१०७. जनैपूर्णिमा

१०७. जनैपूर्णिमा

हिन्दू संस्कृतिअनुसार साउन शुक्ल पूर्णिमालाई जनैपूर्णिमा भनिन्छ । वैदिक कालदेखि नै जनै लगाउने संस्कार भएकाले यस दिनलाई आत्मशोधन गराउने पुण्यपर्वका रुपमा लिइन्छ ।
रक्षा भनेको संरक्षण गर्नु र बन्धन भनेको कुनै सम्झौता वा प्रतिज्ञामा सामेल हुनु वा प्रण गर्नु हो भन्ने अर्थ लाग्छ । जनैपूर्णिमालाई ठाउँअनुसार विभिन्न नाम दिइन्छ । कतै रक्षाबन्धन भनिन्छ, कतै तावो बाँध्ने दिन पनि भनिन्छ । कतै त डोरो बाँध्ने दिन भनिन्छ । यसदिन सनातन वैदिक धर्मावलम्बीअनुसार पुरानो जनै फालेर नयाँ जनै लगाइन्छ ।

हातको नाडीमा बाँध्ने डोरो पनि मन्त्रिएको हुन्छ । मन्त्रिएको डोरो गुरू, पुरोहित, ज्वाइँ, भान्जा वा दिदीबहिनीको हातबाट बाँधिन्छ । ज्वाइँहरु यसदिन धागो बाँध्न ससुराली जाने प्रचलन छ । भान्जाहरु मामाघर जाने संस्कृति छ । ससुराली आएका ज्वाइँलाई सासूआमाले मीठोमसिनो खुवाउँछन् । जनैपूर्णिमामा रक्षाबन्धन बाँध्न गएका ज्वाइँ दैलोको छेउमा पलेँटीमा आराम तरिकाले बसेका हुन्छन् ।

रक्षाबन्धन भनिने धागो पुरूषको दायाँ र महिलाको बायाँ नाडीमा बाँधिन्छ । जनैपूर्णिमाको दिन बाँधिएको धागोलाई तिहारको लक्ष्मीपूजाको दिन फुकालेर गाईको पुछारमा बाँधी विसर्जन गर्ने परम्परा छ ।

सनातन धर्ममा जनैको ठूलो मह¤व हुन्छ । जनैलाई संस्कृतमा यज्ञोपवित भनिन्छ । विधिपूर्वक लगाइएको जनै या धागोले बल, बुद्धि र तेज प्रदान गर्छ भन्ने विश्वास छ । सामान्यतया वैदिक देव तथा पितृकार्यमा यज्ञोपवितको अनिवार्यता मानिएको छ । वस्त्र वा सूत्रको रुपमा प्रयोग गरिने कतिपय स्मृतिपुराणमा आयु, तेज र बल प्रदान गर्न रक्षाबन्धन बाँध्नुपर्छ भनेर लेखिएको छ ।


धर्मग्रन्थमा रक्षाबन्धन बाँधेदेखि अशुभता, दरिद्रता, हीनता र असुरक्षा नाश हुने विश्वास छ । कतिपय स्मृतिपुराणमा आयु, तेज, बल प्रदान गर्न रक्षाबन्धन बाँध्नुपर्छ भन्ने कुरा लेखिएको छ । यो पर्वमा धारण गरिने जनै रक्षासूत्रले समस्त रोग एवम् अशुभ कार्यलाई नष्ट गर्छ । वर्षभरका लागि सुरक्षित हुन्छ भन्ने जनविश्वास पनि छ ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login