- Home
- Show Content
११४. छुवाछुत उन्मूलनमा विद्यार्थीको भूमिका
११४. छुवाछुत उन्मूलनमा विद्यार्थीको भूमिका
आजको एक्काइसौँ शताब्दीमा समाजमा छुवाछुत जस्तो अति नै घृणित परम्पराले गाँजीरहेको देख्दा मलाई लज्जाबोध हुन्छ । छुवाछुत सामाजिक कलङ्को विषय हो यसले समाजलाई ठुलो नोक्सान पु¥याईरहेको छ । छुवाछुत निश्चित सम्प्रदायका मानिसले अरु अभिजातीय मानिसलाई छुन नहुने प्रथा हो। यो सामाजिक कुरीति हो।
धर्म, वर्ण, सम्प्रदाय, जाति आदिको नाममा गरिने छुवाछुत अल्प विकसित तथा अविकसित देशहरूमा बढी पाइन्छ। नेपालको संविधानले कुनैपनि व्यक्तिलाई जात, जाति, वर्ण, लिङ्ग वा धर्म आदि कुनै आधारमा छुवाछुत गर्न नपाइने कानुनी व्यवस्था गरेको छ। यद्यपि नेपालमा छुवाछुतको कुरीतिले निकै गहिरो जरा गाडेको पाइन्छ। तथाकथित तल्लो जात अथवा दलित जातजातीले छोएको पानी बार्ने, धार्मिक स्थलहरूमा उनीहरूलाई जान रोक्ने आदि कुप्रथा कतिपय समाजमा अझैपनि कायम रहेको छ।
समाजका सभ्य भनाउँदाहरुले सुनको काम गर्न, सिलाइको काम गर्ने फलामको काम गर्ने, छालाको काम गर्ने जस्ता मानिसलाई अछुत मानी व्यवहार गर्ने र अपहेलित गर्ने गरेको छ । यस्तो चलन परापुर्व कालदेखि आजसम्म नेपाली समाजमा देखिँदै आएको छ । कानुनले यस्तो घृणित काम गर्ने काम गर्नैहरु प्रति कडा सजायको व्यवस्था गरेको भए पनि ती नियमहरु प्रभावकारी रुपमा लागू गर्न सकेको देखिँदैन । त्यसैले समाजमा विद्यमान छुवाछुत प्रथाको उन्मूलन लागि हामी विद्यार्थीहरु सक्र्रिया हुन जरुरी भइसकेको छ ।
जातीय छुवाछुत कानुनी अपराध हो । नेपाललाई सरकारले नै जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा गरिसकेको छ । तर पनि अहिले समाजमा जातकै आधारमा भेदभाव हुनेक्रम रोकिएको छैन । अहिले पनि दलित भएकै कारण मान्छेहरू कथित उपल्लो जातबाट कुटिएका छन् । समाजमा अहिले पनि दलितमाथि विभेद गर्नेक्रम रोकिएको छैन । पानी पँधेरो होस् वा घरभित्र सामान छुँदा समेत दलितले यातना व्यहोर्नु परिरहेको छ । शिक्षित व्यक्तिहरूले नै दलित माथि जातीय विभेद गर्ने र मन्दिरमा समेत रोक लगाउने गरेको पाइन्छ ।
जातजाति वंश समुदाय वा पेसाका आधारमा गरिने भेदभाव वा छुवाछुत हाम्रो समाजमा लामो समयदेखि वंशाणुगत रूपमा चलिरहेको छ । पहिला कामको आधारमा माथिल्लो जात र तल्लो जात भनेर वर्गीकरण गरिएको हो । काटे रगत सबैको रातै आउँछ मान्छे एउटै हुन् भन्ने जनचेतनाको कमीका कारण हाम्रो नेपाली समाजमा अझै पनि जातीय छुवाछुतले जडो गाडेर बसेको छ । माथिल्लो जात वा वर्गले तल्लो जातका व्यक्ति र समुदायलाई अझै पनि हेप्ने र गाली गलौज गर्ने चलन छ । यसलाई उन्मूलन बनाउनको लागि सबैमा जनचेतना जगाउन जरुरी छ ।जातीय छुवाछुत उन्मूलन त राज्यले गरिसक्यो तर, मानिसको मानसिकताबाट जातीय छुवाछुत उन्मूलन हुन सकेको छैन । कानुन निर्माण गरेर मात्र पुग्दैन आफै अपराध र घटनाक्रम खोज्दै जाने विषय पनि होइन ।
विद्यार्थी भनेको परिवार र समाजमा सचेतना जगाउन सक्ने प्रमुख माध्यम हुन् । विद्यालयमा पढेका र बुझेका कुराहरुलाई उनीहरुले आफ्ना घर र टोलमा गई सजिलै सम्प्रेषित गर्न सक्छन् । उनीहरुले छुवाछुत साह्रै नराम्रो प्रथा हो, कुनै शक्तिशाली शासकले आफ्नो स्वार्थ पुरा गर्न यस्ता प्रथा समय समयमा चलाउँदै आएका हुन् यसले परिवार, समाज र राष्ट्रलाई फाइदा पुग्नुको सट्टा नोक्सान मात्र भएका छन्, जस्ता कुरालाई विद्यार्थीले समाजमा फैलान सक्छन् र समाजमा फैलाउन सक्छन् । यस काईमा विद्याथीको ठुलो भूमिका रहन्छ ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review