११८. महान वैज्ञानिक म्याडम क्युरी

११८. महान वैज्ञानिक म्याडम क्युरी

११८. महान वैज्ञानिक म्याडम क्युरी

आधुनिक विश्वमा विज्ञानका क्षेत्रमा विशिष्ट योगदान पुयाई गौरवमय भूमिका खेल्ने महान् वैज्ञानिक म्याडम क्युरी धर्तीकी अमर छोरी हुन् । उनको जन्म पोल्यान्डको राजधानी वार्सामा ७ नोभेम्बर १८६७ मा भएको . थियो । उनका आमाबाबु दुबैजना अध्यापक भएकाले उनले लेखपढको रात्रा वातावरण पाइन् । बाल्यकालमा उनको नाम म्यारी स्कलोदोवस्का थियो । बाल्यकालदेखि नै घरायसी वातावरणले गर्दा पढाइप्रति उनको विशेष रुचि थियो।

 

म्याडम क्युरी ज्यादै लगनशील, परिश्रमी र इमान्दार नारी थिइन् । उनले  हाइस्कुल तहको परीक्षामा असाधारण प्रतिभा प्रदर्शन गरेबापत स्वर्ण पदक प्राप्त गरिन् । स्वर्ण पदकद्वारा सम्मानित भएपछि अझ उनमा उत्साह थपियो । उच्च शिक्षा प्राप्त गर्न उनी पोल्यान्डबाट फ्रान्सतर्फ प्रस्थान गरिन । पेरिस विश्व विद्यालयमा भर्ना भएर उनले विज्ञान विषयको गहन अध्ययन गरिन् । अध्ययनका क्रममा उनले अत्यन्त कडा मिहिनेत गरिन । मिहिनेतले गर्दा उनले रेडियमका किरणको आविष्कार गर्ने सफलता पाइन् । आफ्ना पतिका साथमा उनले गरेको यस महान् कार्यका लागि सन् १९०३ मा क्युरी दम्पतीलाई संयुक्त रूपमा नोबेल पुरस्कार प्राप्त भयो । रेडियमको उपयोग प्राणघातक क्यान्सर रोगको निदानका लागि गर्ने गरिन्छ । म्याडम क्युरीले अनुसन्धान र खोजलाई सीमित राखिनन् । यस सफलतापछि पनि उनले प्रयोगशालाबाट नयाँ नयाँ  रासायनिक पदार्थ आविष्कार गरिन् । यसको फलस्वरूप सन् १९११ मा रसायन विज्ञानमा पुयाएको योगदानका कारण म्याडम क्युरी फेरि नोबेल पुरस्कारद्वारा सम्मानित भइन् ।  

 

योगदानका कारण म्याडम क्युरी फेरि नोबेल पुरस्कारद्वारा सम्मानित भइन् । विज्ञानको क्षेत्रमा काम गर्दा गर्दै अचानक उनका पतिको बग्गी दुर्घटनामा परी मृत्यु भयो । यसले उनलाई गम्भीर आघात पुयायो । उनले हरेस खाइनन् । उनले पेरिसमा 'क्युरी इन्स्टिच्युट अफ रेडियम' नामक संस्थाको स्थापना गरिन् । म्याडम क्युरीको परिवार वैज्ञानिक परिवार थियो । उनकी छोरी र ज्वाई दुबै क्युरी दम्पती जस्तै विशिष्ट वैज्ञानिक थिए । विज्ञानका क्षेत्रमा दुबैले असाधारण योगदान पुयाएकाले संयुक्त रूपमा सन् १९३५ मा नोबेल पुरस्कार प्राप्त गरे । विश्वकै इतिहासमा एउटै परिवारका व्यक्तिहरूले पाँच ओटा नोबेल पुरस्कार प्राप्त गरेको यो अद्वितीय उदाहरण हो।

म्याडम क्युरीले आफ्नो समग्र जीवन खोज र अनुसन्धानमा समर्पित गरिन् । विज्ञानका क्षेत्रमा उनले अहोरात्र काम गरिन् । लामो समय रेडियो विकिरणको अनुसन्धान गर्नाले उनलाई क्यान्सरले समात्यो । मानव कल्याण र वैज्ञानिक आविष्कारमा समर्पित म्याडम क्युरीको मृत्यु सन् १९३४ मा भयो । उनी विश्वमा नरहे पनि आफ्ना महान् योगदानका कारण अमर बन्न पुगिन् ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login