११६. नेपाली संस्कृति

११६. नेपाली संस्कृति

११६. नेपाली संस्कृति

हिमाल, पहाड र तराईको विविधतामय परिवेशमा हुर्केको मौलिक संस्कृति नै नेपाली संस्कृति हो । अनेक जात जाति र भाषा भाषी समुदायको समन्वयले एउटै मालामा यहाँ हुर्केको संस्कृतिका अनेक विशेषता रहेका छन्। नेपाल अनेक जाति, भाषा, धर्म र परम्पराको साझा भूमि हो । यहाँको विविधतामय नेपाली समाज नै नेपाली संस्कृतिको मूल आधार बन्न पुगेको छ। समाजको बानी, व्यवहार, भावना र मान्यताभित्र संस्कृत हुर्केको हुन्छ। यस भित्र अनेकौ धर्मावलम्बीहरूको भावना समेटिएको छ । यसमा इन्द्रेणी जस्तै विभिन्न रूप र रङको एकताबद्ध मेल भएकाले नेपाली संस्कृति रङ्गीन संस्कृति हो । विविध भएर पनि एक हुनु यसको मूल आधार हो । विकासको लक्ष्यमा समर्पित नेपालीहरू 'जिउँदाको जन्ती र मर्दाको मलामी' बनेर मिलेका छन् । नेपाली संस्कृति यहाँका सम्पूर्ण जात, धर्म, वर्णका फुलहरूको बहुरङ्गी सौन्दर्य अटाएको साझा फुलबारी हो।

नेपाली संस्कृतिमा सबै नेपालीहरूको समुन्नति चाहने साझा भावना पाइन्छ। नेपालीहरूमा गाँस छाड्ने तर साथ नछाड्ने प्रेममय भावना फुलेको छ । यहाँ मैत्री. करुणा र क्षमाको महान मर्मको मुल मन्त्र जप्ने गन्छि । सबै धर्मावलम्बीहरूले एक अर्काप्रतिछ सहभाव बोकेकाले यहाँ धार्मिक भेदभाव छैन । अनेकौँ मुहानबाट निस्केका पवित्र नदी जस्तै अनेकाँ परम्परा र मान्यता यहाँ पाइन्छन् । सयथरी बाजाको एउटै तालले मर्मस्पर्शी सङ्गीत जन्मे मैं नेपाली संस्कृति सयथरी गोडाको एउटै चालमा अगाडि बढेको छ । दया, माया, करुणा नेपाली संस्कृतिको मर्म हो । प्रकृतिलाई पूजा गर्ने नेपाली संस्कृतिमा वृक्ष र पशुपंक्षी सबैप्रति स्नेह भाव पाइन्छ । यहाँ सबै धर्म र जातजातिका चाडपर्वमा एकले अर्कालाई शुभ कामना दिने परम्परा पाइन्छ। नेपाली संस्कृति परोपकारलाई मूल आधार मान्ने संस्कृति हो। दुःखी, अनाथ, वृद्धहरूमाथि सेवा र सहयोग गर्नु नेपाली संस्कृतिको विशेषता हो ।

पाहुनालाई देवतासरह मानेर हामी सेवा र सत्कार गर्दछौं । शिष्ट, सभ्य र सुसंस्कृत आचरण यसमा पाइन्छ । अनाथालय, धर्मशाला. वदधाश्रम, मठमन्दिर, पुल, चौतारो बनाउन उदार रूपमा सम्पत्ति खर्च गर्ने परोपकारी भावना यहाँ रहेको छ । दानलाई पुण्य मानी दानवीरको गौरव गान गाइन्छ । हरेक सम्प्रदायका पर्वहरू राष्ट्रिय पर्व मान्ने राष्ट्रिय संस्कार यहाँ छ। सुन्दरताभित्र कुरूपता चन्द्रमाको दाग जस्तै बनेर यहाँ विदेशी संस्कृतिको नक्कल गर्ने प्रवृत्ति देखिन्छ। राम्रो आफ्नो संस्कृतिलाई विकृत गर्ने सामन्तवादी सोच यहाँ अझै पाइन्छ। जात पात र छुवाछुत प्रथा एवम् लैलिक भेदभावको अवशेष अझै बाँकी छ। गरिबलाई दयाका नाममा शोषण गर्ने कुप्रवृत्ति पनि रहेकै छ।

पारस्परिक एकता र समन्वयको भाव नेपाली संस्कृतिमा रहेको छ । कतिपय सामाजिक तथा सांस्कृतिक विकृति भए पनि जागरणको भावनाका कारण यो निर्मल र पवित्र बन्दै गएको छ। विविध क्षेत्र, जाति, धर्म, सम्प्रदायको इन्द्रेणी जस्तै अनुकरणीय एकता यसमा पाइन्छ । सबैको मेल, सद्भाव र सहिष्णुता यहाँ पाइन्छ। असल व्यवहार र मान्यताको मेल नेपाली संस्कृति विविधतामा एकता भएको सभ्य समाजको सुन्दर संयोजन हो।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login