१२८. विद्युतीकरण र उद्योग

१२८. विद्युतीकरण र उद्योग

१२८. विद्युतीकरण र उद्योग

विद्युतको  शाब्दिक अर्थ प्रकाश, ताप आकर्षण आदि पैदा गर्न सक्ने विशिष्ट वैज्ञानिक क्रियाबाट उत्पन्न गराउने शक्ति अर्थात् बिजुली हो । भने उद्योग भनेको कुनै उद्देश्य वा कार्यसिद्धिका निम्ति परिश्रमपूर्वक लाग्ने काम वा उध्धम भन्ने  बुझिन्छ । यसरी हेर्दा  राष्ट्रनिर्माणका लागि वा कुनै पनि विकास गर्न वा कार्य सफलीभूत पार्नका लागि विद्युतीय शक्तिको महत्तालाई नकार्न नसकिने  भएकाले विद्युतीकरण आवश्यक छ । नेपालका गर्भ र छातीमा अनन्त जलाशय छन् र  जलप्रवाह विद्यमान छ जसबाट निकाल्न सकिने  बिजुलीका हिसाबले नेपाल एसियामा प्रथम  र विस्वमा ब्राजिलपछी दोस्रो स्थानमा पर्न आउँछ । त्यसैले विद्युतीकरण सम्भव छ । औद्योगीकरणका लागि पूर्वाधार बिजली भएकाले विद्युतीकरणविना उद्योग कल्पना गर्न सकिन्न ।  

 

विद्युत उत्पादन र दुई ठूला राष्ट्रबीच स्वतन्त्र अस्तित्वमा रहेको नेपालको औद्योगीकरणले विश्वबजारमा औद्योगिक उत्पादनको खपत तथा व्यापारीकरणका लागि दीर्घकालीन सम्भावनालाई मध्यनजर राख्नुपर्ने देखिन्छ । एकातिर राष्ट्रिय ऊर्जाका रूपमा खपत भइरहेको इन्धन समस्या जस्तै तेल, दाउरा आदिको समाधानार्थ विद्युतीकरण अपरिहार्य आवश्यकता हो भने कृषि शिक्षा स्वास्थ्य, यातायात तथा उद्योग व्यवसाय फस्टाउनका लागि दिगो आर्थिक विकासका लागि, राष्ट्रिय अर्थतन्त्रका मेरुदण्डका रूपमा विद्युतीकरण अत्यावश्यक छ ।  औद्योगीकरण आधुनिकीकरणको बीजारोपणका लागि अनिवार्य प्रक्रिया हो ।

देश विकासका लागि नेपालजस्ता राष्ट्रले सर्वप्रथम उद्योग व्यवसाय फस्टाउनका लागि विकासका पूर्वाधार तयार गर्नुपर्छ । बिजुलीबाट सञ्चालन हुने कलपूर्जादेखि उद्योग व्यवसाय तथा जीवनशैलीका हरेक पक्षमा बिजुलीजन्य उत्पादनको उपयोग गर्ने परिपाटी बसेको हुँदा विद्युतबिनाको दैनन्दिनी असम्भवप्रायः भइसकेको छ । यसका लागि घरघरमा बिजुली पुऱ्याउनुपर्दछ भने नियमितरूपमा बिजुली आपूर्ति गरी उद्योगधन्दा सुचारु गर्नका लागि सजग हुनुपर्दछ । सस्तोदरमा बिजुली उत्पादन गरी वातावरण प्रदूषण गर्ने खालका ऊर्जाको उपयोगमा कमी ल्याई विश्वव्यापी तापमानको वृद्धिप्रति ठोस कदम चाल्न सकिन्छ । यतिमात्र होइन  विद्युतीकरणबाट अन्य फाइदा लिन सकिन्छ । मानवविकासका लागि आवश्यकताको चरण पार गर्दै आत्याधुनिकतातर्फ लम्कनेहरूका लागि विद्युत् आधारभूत आवश्यकता हो । त्यसैले आज विद्युतीकरण र उद्योग नङ र मासुझै सम्बन्ध गाँसिएको छ ।

नेपालजस्तो विकासोन्मुख मुलुकमा प्राविधिक ज्ञान, दक्ष जनशक्ति, पुँजीको अभाव र अव्यवस्थित बजार तथा दीर्घकालीन अल्पकालीन नीतिका कमजोरी जस्ता विविध कारणले विद्युतीकरण आवश्यक मात्रामा हुन सकेको छैन । जसको परिणति देश औद्योगीकरणबाट टाढै छ । एकातिर विद्युत् उत्पादन गर्न सक्ने क्षमता भए पनि पानी बगेर खेर गइरहेको छ, अपार धन चुहिरहेको छ भने अर्कातर्फ विकास र बृद्धिमा पछि पर्दै अँध्यारोमा देश पिल्सिंरहेको अवस्था देखिन्छ । छरिएर रहेको पूँजी, आफ्नै प्रविधि र सीप, राष्ट्रिय आवश्यकता, आर्थिक. नीति, तथा दीर्घकालीन योजनाप्रति चनाखो हुनसके कृषि, स्वास्थ्य, सञ्चार, यातायात, शिक्षा, लगायतका हरेक क्षेत्रको औद्योगिक वातावरण बनाउन विद्युतीकरण गर्नुपर्दछ । विद्युतीकरणविना युगेच्छानुरूप उद्योगहरू फस्टाउँदैन । विकासका लागि औद्योगीकरण र औद्योगीकरणका लागि विद्युतीकरणको महत्ता बुझ्न अब विकासोन्मुख राष्ट्रका लागि अति जरुरी भैसकेको छ ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login