गणित : घरमै शिक्षण कसरी ?

गणित : घरमै शिक्षण कसरी ?

गणित विषयलाई धेरै विद्यार्थीले अति अप्ठेरो विषयका रूपमा लिने र प्रायः गणित विषयको गृहकार्य पनि नगर्ने हुनाले अहिले परीक्षामा अनुतिर्ण हुने विद्यार्थी धेरे भेटिन्छन् । तर वास्तवमा गणित विषय राम्रो उच्च शिक्षाका लागि अनिवार्य र अत्यन्त व्यवहारिक विषय हो । तसर्थ लकडाउनका बेलामा घरमै बसेर गर्न सकिने केही क्रियाकलाप तल दिइएको छ ।

क. व्यवहारिक हिसाबः

घरमा विद्युत सेवा छ भने विद्युतमिटर दैनिक चेक गर्ने, त्यसका आधारमा मासिक खपत कति हुन्छ निकाल्ने । यसैगरी एक युनिटको महसुल कति लाग्छ ? यसका आधारमा मासिक शुल्क कति लाग्ला ? वा मासिक शुल्कका आधारमा वार्षिक शुल्क कति लाग्ला ? यस्तै पानीको शुल्क तिर्नुपर्ने ठाउँमा पानीको खपत र महसुल हिसाब गर्न सकिन्छ । त्यसैगरी दुध, घिउ, तेल आदि उपभोग्य वस्तुको दैनिक, मासिक र वार्षिक परिमाण इकाइ र शुल्कको हिसाब निकाल्न लगाउन सकिन्छ ।

ख. मापनः

वालवालिकालाई घरमा भएका खाट, बाकस आदिको लम्बाइ, चौडाइ, उचाइ आदि नाप्न लगाई आयतन निकाल्ने, ती वस्तुले ओगटेको ठाउँको लम्बाइ र चौटाइ मापन गरी क्षेत्रफल निकाल्ने, आफु बस्ने कोठाको आयतन, सिंगो घरकै लम्बाइ, चौडाइ र उचाइ हिसाब गरी आयतन निकाल्ने, आँगनको षेत्रफल निकाल्न लगाउने आदि क्रियाकलापबाट मापनसम्बन्धि धेरै अभ्यास गराउन सकिन्छ ।

ग. इकाइ परिवर्तनः

हाम्रा परम्परागत मापन इकाइहरू मानापाथी, हात आदिबाट आधुनिक इकाइ पद्धति किलोग्राम, लिटर, मिटर आदिमा परिवर्तन गर्ने अभ्यास गराउन सकिन्छ ।

घ. सेटः

वालवालिकाले घरमै भएका भान्सामा भएका विभिन्न भाँडाहरू, अन्य सामग्री, कोठाभित्रका वस्तु, गोठमा भएका जनावर, कुखुरापरेवा आदिको सेट निर्माण गर्न सकिन्छ । सेट निर्माणको आधार व्याख्या गर्न सकिन्छ ।

ङ. ब्याजः

वालवालिकाले घरमा भएका वील, तमसुक आदि हेरेर व्याज हिसाब गर्ने गर्न सक्छन् । अथवा व्याज प्रतिशत हेरेर चुक्ता गर्नुपर्ने कूल रकम निकाल्न सक्छन् । विभिन्न विल हेरेर कर आदिबाट लागेको दस्तुर हिसाब गर्न सक्छन् ।

च. वस्तुका आकारप्रकारः

वन्दका बेलामा वालवालिकाले घरमा भएका विभिन्न वस्तुको आकार प्रकार वर्गीकरण गर्ने र ती वस्तुहरूको क्षेत्रफल, आयतन र परिधि निकाल्न सक्दछन् ।

 

स्रोत :http://newsbutwaltoday.com/

प्रस्तुत सामग्री शिक्षा तालिम केन्द्र, रुपन्देही अन्तर्गत पाल्पा शाखाका प्रशिक्षक गोपालप्रसाद वश्यालद्वारा संयोजन एवम् सम्पादन गरी तयार गरिएको हो । यो सामग्री हरिलाल गैरेले  सहजीकरण गर्नुभएको हो  ।



  • Reviews (1)
  • kpsharma
  • 4 Years, 3 Weeks ago

Only rated.

Leave a review

To leave a review, please login to your account. Login