हुने, खानमा अरूचि हुने आदि ।


उपरोक्त लक्षणहरु पछि रोग बढ्दै जाँदा आँखा, कान र नाकबाट रगत बग्नुका साथै रगत बान्ता हुने र दिसाबाट रगत बग्न थाल्दछ, जसलाई बाह्य रक्तस्राव भनिन्छ । त्यस्तै गरी, भित्री रक्तस्राव पनि अत्यधिक हुने गर्छ । यसबाट थप समस्या देखा परी बिरामीको ७ देखि १६ दिनभित्रमा मृत्यु हुने गर्छ ।
यो रोग नेपाललगायत अन्य देशहरुका लागि नयाँ वा भर्खर सुन्नमा आए तापनि अफ्रिकी मुलुकहरुका लागि यो रोग पुरानो र बेलाबखतमा महामारीका रुपमा देखा परी धेरै जनधनको क्षति पु¥याउँदै आइरहेको छ ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login