- Home
- Show Content
१२०. नेपालका प्राकृतिक सम्पदा
१२०. नेपालका प्राकृतिक सम्पदा
१२०. नेपालका प्राकृतिक सम्पदा
प्राकृतिक छटाहरूले भरिपूर्ण बिछटै सुन्दर देश नै नेपाल हो । स्वर्गलाई गिज्याएर त्यहाँका भन्दा राम्रा प्राकृतिक सम्पदाहरूले सिँगारिएको लावण्यमयी वैभवशाली देश नेपाल हो । प्रकृतिदेवीले आफ्ना पर्वतस्तनहरूबाट अविरल दुग्ध धारा बगाउने एक मनोरम अनुपम देश नेपाल हो । छङछङाउँदै बग्ने नागबेली परेका कोसी, गण्डकी, कर्णाली, जस्ता पवित्र अतुलनीय, स्वच्छ र कञ्चन नदीहरू नेपालका प्राकृतिक सम्पदाहरू हुन् । तातो हावापानीले खडेरी परेका मरुभूमिमय विदेशी भूमिका पर्यटकहरूका हृदयलाई त चटक्कै चुडाउँला झै गरी आफूतिर आकर्षित गरिरहेको हिमनदी तथा नदीहरूले यस मुलुकलाई विश्वमै जलस्रोतमा दोस्रो धनी देशका रूपमा उभ्याएको छ । यस्तै पहाड, तालतलैया, झरना, हिमशृङ्खला वनजङ्गल , खनिज आदिले धनधान्य बनाएको नेपालका सम्पदालाई हेर्दा प्रकृतिले सर्वस्व नै सुम्पेको हो कि भन्ने भान हुन्छ ।
प्रकृतिदेवीले मोहनी लगाई लठ्याएर उनीसँग भएका सुन्दर लोभलाग्दा ह्यातुङ झरना, पाताले छाँगोजस्ता दर्जनौँ मनोरम झरनाहरू, सगरमाथा, माछापुच्छे, कञ्चनजङ्घा जस्ता विश्वशिखर चुम्ने हिमशृङ्खलाहरू काखमा राख्न सफल भएको छ नेपालले । नेपालको पौरखी हातहरू मिहिनेत, बुद्धि र क्षमता, कर्मशील निष्ठावान् तन र मनहरूका लागि सुहाउँदा सम्पदा हुन्-जल, वन, खनिजपदार्थ तथा पहाडहरू । जनताका दुःख र सुखसँग मितेरी साइनो गाँसी नेपाललाई दुलहीझै सिँगार्न सफल सम्पदाहरूमध्ये जलसम्पदा पनि एक हो ।
अथाह जलसम्पदाले ऐश्वर्यशाली बनेको नेपाल विश्वमै उच्च स्थानमा पर्दछ । विश्वलाई नै जलविद्यरातमा अमाप्तमय बनाउन सक्षम नेपालको सामर्थ्य असीमित छ । विकासको अद्वितीय पूर्वाधार तथा स्रोत जलविद्यत भएको आजको युगमा नेपालले यस्तो ऊर्जा र स्रोत पाउनु प्राकृतिक वरदान नै सावित भएको छ । नेपालमा भएका जलसम्पदालाई, जलस्रोतलाई उपभोग गर्न सक्ने हो भने दीनहीन नेपालीको गरिबीको दोहोलो काटिन्थ्यो नेपाल एक समृद्धशाली मुलुक बन्थ्यो र विश्वकै एक सुसमृद्ध, वैभवशाली र सुसभ्य निरोगी जातिका रूपमा विश्वमा अझ बढी चिनिन्थ्यो ।
विश्वमा बढ्दो पेट्रोलजन्य प्रदूषणबाट मुक्ति दिलाई स्वच्छ वातावरणको सन्तुलनमा कति ठूलो योगदान पुयाउन सक्छ वर्णन गरिरहनु पर्ने विषय होइन । यहाँको फेवा, रारा, बेगनास, तिलिचो, छोरोल्पा, लगायतका हजारौं तालतलैयाले खोला र खोल्साहरूले प्राकृतिक रमणीयतामा थप ईट्टा थपेका छन् । माछापुच्छ्रे र अन्नपूर्णले तालमा डुबुल्की मारेको हेर्न होस्, सगरमाथाले आफ्नो अटलतालाई संरक्षण गरिरहेको दृश्य हेर्न होस, यहाँका अनगिन्ती सौन्दर्यलाई पिउन, स्वाद लिन र चाख्न चाहने पर्यटकहरूका र नेपाली स्वयंका लागि यी छटाहरू ढुकढुकी बनेर बसेका छन् । यी सम्पदाहरू, लहर मिलेका सेता हिमालहरू, चाङ लगाएजस्ता लस्कर लागी बसेका पहाडहरू अनि लमतन्न परेर नेपालीलाई श्रद्धा पोखिरहेका तराईका फाँटहरू हाम्रा कामधेनु हुन् । उच्च पहाडबाट छङछङ गर्दै छाँगाछहरा र झरनाहरू तथा पवित्र कञ्चन गरिमामय सौन्दर्य छर्न सफल नदीहरू नेपालको समृद्धतम मुलुक बन्ने सपना पूरा गर्ने यहाँका प्राकृतिक सम्पदाहरू नै हुन् ।
यहाँका प्राकृतिक सम्पदाहरूमा परेका गिद्धे दृष्टि हटाउन , देशको अस्तित्वलाई बलात्कृत हुनबाट जोगाउन, मासिँदै, नासिँदै अनि खिइँदै गएका सम्पदा र स्रोतहरूको समुचित सदुपयोग गर्न सम्पदालाई लुट्ने लुटेराहरूबाट जोगाउनका लागि प्रत्येक नेपालीले सचेत हुनुपर्छ । मुलुकको इज्जत, प्रतिष्ठा र ढुकढुकीलाई गौरवमय बनाउनका लागि प्रकृतिदेवीको गर्भमा रहेका हीरा, सुन, पेट्रोल, ग्याँस जस्ता अमूल्य अथाहे सम्पत्तिहरूको सुरक्षित अवतरण गराउनलाई स्वावलम्बी स्वाभिमानी नेपाली अगाडि बढ्नुपर्दछ । यहाँको सौन्दर्यश्री यहाँका लागि हो । नेपालको सम्पदा नेपालीका भाग्य हन. वरदान हुन्, नेपालीका जनजीवनका बहुपक्षीय पद्धतिसँग गाँसिएका यहाँका प्राकृतिक सम्पदाहरू अदभत प्राकतिक सम्पदाहरू हुन् भन्दा अत्युक्ति हुनेछैन ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review