१२४. मेरो देश: मेरो कर्मभूमि

१२४. मेरो देश: मेरो कर्मभूमि

१२४. मेरो देश: मेरो कर्मभूमि

फुर्सदमा सृष्टि गरेको देशम लाग्ने प्राकृतिक छटाले भरिएको नेपाल नै मेरो देश हो । 'ने' मुनिले पालन गरेको भानएको मेरो देशमै मैले आफूलाई भाग्यमानी सम्झेर 'जननी जन्मभूमिश्च स्वर्गादपी गरियसीको मूल मर्मलाई आत्मसात गद कर्मपथमा अघि बढ्ने निर्णय गरेको छु । कल्पनाको उडानलाई, मेरो सपनालाई म मेरै जन्मभूमिमा कर्म गरी साकार पार्दछु र आफ्नो हृदयको गहिराइमा छिपाएर राखेका योजनाहरू सफलीभूत पार्दछु । मेरो जन्मभूमि मेरी आमा हो जसको पुकार मैले सुनिनँ भने म बाँच्नुको अर्थ के ? मेरी आमाको दुःख, दर्द, चित्कार, खुसी र हाँसो बुझिनँ भने मरो हृदयको काम के ?

मलाई लाग्दछ, अत्यन्त सुन्दर, शान्त, रमणीय सजीव संसार नेपाललाई कलात्मकरूपले सिँगार्न नै मेरा पाखुराहरू बनेका हुन् । म कर्ममा विश्वास गर्ने कर्मको पूजारी हुँ । मेरा पुर्खाहरू कर्मशील वीर थिए र त आज म गर्व गरिरहेको छु । कर्मशीलता नै सनातनी परिचयपत्र हो मेरो । देशभक्तिमा डुबेर पहारिलो घाममा कर्मरूपी पौडी खेल्दा मलाई आनन्द आउँछ । आफ्ना हातमा ठेला उठाएर देश उठाउन पछि नपर्ने वीर नेपालीका सन्तति म आफ्नो अदम्य आँट, साहस र हिम्मतलाई कार्यरूप दिन यही माटोमा तयार हुनुपर्छ ।

आमाको गर्भको पीडा अनि प्रसव वेदनासहितको दुग्ध धाराको ऋण मैले मोचन गर्नका लागि नेपाल आमाको सेवा गर्नु नै छ भने हृदय खोलेर किन नगर्ने ? बाहिरी भौतिक संसारको असहमति र आध्यात्मिक विचारप्रतिको समर्थन वा विरोधमा एकोहोरो आलाप गर्नुभन्दा, दुवैको मध्यममार्गी भई राष्ट्रको समुन्नतिमा मन, वचनसहित कर्मभूमिमा क्रियाशील रहनु मेरो कर्तव्य हो ।

 

मैले हिमाल पहाड र तराईको विविधतालाई राम्ररी चुमेको छु । हिमाली सौन्दर्यले मोहित भएर नेपाललाई आँखा र हुदयभरि राख्न आएका अतिथिहरूको स्वागत् र सम्मान गर्न मैले अझ राम्ररी सकें भने म नै अझ बढी स्वस्थ र फुर्तिलो बन्न सक्छु । मलाई लाग्दछ, मेरो देश पाखुरीको आशमा बाँचेको छ । कर्मठ पाखुरीले देशको अस्तित्व बचाएका मेरा हिमाली पूर्वजहरूका अधुरा सपना मैले मेरै मातृभूमिका नाताले, रगतका नाताले पूरा गर्नैपर्छ । मेरो देशले मेरो जन्मलाई स्वीकारेको मेरो आवश्यकता भएरै हो । म देश छाम्छु, आफ्नो जीवन पाउँछु । म देश केलाउँछु, आफ्नो हृदय पाउँछु ।

जातिप्रेम र राष्ट्रियताको मूल मन्त्र जपेर मात्र हुँदैन, भाषण र आदर्श नारामा होइन उच्चासनमा पुगेर कच्चा रखवारी गर्नेहरूको अनुयायी बनेर होइन, मेरो देशले आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रमै आमूल परिवर्तन गरी मुहार फेर्न खोजेको छ । भौतिक कलेवरमा गरिब देखिएजस्तो भए पनि अथाह प्राकृतिक सम्पदा र स्रोत तथा कैयौँ मानवका भावनाले समद्धशाली मेरो देशको गुदी छाम्न नसक्नेका लागि गरिब देखिएको हो, बोका देखिएको हो, बोकेहरूका चर्मचक्षुमा ।

ल्हासामा सुन छ कान मेरो बुच्चै गर्नुहुन्न । खोलो धाउँदैन- तिर्खा धाउनुपर्छ राष्ट्रको स्वाद चाख्न र पहिचानका लागि । तसर्थ मेरो कर्तव्य नेपाल आमाका सबै सपूतहरूलाई एकबद्ध बनाई राष्ट्रोन्नतिको महासङग्राममा विजयी बनाई नेपाल र नेपालीको गौरवपनलाई उचाइमा पुर्याउनुछ । सानो सलाइको काँटीले वनै सखाप पारेझै म आंगोको झिल्को बन्नु परेको छ मेरो कर्मभूमिमा किनभने म नेपाली समाजमा विद्यमान रहेका सामाजिक विसङ्गति, कुरीति, अन्धविनास, भ्रष्टाचार, पापाचार अनैतिकता जस्ता दानवीय प्रवृत्तिहरूको भष्म गर्दछु, शमन गर्दछु र आफ्नै नेपाल आमालाई सिगार्दछु । 'देशभक्ति त मर्दैन चुत्थै देश भए पनि' भन्ने भनाइलाई आत्मसात् गर्दै स्वदेशमै प्राप्त ज्ञान, योग्यता क्षमता, सीप र शक्तिलाई सही उपयाग गर्दै आफ्नै करेसाबारी, घरआगन, खेत, खोरिया, लेक र बैंसीमा श्रम फुलाउदछु ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login