- Home
- Show Content
नेपाली विषय :घरमै शिक्षण कसरी ?
नेपाली विषय :घरमै शिक्षण कसरी ?
विद्यालय जान नपाएका विद्यार्थीलाई नेपाली भाषा सिकाइका केही क्रियाकलाप निम्न अनुसार सुझाव गरिन्छ ।
क.श्रुतिलेखनः
आफ्नी आमा वा बाबा वा दाइदिदी वा हजुरबा वा हजुरआमा वा परिवारको कुनै जेष्ठ सदस्यले जानेको कुनै एक लोक कथा सिलसिला मिलाएर भन्ने र वालवालिकाले सुनेर लेख्ने र त्यही कथा परिवारका सदस्यहरूलाई सुनाउन लगाउन सकिन्छ ।
ख. वर्णनात्मक लेखनः विद्यार्थीलाई मन पर्ने चाडका बारेमा एक पाना लेख्न लगाउने र परिवारका सदस्यलाई सुनाउन लगाउने । आवश्यक परेमा सल्लाह गरी थपघट गर्न लगाउन सकिन्छ ।सरल वाक्यको प्रयोग गरेर आफु बसेको घरको बारेमा वर्णन गर्न लगाउने र तपाइँको घरमा कहिल्यै नआएको तपाईँको साथी वा आफन्तीलाई फोन गरी घरको बारेमा सुनाउन भन्न सकिन्छ ।
ग. जीवनी लेखन र घटना वर्णनः
नेपाली विषयमा जीवनी शिक्षण हुन्छ । यसका लागि सहयोगी क्रियाकलापका रूपमा परिवारका सदस्यको जानकारीमा रहेको कुनै एक ऐतिहासिक व्यक्ति वा समाजमै भएको कुनै समाजसेवी वा परीवारकै कुनै सदस्यको वाल्यावस्था, शिक्षा, पेशा, कुनै महत्वपूर्ण योगदानको चर्चा गर्नुहोस् । विद्यार्थीलाई ती जानकारीका आधारमा उक्त व्यक्तिको जीवनी लेख्न लगाउन सकिन्छ । यसैगरी कुनै घट्नासँग सम्बन्धित बुँदाहरू सङ्कलन गरी एउटा लेख तयार गरी परिवारका सदस्यहरूलाई सुनाउने कार्य गर्न सकिन्छ । स्वयम् आफ्ना बारेमा चिनारी दिने अथवा भविष्यको लक्ष्य बताउने जस्ता बुँदाहरू बनाएर परिवारका सदस्यलाई सुनाउन पनि सकिन्छ ।
घ. सृजनात्मक चिन्तनः
कोरोना रोगका कारण भएको बन्दाबन्दी (लकडाउन) भई वालवालिका आफ्नो विद्यालय नजानु भएको धेरै भयो । यस अवस्थामा विद्यालयको वातावरण कस्तो भएको होला ? एक अनुच्छेद लेखेर मोवाइल वा टेलिफोनमार्पmत् आफ्नो मन पर्ने साथीलाई सुनाउन लगाउनुहोस् । यसैगरी कोरोना (कोभिड–१९) बाट मूक्ति’ शीर्षकमा एउटा अनुच्छेद लेख्न लगाई नेपाली विषय शिक्षण गर्ने आफ्ना शिक्षकलाई मोवाइल फोन गरी सुनाउन भन्न सकिन्छ ।
ङ. कार्यमूलक व्याकरणः
हिजो ठीक यसै समयमा आफू र परिवारका अरु सदस्यहरूले के के गर्दै हुनुहुन्थ्यो ? अपूर्ण भूतकालको प्रयोग गरी दस वाक्यमा वर्णन गर्न र परिवारका सदस्यहरूलाई सुनाउन लगाउनसहोस् ।
छ. बोलाइ सिप विकासः
साँझपख वालवालिकाका एकदमै मन मिल्ने दुईजना साथीहरूलाई पालैपालो फोन गर्न भन्नुहोस् । उहाँका परिवारका सदस्यहरूकोदिनचर्या र ती दुई साथीहरूले दिनभर गर्नु भएको क्रियाकलापका बारेमा बुँदामा टिपोट गरी अर्को मन पर्ने साथीलाई फोन गरी सुनाउन भन्नुहोस् ।
ज. विश्लेषणत्मक सिप विकासः
कोरोना रोगका कारण भएको बन्दाबन्दी (लकडाउन) का अवधिमा घरमा बस्दा वालवालिकाले टिभीमा कुनकुन कार्यव्रmम वा चलचित्र वा खेल हेरेका छन् ? सोको सूचि तयार पार्न लगाई तिनीहरूमध्ये सबभन्दा मन परेको कार्यक्रम वा चलचित्र वा खेल कुनकुन हसन् ? त्यसका कुनकुन कुरा मन प¥यो ? पाँचवटा बुँदा तयार गरी साथीलाई सुनाउन लगाउनुहोस् ।
झ. सिर्जनाः
वालवालिकालाई आफ्ना दुईजना साथी वा साथीका बाबाआमालाई फोन गरी चार ओटा गाउँखाने कथा र त्यसका उत्तर सोध्न लगाउनुहोस् र घरपरिवारका सदस्यहरूलाई सोधी गाउँ जित्ने प्रयास गर्ने खेल खेलेर मनोरञ्जन प्रदान गर्न सकिन्छ । यसैगरी कोरोना रोगका कारण भएको बन्दाबन्दी (लकडाउन) का अवधिमा घरमा बस्दा वालवालिकाले टिभी, रेडियो, एफ.एम. वा युटुवबाट देखेसुनेको आफुलाई मन परेको कविता वा गीत राम्रा अक्षरमा लेखी वाचन गर्ने र लेखपढ गर्न जान्नुभएको घरपरिवारको सदस्यलाई देखााउन भन्न सकिन्छ ।आफूलाई मनपर्ने विषयमा कुनै एक गीत वा कविता लेखेर परिवारका सदस्य वा साथीलाई सुनाउनुले पनि वालवालिकाको सिर्जना तथा भाषिक सिपको विकास हुन्छ ।
प्रस्तुत सामग्री शिक्षा तालिम केन्द्र, रुपन्देही अन्तर्गत पाल्पा शाखाका रोष्टर प्रशिक्षक हरिप्रसाद घिमिरेले तयार पारेको हो ।
facebook :


Only rated.
Leave a review