- Home
- Show Content
सामाजिक अध्ययन : घरमै शिक्षण कसरी ?
सामाजिक अध्ययन : घरमै शिक्षण कसरी ?
सामाजिक अध्ययनः
वालवालिकाको पहिलो पाठशाला घर हो । वालवालिका सामाजिक अध्ययन विषयमा कमजोर देखिने गरेका पनि छन्र । अभिभावकको समय, विद्यार्थीलाई विद्यालयको कार्यबोझ जस्ता तर्क गरिने गरिन्छ । वास्तवमा लकडाउनको समय सामाजिक अध्ययनका लागि अन्य विषयको तुलनामा सामान्य पारीवारिक अवस्था भएका वालवालिकाका लागि पनि उपयोगि समय हो । घरमै बस्दा पनि निम्न क्रियाकलाप गर्न सकिने हुन्छ ।
क. संस्कार:
समाज विकासका बारेमा, गाउँ तथा शहरिकरणको क्रम, सामाजिक, आर्थिक, धार्मिक, जीवनशैलीका आधारमा समाजका प्रकार, असल समाज र असल समाजका लागि व्यक्तिमा हुनुपर्ने गुणहरू जस्ता विषयवस्तुमा स्थानीय परिवेश, भोगाइ, अनुभूति आदिका आधारमा दन्त्यकथाका शैलीमा अभिभावक वा दाजुदिदीहरूले बताउन सक्छन् । जस्तै कि समाजमा असल नागरिक हुनका लागि सामाजिक सम्पति नोक्सान गर्नु हुदैन । अन्य व्यक्तिको वा सार्वजनिक सम्पति नोक्सान गर्नु हुदैन । चौतारिमा बस्ने ढुंगा हल्लाउने, फाल्ने गर्नुहुदैन । हाम्रो पानी पिउने धारा वरपर फोहर गर्ने, धारामा झुण्डिने, पानी भर्ने पालो मिच्ने गनर्स हुदैन आदि ।
ख. सामाजिकिकरणः
वालवालिकालाई हाम्रो सामाजिक पहिचान, हाम्रो पुख्र्यौली इतिहास, हाम्रो मा्रलिक भाषा, मूल्यमान्यता, धर्म, संस्कृति, चाडपर्व लगायतका विषयमा घरमै पनि अभिभावकले केही बताउन सकिन्छ । समाजमा एकअर्कालाई आदरसम्मान गर्ने, अभिवादन गर्ने, सहयोगसहकार्य गर्ने, सामाजिक कार्यमा सहभागिता जनाउन आवश्यक, समाजको विकास र प्रगतिका बारेमा समाजका मानिसले गर्नसक्ने योगदानका बारेमा पनि बताउन सकिन्छ । तल्लो कक्षाका वालवालिकालाई परीवार र छिमेकि तथा नाता सम्बन्धका मानिसहरू बारेमा बताउने, उनिहरूका पेशा, व्यवसाय, बसाइ आदिका बारेमा बताउनाले पारीवारिक सम्बन्धको ज्ञान प्राप्त हुन्छ । धार्मिक सहिष्णुता, सांस्कृतिक बहुलता, परानुभूति लगायतका सामाजिक सिपको विकास गर्न समाजका घटनाको उदाहरणसहित अभिभावकले बताउन सक्छन् ।
ग. लोकसंस्कृतिः
हाम्रो समाज विभिन्न जातजाति, भाषा, संस्कृति आदिले भरिएको छ । विभिन्न प्रकारका चालचलन, लवाइखवाइ, भेषभुषा, आभुषण, हतियार, बाजा, गितसंगित लगायत धेरै कला संस्कृति र सम्पदाले भरिएको छ । यी पहिचान दिलाउने वस्तुहरूकाबारेमा र तिनीहरूको महत्वकाबारेमा बताउन सक्यो भने वालवालिकाहरू अपनत्व विकास गर्दछन् ।
घ. विकाससम्बन्धि अवधारणाः
वालवालिकालाई अभिभावकले ग्रामीण र शहरीया जीवनका बारेमा सोध्ने, गाउँ र शहरमा भएका विकास कार्य र सुविधाका बारेमा जानकारी भएको बताउने, गाउँमा के कस्ता विकास निर्माणको आवश्यकता छ भन्ने चर्चा गर्नुकासाथै हाम्रो जीवनशैलीको तुलना गर्ने गर्न सकिन्छ । मानिसहरूमा बढेको शहर बसाइ, गाउँमा बन्दै गरेका बाटो लगाउतका विकास निर्माण र तिनीहरूले गर्दा बढेको बाढीपहिरो, प्रदुषण आदिका बारेमा अभिभावकले चर्चा गर्न सक्नुहुन्छ । यस्ले गर्दा दिगो विकाससम्बन्धि अवधारणा अमूर्त रूपमा बसिसकेको हुन्छ । यसका अतिरिक्त मानिस र प्रकृतिविचको सम्बन्धबारे बोध हुन्छ ।
ङ. परम्परागत तथा आधुनिक पेशा, व्यवसाय र उद्योगः
हामीसँग घरमा भएका परम्परागत औजार, हाम्रो परम्परागत सिप, परम्परागत उद्यम र कृषिप्रविधिका बारेमा बताउने र सम्भव भएको हकमा सहभागि गराउने गर्नाले वालवालिकामा श्रमप्रति सम्मान गर्ने र सिपयुक्त बन्नुपर्छ भन्ने भावना विकास गर्न सकिन्छ । त्यसैगरी समाजमा भएका उद्योग, कारखाना, पसल, व्यवसायकाबासेमा जानकारी गराउनाले वालवालिकामा औद्योगिकीकरणको जिज्ञासा बढ्दै भविष्यमा स्वरोजगारमूलक उद्यमीका रूपमा जीवन निर्वाह गर्ने आशा पलाउँछ ।
च. सामाजिक तथा नागरिक सिपः
वालवालिकालाई समाजको निर्माणसँगै सामाजिक नीतिनियम, चालचलनकासाथै राज्यका कतिपय नीतिनियमका बारेमा अभिभावकलाई जानकारी हुन्छ । उदाहरणका लागि नागरिकता, मतदाता, जग्गापास आदिका बारेमा व्यवहारिक ज्ञान सबै अभिभावकमा छ । समाजमा बसेपछि यो परीवार, समाज र राष्ट्रकाप्रति एउटा नागरिकको योगदान के हुनुपर्छ ? ती पक्षका बारेमा जानकारी गराउँदै गर्नाले विद्यालय शिक्षाका अतिरिक्त व्यवहारिक जीवनसमेत सरल हुने छ ।
छ. भौगोलिक अवस्थाः
नेपालको तीन प्रकारको भौगोलिक धरातीय अवस्थाका बारेमा छलफल चलाउन सकिन्छ । उत्तरमा सेता हिमाल, विचमा पहाड र दक्षिणमा समथर तराईका बारेमा जो कोहिलाई जानकारी छ । ती धरातलीय अवस्था अनुसार वनस्पति, हावापानी, माटो, उत्पादन, पेशा आदिका बारेमा चर्चा गर्न सकिन्छ ।
लेखक :भिमलाल बस्याल
शिक्षा तालिम केन्द्र, रुपन्देही
facebook :


- Reviews (0)
Nothing Found...Leave a review