अंग्रेजी भाषा : घरमै शिक्षण कसरी ?

अंग्रेजी भाषा : घरमै शिक्षण कसरी ?

अंग्रेजी भाषा  : घरमै  शिक्षण कसरी ?  

अंग्रजी भाषा हामी नेपालीहरूका लागि नचिनेको पाहुनाजस्तै हो । यसको प्रयोग नेपालमा विशेषगरी विद्यार्थीहरूले अनिवार्य विषयका रूपमा पढ्नुपरेका कारण गृहकार्य गर्ने क्रममा धेरै हुन्छ । सामान्यतया अंग्रेजी माध्यममा शिक्षण हुने विद्यालयमा अंग्रेजी भाषाको पाठ्यपुस्तकको प्रयोगका कारण धेरै मात्रामा अंग्रेजी प्रयोग गर्ने अवसर विद्यार्थीलाई हुन्छ । सामान्यतया घरमै बन्दाबन्दीको अवस्था रहेको बेलामा समेत अंग्रेजी भाषाको अभ्यास र सिप विकासका लागि तल उल्लेखित क्रियाकलाप सहयोगी हुने छन् ।

क. कथाकथन र लेखनः

अभिभावकले जानेका धेरै कथाहरू छन् ।, गाउँठाउँमा प्रचलित कथा, बच्चा सुताउने कथा, मेलापात गर्दा भनिने कथा आदि धेरै छन् । ती कथा वालवालिकालाई सुनाउने र वालवालिकाले पछि बताउने वा ठूलो कक्षाका वालवालिकाले लेखेर सुनाउने गर्न सकिन्छ । वालवालिकालाई कथा मन पर्ने र सबै कक्षामा कथा पढाउने लेखाउने चलन भएकोले घरमै कथाकथन र लेखन अभ्यास गराउनु आवश्यक छ ।

ख. वर्णनातमक लेखनः

अभिभावकले आफु वा समाजको कुनैपनि समयमा भएको घटनाको बारेमा वर्णन गरिदिने र वालवालिकाले यसलाई सरल वाक्यमा लेखेर पढ्न सक्छन् । यसप्रकारको क्रियाकलाप अंग्रेजी तथा नेपाली भाषा सिप विकासका साथै सामाजिक अध्ययनमा समेत उपयोगी हुनेभएकाले समाज र राष्ट्रमा भएका महत्वपूर्ण घटनाका बारेमा जानकारी गराउने र वालवालिकालाई बोलेर वा लेखेर राख्न लगाउन सकिन्छ । यही क्रियाकलापमा अभिभावकको वर्णनलाई मोबाइलमा रेकर्ड गरेर पछि वालवालिकाले सुन्दै लेख्दै गर्न पनि सकिन्छ । यसरी घटना वर्णनका अतिरिक्त कुनै स्थानको परिचय दिने, धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थानको विशेषता र महत्वका बारेमा परिचय दिने र वालवालिकाले बोलि वा लेखन विधिमा प्रस्तुत गर्ने गर्न सकिन्छ । अथवा आँगनको वीचमा वा कुनै अग्लो स्थानमा उभिएर चारैतिर हेर्न लगाउनुहोस् । के देखियो त्यही लेख्न लगाइएरु सुन्नुहोस् । आफुले नजाने पनि सुन्न खोज्नुहोस् । वालवालिकाले सरर्र भन्न सक्दछन् होला ।

ग. जीवनीः

वालवालिकालाई परिवारका कुनै सदस्यका बारेमा उनीहरूको वाल्यकाल, शिक्षा, पेशा, रुचि र महतवपूर्ण यादगारहरू सोध्न लगाउने र ती बुँदाका आधारमा केही अनुच्छेदसहितको पाठ लेख्न लगाउन सकिन्छ । वालवालिकाले आफ्नै परिवारका सदस्य, मामामाइजु, अंकलआन्टिका बारेमा जान्न चाहन्छन् ।

घ. एकिकृत भाषिक सिप विकासः

वालवालिकालाई अंग्रेजी भाषामा आउने समाचार सुन्न वा हेर्न लगाउने र सँगसँगै टिपोट गर्न लगाउने । यसरी टिपेको मुख्यमुख्य समाचारलाई समाचार रिपोर्टका रूपमा लेख्न लगाउने र आफुलाई मन पर्ने साथीलाई फोनबाट सुनाउन लगाउने गरियो भने वालवालिकाको सुनाइ, बोलाइ, लेखाइ, पढाइ सबै भाषिक सिपको विकास हुन्छ ।

ङ. प्रक्रिया लेखनः

वालवालिकालाई खाना पकाउँदा सबै प्रक्रिया अवलोकन गर्न भन्नुहोस् । त्यसपछि खानामा प्रयोग भएका पदार्थको सूचि निर्माण, खाना पकाउने विधि र यस्काृे स्वाद आदिको वर्णन गर्न लगाउनुहोस् । त्यस्तै अन्य क्रियाकलापहरू जस्तै साइकलको टायर फेर्ने, चिया पकाउने आदि प्रक्रियाको बुँदागत टिपोट गर्न लगाउन सकिन्छ ।

च. विज्ञापनः

तपाईंका घरमा तेलको पोका, सलाईको बट्टा आदि जे जे सामानमा कम्पनिको प्रचारप्रसार सामग्री छ वालवालिकालाई हेर्न भन्नुहोस् । त्यस्तै प्रकारको सामान अर्को कम्पनिबाट उत्पादन गरेर कस्तो विज्ञापन बनाउनुपर्ला ? लेख्न भन्नुहोस् । लेखाइमा अलि डिजाइन मिलाउन लगाउनुहोस् ।

छ. समिक्षालेखनः

वालवालिकालाई कुनै सिनेमा हेर्न लगाउनुहोस् । यसैगरी उनीहरूले कुनैपनि पुस्तक पढ्न सक्छन्् । यस्तै कुनैपनि गित सुन्न सक्छन् । यी सामग्री कुनैपनि भाषामा हुनसक्छन् । त्यसपछि वालवालिकालाई त्यो सिनेमा वा पुस्तक वा गितमा कुनकुन पक्ष वा घटना वा पात्र मन प¥यो र किन भनेर जवाफ माग्नुहोस् । यो जवाफलाई लेखेर सुनाउन लगाउनुहोस् । यस्तै लकडाउनमा धरमै बस्दा अनुभूति गरेको विषयवस्तुका बारेमा साथी वा शिक्षकलाई चिठि लेखेर पठाउन लगाउन सकिन्छ ।

प्रस्तुत सामग्री शिक्षा तालिम केन्द्र, रुपन्देही अन्तर्गत पाल्पा शाखाका प्रशिक्षक गोपालप्रसाद वश्यालद्वारा संयोजन एवम् सम्पादन गरी तयार गरिएको हो ।  गोपालप्रसाद वश्याल र हरिप्रसाद घिमिरेले अंग्रेजीको सहजीकरण गर्नुभएको हो  ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login