१२३. नेपाली जनजीवन

१२३. नेपाली जनजीवन

१२३. नेपाली जनजीवन

'नेपाली' भनेको 'नेपालमा बस्ने' "जनजीवन' भनेको “मान्छेको जन्मदेखि मृत्युसम्मको समय' वा जिन्दगी बुझाउने पद हो । 'नेपाली जनजीवनले' नेपालमा बस्नेहरूको जिन्दगी वा जीवनशैली भन्न सकिन्छ । विश्वास, आस्था, परोपकार, नैतिकता, धार्मिक सहिष्णुता तथा विश्वबन्धुत्वको भावना भएका नेपालीहरूको जीवनचर्या नै नेपाली जनजीवन हो ।

ऋषिमुनिको तपोभूमि, देवभूमि, स्वर्गीय आनन्दानुभूति प्राप्तिस्थल नेपाल हो । यहाँका मानिसहरूको जीवन सादा र सरल छ । हिमाल, पहाड र तराईका सम्पूर्ण जीवनशैली अंटाएको नेपालको नेपाली जनजीवन विश्वका विविध जीवनशैलीभन्दा पृथक् तर मौलिक वैशिष्ट्यको छ । जातिजनजातिको, आदिवासीको, धर्मको, सम्प्रदायको समग्ररूप नेपाली हो । स्थानीय स्रोत र साधनको नेपाली मौलिक कला तथा शैलीको उपयोग गरी आफ्नै पद्धतिको विकास गरी बाँचेको स्वाभिमानी वीर नेपालीको जीवनशैली, जीवनपद्धति मौलिक प्रकारको छ । माता, पिता, गुरु तथा अतिथिदेवो भवः भावको नैतिकता, संस्कृति र संस्कार सिकेका नेपालीहरूको सच्चरित्रता तथा आदर्शजीवन नेपालीको विशेषता हो । यस्तो विशेषता बोक्ने नेपाली माटोमा भिजेको संस्कृति भेषभूषा तथा भाषा हिमाली चिसो हावाले स्पर्श गरेको, चिसो पानीले सिँञ्चन गरेको नेपाली जनजीवन शीतल र सृजनशील छ ।

प्राकृतिक सम्पदाले भरपूर भएकाले गरिब ठानिए पनि धनी भई बाँचेका नेपालीको परिचय आध्यात्मिक पथबाट अतुलनीय आदर्श जीवनशैली अपनाउनु पर्ने देखिन्छ जहाँबाट भौतिकताले चियाउन त सक्छ तर पूर्ण विजय असम्भव छ । मानवतावादी व्यक्तित्वहरू बग्रेल्ती देखिने यस देशको शान्ति विश्ववन्धुत्व तथा समानता जस्ता मौलिक मानवतावादी चिन्तन बोकेर अगाडि बढ्दै जाने जीवन नै नेपाली जीवन हो ।

कर्ममय जीवन भएका नेपालीहरू सामाजिक संस्कार, रीतिस्थिति, पाटीपौवा चौतारोनिर्माण जस्ता कार्यमा संलग्न रहन्छन् । यिनको उकाली, ओराली, भञ्ज्याङ चौतारी र धर्मशालानिर्माणसँग जीवनपद्धति साटिएको छ । 'जिउँदाको जन्ती र मर्दाको मलामी' भावना भएको नेपाली समाज पारस्पारिक विकृतिबाट टाढा रहेको छ, पहाड़ी जीवन स्वस्थ छ । यसले नपालीको राष्ट्रिय अन्तर्राष्ट्रिय स्थलमा आफ्नो मौलिकता प्रस्तुत गरी उत्कृष्ट जनजीवनको परिचय स्थापना गरेको पाइन्छ । स्वयम्भूका दृष्टि परेको, बुद्धको शान्ति रोपिएको, हिमालमैं अटल आफ्नै जीवन, नेपाली जीवनको कला, संस्कति,धर्म, भाषा, सम्पदाहरू तथा जातजातिको समीकरणमा आफ्नोपना छ र प्रकृतिमय छ । यसको अस्तित्व रक्षा गर्नु सबैको कर्तव्य र लक्ष्य हुनेछ ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login