लकडाउनपछिको शैक्षिक भविष्य

लकडाउनपछिको शैक्षिक भविष्य

लकडाउनपछिको शैक्षिक भविष्य लेख संसारभरी नै संक्रमणको रुपमा फैलिरहेको कोरोना भाइरसले विश्वलाई नै चुनौति दिइरहेको छ ! चिनको वुहानबाट सन् २०१९ डिसेम्बर ३१ तिर यो भाइरसको उत्पति भएको थियो ! हाल आएर विश्वभरी नै फैलिसकेको छ!र लाखौ मान्छेहरुको निधन भइसकेको छ ! विश्वका अधिकाशं देशहरु लकडाउनमा छन! शैक्षक गतिविधिहरु तथा अन्य गतिविधिहरु बन्द रहेको अवस्था छ! विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको अन्त्य नहुन पनि सक्छ भनी सकेको अवस्थामा अब नेपालको लकडाउनपछिको शैक्षिक गतिविधिहरु तथा शिक्षा निति पद्धति कस्तो हुने र कस्तो बनाउने भन्ने विषयमा वृहत बहसको आवश्यकता देखिन्छ !

 

लकडाउनपछिको आवश्यकता के हो ? विश्व समुदायको आवश्यकता के छ? नेपालको अबको आवश्यकता के हुने यसको पहिचान गरी अबको शैक्षिक निति अगाडि बढ्नु पर्ने देखिन्छ! अबको शिक्षा निति डाउन भएको अर्थतन्त्रलाई कसरी उकास्ने,कसरी शैक्षिक अभ्यासलाई सभ्य एंवम समृद्ध बनाउने यसतर्फ बहसको आवश्यकता छ! निम्न वर्गीय नेपाली समाज झनै डाउन हुने अवस्था सिर्जना भएको छ! त्यसैले नेपाली समाजमा शैक्षिक स्तरको विकास गरी चेतनाको दियो बाल्नु पर्ने देखिन्छ! विगतमा धेरै शिक्षा निति तथा पद्धति आएका छन! ति विगतमा आएका शिक्षा निति तथा पद्धतिलाई समायोजन गरी नया शिक्षा निति बनाउनु पर्ने देखिन्छ! अबको शिक्षा निति रोजगारमुलक,बैज्ञानिक तथा व्यवहारिक बन्न जरुरी छ! भनिन्छ यो विज्ञानको युग हो,प्रविधीको युग हो!सोहीमा समायोजन गरी तत्काल नया शिक्षा निति अवलम्बन गर्नु पर्ने देखिन्छ! लकडाउनपछि विभिन्न स्थानीय तहहरुमा करारमा प नियुक्ती गरिएका हजारौ शिक्षकहरु बेरोजगार हुनु पर्ने सम्भावना बढेर गएको छ !

 

उनीहरुलाई बेरोजगार बस्न नदिन रोजगार उन्मुख बनाउन सिमित तलबमा नया शिक्षा नितिको तालिम दिएर विभिन्न स्थानिय तहहरुमा खटाउन सकिन्छ! यसो गर्दा शैक्षिक बेरोजगारको अन्त्य हुने देखिन्छ!अहिले लाखौ विधार्थिहरुको भविष्य अन्यौलतापुर्ण अवस्थामा रहेको छ!एउटा मास्टर गरेको विधार्थी देशमा रोजगार पाउन नसकि विदेशीन बाध्य भइरहेका उदाहरणहरु देख्छौ!यसलाई रोक्न स्वरोजगारमुलक शिक्षा नितिको आवश्यकता पर्दछ! यसो गर्न सकेको खण्डमा देश विकासमा महत्वपुर्ण टेवा पुग्ने निश्चित छ! देशका भोलिका करुणादार बालबालिकाहरुलाई अहिले राम्रो शिक्षा दिक्षा दिने हो भने देशको अर्थतन्त्र लगायत देशको समग्र पक्षमा विकास हुने देखिन्छ! एउटा शिक्षक जसलाई हिजो त्यसरी नै शिक्षा दिइएको थियो! आज उसले पनि बालबालिकाहरुलाई त्यसरी नै पढाउछ! हामी मुहान सफा गर्नुको सट्टा धारा सफा गर्न तिर लाग्यौ! अब यस्तो सोचाईलाई परिवर्तन गर्न तिर लाग्नु पर्दछ! अब धारा सफा गर्नुको सट्टा मुहान सफा गर्न तर्फ लाग्नु पर्दछ! हिजो हाम्रा बुवा दाई दिदीहरुले पनि यसरी नै पढे,आज हामीले पनि यसरी नै पढछौ!भोलि हाम्रा भाई छोराछोरीले पनि यसरी नै पढने छन !

 

हाम्रा जिजु बजेका पाला त्यस्तै खालको अवस्था थियो होला!त्यस्तै खालको शिक्षा आवश्यक थियो होला! अब त विश्वसमुदाय परिवर्तन भइ सक्यो! देशमा विभिन्न उतापचडापहरु आई सके! त्यसैले अबको राज्यको शिक्षा निति,लकडाउनपछिको शिक्षा निति डाउन भएको अर्थतन्त्रलाई बलियो बनाउने किसिमको हुनु पर्दछ! हाम्रो माझमा विगतमा आएका शिक्षा निति पद्धतिलाई समायोजन गरी व्यवहारिकतामा रुपान्तरण गर्नु आवश्यक छ! मैले देखेको शिक्षा नेपालमा औपचारिक माध्यमबाट शिक्षा नलिएर अनुभवको आधारमा काम गर्नेहरुको ठुलो जमत देखिन्छ! उनीहरुलाई पनि अवसर प्रदान गरेर उनीहरुको अनुभवलाई विकास निर्माण कार्यमा प्रयोग गर्न सकेको खण्डमा विकास सम्भव छ! उनीहरुलाई पनि नेपाल सरकारबाटै प्रमाण-पत्र प्रदान गर्नु पर्दछ !

 

जुन प्रमाण-पत्रको आधारमा नेपालको जुनसुकै कुनामा गए पनि काम पाओस् ! उनीहरुलाई बेरोजगार बस्नु नपरोस् ! ताकि उनीहरुलाई नपढेको कारण पछुताउनु नपरोस्!किनकी उनीहरु जुन क्षेत्रमा काम गर्छन! त्यही क्षेत्रमा विज्ञ हुन्छन ! शिक्षा लिएका भन्दा शिक्षा नलिएका त्यो क्षेत्रमा विज्ञ हुन्छन ! विभिन्न क्षेत्रहरुमा काम गर्नेहरुलाई प्रमाण- पत्र तथा लाइसेन्स प्रदान गर्नु पर्दछ ! अहिले नेपाल सरकारले जमिन बाझो नराख्न अनुरोध गरिसकेको अवस्थामा हरेक स्थायीय तहहरुमा कृषिमा आमुल परिवर्तन ल्याउन जरुरी छ ! कृषिमा सहकारीताको आवश्यकता छ!

 

स्रोत : https://malikapost.com/



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login