- Home
- Show Content
११५. छाउपडी प्रथा : महिलालाई यातना
११५. छाउपडी प्रथा : महिलालाई यातना
११५. छाउपडी प्रथा : महिलालाई यातना
छाउपडी शब्द छाउ र पडी मिलेर बनेको हो । जहाँ छाउले छुन नहुने अवस्था जनाउँछ भने पडीको अर्थ महिला हो । त्यसैले छाउपडीकोे अर्थ महिनावारी भएका महिलाहरुले अरुलाई छुन नहुने अवस्था भन्ने बुझिन्छ । छाउपडी जस्तै महिनावारी भएका महिलाहरुलाई बुझाउने अरु शब्दहरु पनि नेपाली समाजमा छन् । उदाहरणको लागि, छुई । यो शब्द मध्य र सुदूरपश्चिम (हालको ६ नम्बर कर्णाली प्रदेश र ७ नम्बर प्रदेश) नेपालमा प्रचलनमा छ । ‘छाउपडी’ भन्ने शब्द अछाम जिल्लामा बसोबास गर्ने राउटे जातिले बोल्ने भाषाबाट लिइएको पाईन्छ ।
छाउपडी प्रथा सदियौंदेखि चलिआएको एउटा परम्परागत सामाजिक–सांस्कृतिक अभ्यास हो । यो चलनअनुसार महिनावारी भएका किशोरी र महिलाहरुलाई अशुद्ध हुने भन्दै उनीहरुलाई छोइछिटो हुनबाट रोक्न अनेकन बाधा व्यवधानहरु खडा गरिन्छ । धेरै समुदायमा त, महिनावारी भएका महिलाहरुलाई घरकै छुट्टै कोठा या एकान्त ठाउँमा रहेको छाउगोठ वा गाइगोठमा बस्न लगाइन्छ । उनीहरुलाई घरभित्र प्रवेश गर्न दिइँदैन, पौष्टिक आहारबाट बञ्चित गरिन्छ, परिवारका पुरुष सदस्यलाई छुन रोक लगाइन्छ, अरुले प्रयोग गर्ने शौचालय र पानीको धारा प्रयोग गर्न दिइँदैन, सामाजिक सभा समारोहमा उपस्थित हुन रोकिन्छ र अन्य प्रकारका दैनिक गतिविधि गर्नबाट बञ्चित गरिन्छ । परिवार र समाजद्वारा सृजित यी रोकावट र बाधाव्यवधानले किशोरीहरु तथा महिलाहरुको जीवनमा प्रत्यक्ष प्रभाब परिरहेको छ । यसले पछि गएर महिलाहरुको समग्र जीवनस्तर नै तहसनहस बनाउन सक्छ ।
महिनावारी भएको समयमा घरमा छाइछुइ नगर्नु, घर भित्र नपस्नु , घर भित्रको काम नगर्नु, दुध दही जस्ता पोषणयुक्त खानेकुराहरु खान नदिनु जस्ता अमानविय ब्यवहारहरु गर्ने गरिन्छ । यदि महिनावारी भएको समयमा घर परिवारमा छाइछुइ ब्यवहार गरेमा घरमा अनिष्ट हुन्छ देबीदेवताहरु रिसाउछन, पाप लाग्छ भन्ने जस्ता रुढीवादी र अन्धविश्वासबाट देशको अन्य स्थान भन्दा बढी ग्रसित सुदुरपश्चिम नै छ । महिलाहरुलाई छुटै छाउगोठमा राख्ने र उक्त समयमा बढी विभेदपूर्ण ब्यवहार गर्ने सदुरपश्चिमा भएता पनि कुनै न कुनै हिसाबले महिनावारीको समयमा कुनै न कुनै विभेद गर्ने चलन भने प्राय नेपाल भरिनै पाइन्छ ।
मध्य र सुदूरपश्चिम प्राकृतिकरुपले जति सुन्दर छ, सामाजिकरुपले उपेक्षित र धार्मिकरुपले अन्धविश्वासी पनि त्यत्तिकै छ । भौगोलिक विकटता, त्यहाँको शिक्षा, स्वास्थ्य, आर्थिकसाथै हरेक क्षेत्रको विकासको अवस्थामा पनि अभावै अभाव छन् । महिनावारीको समयमा असुरक्षितरुपमा घरबाहिर छाउ गोठमा बस्दा ब्ययभिचारी पुरुषहरुले जिस्काउने र कतिपय दिदीबहिनीहरु त बलात्कारको शिकार बनेको पनि अवस्था छ । महिनावारीकै बेला गोठमा बस्दा विरामी पर्ने, सर्प, बिच्छीले टोक्ने तथा अन्य जंगली जनावरको आक्रमणको डर हुने गरेको छ । विद्यालयमा पनि छात्रामैत्री शौचालय छैनन् । स्यानिटरी प्याडको ब्यवस्था, कुनै ठाँउमा ब्यवस्था भएतापनि प्याड लगाउने, फेर्ने तथा ब्यवस्थापन गर्ने ठाँउको अभाव छ । ५ दिनसम्म विद्यालय नजाँदा पढाइमा कमजोर हुने र अन्त्यमा पढाइ नै छाड्ने अवस्थाको श्रृजना हुने गरेको छ । पहिलो पटक छाउ भएपछि त घरका अन्य सदस्यहरुको मुख हेर्नु हुदैन भन्ने अन्धविश्वासले किशोरीहरु घर बाहिर लुकिछिपि बस्नुपर्ने अवस्था विद्यमान छ ।
छाउपडी प्रथाले गर्दा धेरै महिलाहरूले आफनो ज्यान गुमाउनु परेको छ । कतिपय महिलाहरू महिनावारी सारापको कारणले गर्दा भएको ठान्छन् तर वैज्ञानिक रुपमा हेर्न हो यो महिलामा हुने नियमित शारीरिक प्रक्रिया हो । यदि महिलाहरू महिनावारी नहुने हो भने सन्तान नै जन्मिँदैनन् ।
छाउपडीलाई सर्वोच अदालतले २००५ देखि नै हटाईसकेको छ । तर जनमानसमा अहिले पनि देवता रिसाउँछन भनि छाउगोठमा बस्नेको सङ्ख्या धेरै छ । यदि कसैले कसैलाई छाउगोठमा बस्न बाध्य बनाएमा सो व्यक्तिलाई ३ महिनाको जेल सजाय र ३००० रुपैयाँ जरिवानाको सजाय तोकेको छ । तर यो कानुनी प्रावधान व्यवहारमा लागू हुन सकेको छैन । यसरी नेपाली समाजलाई छाउपडी जस्ता प्रथाले भित्र–भित्र खोक्रो पारेको छ । यस्ता कुप्रथाले महिलाहरू झन झन पछाडि परेका छन् । जबसम्म महिलाको विकास हुन सक्दैन तबसम्म सम्मुनत समाजको निर्माण गर्न सकिंदैन । त्यसैले महिला अधिकारको नारा मात्र लगाएर महिलाहरूले अधिकार पाउँदैनन् । समाजमा व्याप्त कुप्रथालाई हटाउनुपर्दछ । आजको २१ औ शताब्तिमा पनि यस्ताखाले विभेद रहि रहनु भनेको लजास्पद विषय हो । ढिलै भए पनि यस प्रथालाई सम्बोधन गरि कानुन आएको हो । जसले यस्ता अमानविय कार्य गर्दछ उसलाई कडा कानुनी कारवाही गरिनु पर्छ । यस्ता खाले विभेद रहे सम्म राष्ट्रको दिगो विकास हुन सक्दैन्।
समग्रमा भन्नुपर्दा छाउपडी प्रथाका कारण महिलाहरूमाथि ठुलो अमानवीय तथा भेदभावयुक्त व्यवहार र उनीहरूको मानवअधिकारको हनन भैरहेको छ । यस अर्थमा छाउपडी प्रथा आजको आधुनिक जमानाको कलङ्क हो । आजको युगमा यस प्रथामा सुधार ल्याउनु तथा बन्देज लगाउनु अति आवश्यक भैसकेको छ । आजभोली उठ्ने गरेका महिला अधिकार, महिला आरक्षण, महिला विकास, महिला शसक्तीकरण आदि जस्ता मुद्धाहरू व्यवहारमा लागु गर्न सर्वप्रथम यस्ता प्रथामा सुधार र बन्देज लगाई यस्ता प्रथाबाट पिडित महिलाहरूको जिवनस्तर र चेतनास्तर उठाउने काम पहिलो प्राथमिकतामा राखिनु पर्दछ र यस विरुद्ध आवाज उठाउन अब कति पनि ढिलो गर्नु हुन्न ।यस्ता कुप्रथाहरूमा सुधार ल्याउन शिक्षा तथा जनचेतना सबभन्दा राम्रो उपाय हो । यसक्रममा समुदायलाई नै दोषी मान्नु र जबरजस्ती उनीहरूमा बाहिरी संस्कृतिको प्रभाव पार्न खोजेर यो गर त्यो नगर भन्नु उचित समाधान होइन । यसको बदला उक्त क्षेत्रका जनताहरूमा शैक्षिकस्तर बढाएर, प्रकृतिको वास्तविकता बुझाएर यस्ता प्रथा र कुरीतिहरूलाई विस्तारै कम गर्न सकिन्छ ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review