११९. देश निर्माणमा विद्यार्थीको भूमिका

११९. देश निर्माणमा विद्यार्थीको भूमिका

११९. देश निर्माणमा विद्यार्थीको भूमिका

विभिन्न क्षेत्रबाट हरेक नागरिकले देशको निर्माण वा विकास गर्न नै देश निर्माण हो। हरेक नागरिकले देशको उन्नतिको लागि काम गर्न उसको कर्तव्य हो । देश भनेको सबैको साझा हो । यसैले देश बनाउने जिम्मेवारी विद्यार्थीको पनि हो । आजका कलिला विद्यार्थी नै भोलिका देशका कर्णधार हुन् । देशप्रतिको मायालाई विद्यार्थी जीवनदेखि मौलाउँदै लग्नुपर्छ । विद्यार्थीहरू देशका पहिलो सचेत सन्तान हुन् । यसैले आफ्नो मातृभूमिको विकास कार्यमा सक्रिय हुनु विद्यार्थीको पहिलो दायित्व हो ।

 विद्यार्थीले विद्यालयमा शिक्षकबाट आफ्नो बौद्धिक विकास मात्र गर्दैन । उसले देशभक्तको भावना, राष्टियता कस्तो हुन्छ भन्ने कुराहरू पनि सिक्न पाएको हुन्छ । विद्यालयमा देश विकासको लागि पनि विद्यार्थी असल नागरिकको रूपमा तयार हुनुपर्छ भन्ने धारणा लिएर नै देशभक्त विद्यार्थी निर्माण गरिएको हुन्छ । विद्यार्थीले देशको लागि के गर्नुपर्छ भन्ने भावनाबाट प्रेरित भएर नै - देशको निर्माणको लागि अनेकौं प्रयास गर्छन् ।

 

'हुने विरूवाको चिल्लो पात' भने झै विद्यार्थी अवस्थादेखि नै देशप्रतिको समस्याले कतिपय विद्यार्थीहरूलाई पिरोल्ने गर्छ । किनभने विद्यार्थी देशका एउटा सचेत जनशक्ति हुन् । देश विकासका इतिहास जानेर नै आफ्नो देशको उन्नतिको लागि के कति कुराहरू गर्नुपर्छ भन्ने कुराको सोचाइ विद्यार्थीले गर्न सक्छन् । नयाँ खोज, अनुसन्धान तथा नयाँ नयाँ तथ्यहरू पत्ता लगाएर देशवासीलाई लाभान्वित गराउने कार्यमा पनि विद्यार्थीहरूको ठूलो हात हुन्छ । देशको निर्माणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले विद्यार्थीले सहयोग पुयाइरहेका हुन्छन् ।

विद्यार्थी भन्नाले साना कक्षादेखि लिएर विश्वविद्यालयमा पढ्ने समेतलाई जनाउँछ । शिक्षण संस्थामा अध्ययन गर्दै जाँदा नै विद्यार्थीको बुद्धि परिपक्व हुँदै जान्छ । जब जब विद्यार्थीको बुद्धि परिपक्व हुँदै जान्छ । तब तब उसमा पारस्परिक सहयोग र सद्भाव कायम गरी देश निर्माणमा जुट्ने प्रेरणा जागरण हुन थाल्छ । यही भावनाको प्रेरणाले देशको निर्माणमा विद्यार्थीवर्गले आफ्नो कतव्य गर्ने गर्छन्। यसरी देश निर्माणमा विद्यार्थी वर्गको महत्वपूर्ण भूमिका रहन्छ । विद्यार्थीवर्गबाट हरेक देशले आफ्नो विकास हुने आशा लिएको हन्छ । यसैले आफ्नो जन्मभमिलाई अन्य देश झैं विकशित  बनाउने स्वर्णिम सपना विद्यार्थीवर्गले पनि लिएका हुन्छन।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login