११७. टेलिभिजन

११७. टेलिभिजन

११७. टेलिभिजन

आजको विश्व विज्ञान र प्रविधिको विश्व हो । विज्ञानका चमत्कार , प्रविधिको आविष्कारसँग सम्बन्ध जोडेर सुविधा सम्पन्न युगतर्फ यो विश्व क्रियाशील छ। यस क्रियाशीलतामा सूचनाको सबैभन्दा ठुलो भूमिका रहेको छ। सूचना प्रविधिले संसारलाई एउटै गाउँमा परिणत गरेको छ । सूचनाका अनेक संसाधनमा टेलिभिजन प्रसारणले अत्यन्त महत्त्व बोकेको पाइन्छ । टाढाबाट प्रसारण गरिएको दृश्य र आवाज दुबै देख्न र सुन्न सकिने एक प्रकारको विद्युतीय यन्त्र नै टेलिभिजन हो । विद्युतीय सञ्चारको अत्यन्त प्रभावकारी माध्यम टेलिभिजन सूचना र मनोरञ्जनको भरपर्दो सहयोगी हो। टेलभिजन श्रव्य र दृश्यको उपयोगी साधन हो । यसमा प्रत्यक्ष रूपमा आँखाले हेर्न र कानले सुन्न सकिने प्रविधि हुने गर्दछ। यसले ज्ञान, समाचार, विज्ञापन र मनोरञ्जन दिएर परिवारको अभिन्न अङ्ग बन्ने सामर्थ्य राख्ने गर्दछ ।

 

सामान्य विद्युतीय शक्तिबाट सञ्चालन हुने टेलिभिजन मानव मस्तिष्कको उत्कृष्ट सिर्जना हो । यसलाई टिभी भनेर चिनिन्छ । दूर दर्शनका नामले पनि यसलाई चिनाएको पाइन्छ । हरेक वर्ग, समुदाय, उमेर, लिङ्ग र योग्यताका मानिसका निम्ति आवश्यक खुराकले भरिएको यसलाई चेतना विस्तारका निम्ति अत्यन्त प्रभावकारी मानिन्छ । वर्तमान वैज्ञानिक युगमा मानिसको दैनिक जीवनमा यो अनिवार्य बन्न पुगेको छ। हेरेर पाइने मजामा सुन्नुको मजा थपिँदा टेलिभिजन साँच्चै मजाको हुन्छ। टेलिभिजन नभएको घर नुन नपुगेको तरकारी बन्न पुग्छ।

 

टेलिभिजनसँग मानिसहरूको अभिन्न सम्बन्ध गाँसिने गरेको पाइन्छ । साना बाल बालिकाका निम्ति काटुन ,चलचित्र र गीत सङ्गीतले मित्रता गाँस्दछ भने युवा-युवतीहरूका निम्ति पप, र्याप, आधुनिक सङ्गीत, अनेक टेलिसिरियल, टेलिफिल्मको सौगात यसले दिन्छ। वृद्ध-वृद्धाहरूका निम्ति पुराना सदावहार गीत, धार्मिक कार्यक्रम, धार्मिक टेलिसिरियल प्रसारण हुन्छन् । राजनीति गर्ने, व्यापार गर्ने, उद्योग चलाउने, लेखपढ गर्ने सबैं - सबैलाई कुनै न कुनै रूपमा यसले भुलाउने गर्दछ । शैक्षिक कार्यक्रम, विज्ञान र प्रविधिका कार्यक्रम, सांस्कृतिक कार्यक्रम प्रसारण गरेर यसले सबै योग्यता र हैसियत भएका मानिसलाई आकर्षण गरेको छ । समय कटाउन योभन्दा भरपदों माध्यम अर्को छैन । मानिसको दैनिक जीवन टेलिभिजनसँग गाँसिन पुगेको छ। कोठाबाटै राष्ट्रिय र अन्तर्राष्ट्रिय खबर प्राप्त गर्न यो अनिवार्य बनेको छ।

मानिस सविधाको खोजी गरेर कहिल्यै थाक्दैन । यही सेवा र सुविधाकै दोजीले आजको युगलाई वैज्ञानिक सुविधाको लहरमा समुन्नत बनाएको छ। सजिलोकै खोजी गर्ने क्रममा एकपछि अर्को नयाँ आविष्कार हुन पुगेका हुन् । घडी, रेडियो, टेलिफोन, कार, बस, रेल, जहाज, कम्प्युटर, यन्त्रमानव आदि सबै मानिसका जिज्ञासु र सुविधाभोगी प्रकृतिका कारण सिर्जना भएका हुन् । यिनै आविष्कारहरूका क्रममा टेलिभिजनको नाम पनि अग्र पङ्क्तिमा जोडिन आएको छ । रेडियोले दिएको उत्साहलाई पूरा गर्न ५० वर्षको अथक प्रयासपछि टेलिभिजन अस्तित्वमा आयो । यसको आविष्कार सन् १९२५ मा बेलायतका जे.एल बेयर्डले गरेका हुन् । हेर्दै र सुन्दै आनन्द लिन सकिने विद्युतीय सञ्चारमाध्यम टेलिभिजनबाट अनेक जानकारी बटुल्न मद्दत गरेको पाइन्छ। टेलिभिजनमा अनेक किसिमका कार्यक्रमहरू प्रसारण हुन्छन् । ती कार्यक्रमहरूलाई मूलतः सूचनामूलक र मनोरञ्जनमूलक गरी दुई किसिमका हुन्छन् । समाचार, अन्तर्वार्ता, घटना र विवेचना, विज्ञापन, भाषा, साहित्य, संस्कृति, खेलकुद, ज्ञान-विज्ञान, धर्म, दर्शन, स्वास्थ्य र शिक्षा जस्ता विविध विषयका खोजमूलक कार्यक्रम सूचनामूलक हुन्छन् ।

 

 गीत, सङ्गीत, नाटक, टालसिरियल, टेलिफिल्म, चलचित्र, काटुन सिरियल, हास्य व्यङ्ग्य लगायतका कार्यक्रमहरू मनोरञ्जनात्मक हुन्छन् । भिडियो, फोटो र ध्वनिको लगायतका कार्यक्रमहरू मनोरञ्जनात्मक हुन्छन् । भिडियो, फोटो र ध्वनिको मिश्रणबाट टेलिभिजनमा कार्यक्रम आउने गर्दछन् । टेलिभिजन प्रसारण केन्द्रले प्रत्यक्ष र रेकर्ड गरिएका सम्पादित कार्यक्रम क्यामेरामा कैद गरी प्रसारण गर्दछ। ती सबै कार्यक्रम सिडी, पेन ड्राइभ आदिका माध्यमबाट लामो समयसम्म सुरक्षित गरिएका हुन्छन् । यसका निम्ति सञ्चारकर्मी, प्राविधिक, सम्वाददाता, छायाङ्कनकर्ता, क्यामेरा पर्सन, उद्घोषक या कार्यक्रम प्रस्तोता, समाचारवाचक आदिको सक्रिय सहभागिता हुन्छ। टेलिभिजन ज्ञानको मूल हो ।

यो समय कटाउने मनोरञ्जनको साधन मात्र होइन । माल पाएर चाल पाइएन भने यसले मानिसलाई अल्छी र कामचोर बनाइदिन्छ । मानिसलाई निष्क्रिय बनाउनमा मात्र होइन विकृति र विसङ्गतिको सिकार पनि यसले गराएको पाइन्छ । धाराबाहिक कार्यक्रमहरूले समयको दुरुपयोग गराएको पनि पाइन्छ । विद्यार्थी र हरेक जिज्ञासु व्यक्तिले आफ्नो आवश्यकता अनुसार मात्र यसलाई उपयोग गर्न सके धेरै फाइदा लिन सक्दछन् । विज्ञापनका माध्यमले व्यवसाय बढाउन सकिन्छ । बेरोजगारी हटाउन पनि यसले सहयोग गर्दछ। बाँदरका हातमा नरिवल बन्न नदिई टेलिभिजनलाई सदुपयोग गर्नु मानिसको निम्ति बुद्धिमानी हो ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login