१२९. जेष्ठ नागरिकप्रति मेरो कर्तव्य

१२९. जेष्ठ नागरिकप्रति मेरो कर्तव्य

१२९. जेष्ठ नागरिकप्रति  मेरो कर्तव्य

'म जन्मभूमि नेपाल आमाको ओठमा प्रसन्नताको मुस्कान ल्याउन प्रयत्नरत दुई कोटी सन्तानहरूमध्येको एक नागरिक हु । म प्यारो भूमि नेपालपुत्र हुँ । हिमालको हार्दिकताले चिसो स्पर्श गरेको पवित्र र कञ्चन स्वच्छ दिमागले मेरो कर्तव्यलाइ मैले आफ्ना अग्रजहरूको सम्झना सेवा र श्रद्धा गर्ने पाटो हो भन्ने बुझेको छु । नेपाली माटोमा जन्मेर यही माटोमा हुरकेर देशलाई सिँगार्न हरपल यही माटोसँग मितेरी लगाएर मेरा बुबाआमाप्रति जेठा दाजु र दिदीप्रति मैले गण्डकी, कर्णाली एवम् कोसीझै अविरल सेवा पुयाउनु मेरो परम कर्तव्य हो भन्ने मैले ठानेको छु ।

 म नेपाली जेष्ठ नागरिकप्रतिको सेवाका लागि जन्मेको नेपाली सन्तान हुँ । नेपाल आमाका दुई कोटि सन्तानहरू मेरा आफ्नै मान्छे हुन्, नजिकका आफन्त हुन्न् दिदीबहिनी, इष्टमित्र र  कुलकुटुम्ब हुन् । मेरो कर्तव्य तिनै  वृद्धवृद्धा तथा जेष्ठ नागरिकहरूको सेवा गर्नु हो । जसले नेपाल र नेपालीलाई यो अवस्थामा पुयाए । आज हाम्रा ओठमा फुलिरहेको हाँसोका गुच्छाहरू यिनै सपूत जेष्ठ नागरिकहरूको देन हो । त्यसैले यिनको गालामा उन्नतिको लाली ल्याई यिनीहरूका अधुरा सपना जो समुन्नतिका लागि हो त्यस लाई पूरा गर्नु मेरो एक मात्र कर्तव्य हो ।

शान्ति र वीरताको गाथालाई जीवन्त राख्ने आफ्नै खोरिया र बाँझो जग्गा हराभरा बनाई नेपाल आमालाई हरियाली बनाउन तथा वैभावशाली बनाउन आफ्नो जोस, जाँगर, तनमन र धन खर्चिएर वृद्धवृद्धा बनेका हाम्रा जेष्ठ नागरिकहरू नेपालरूपी चौतारामा आराम गरिबसेका बखत तिर्खाउँदा दर्शन ढुङ्गातिर लडिबुडी गर्दै आएको अमृतमय जलले घाँटी रसाइदिन सके भने, भोकाउँदा उनीहरूले नै जोगाइराखेका जीवनदायी अन्नवीजका दानाहरूबाट बढेका गाँसहरूबाट तृप्त पार्न सके भने, बास र कपास दिन सकें भने सन्तुष्ट हुनेछु ।

 

मेरो बाल्यकालमा मेरै लागि खर्चिएका हरेक कुराको मातृपितृ अनि जेठा नागरिकहरूको ऋण मेलै मोचन गर्नुछ । हुन त उनीहरूले लिऔंला भुक्तानी गर्न लगाऔंला भनेर हामीप्रति बालस्नेह दर्साएका होइनन् । “लाई कहिल्यै नसकिने प्रित नौलाख मेरा” भन्दै मायाममता हामीमाथि खन्याएका हन उनीहरूले । त्यस ऋणको शतप्रतिशत तिर्न त सक्तिनँ तर व्याज त ! वीरताका ओजपूर्ण गाथाले भरिएको नेपाली माटोमा धर्तीपत्रलाई राज्यले गनुपर्ने दायित्व आफ्नै छ, समाजले गर्ने कर्तव्य आफ्नै छ तर मेरो बगैंचाका ती अनुभवी योग्य सक्षम ईश्वररूपी मेरा जेष्ठ पारिवारिक सदस्यप्रतिको आस्था श्रद्धा, निष्ठा र भक्तिले यो देशको नैतिकताले धरातलहरका लागि समेत आदर्श बनाउने देखिन्छ । मेरो नैतिक धरातल पनि चुलिने यथार्थ मेलै भुलेको छैन ।

 

 मैले मेरो देशका आफन्तहरूको हदय छोएर अविश्वास ईर्ष्या गरिबी दरिद्रता, दु:ख अशिक्षाले पोतिएकालाई धोइपखाली यस मुलुकभित्रका श्रम, सीप र अनुभवले खारिएका पढेर र परेर खाग भएका सम्पूर्ण जेष्ठ नागरिकहरूलाई राज्यले, समाजले र मेरो तर्फबाट सकेको मैले अवसर दिने सम्मान र श्रद्धासुमन दिई राष्ट्रिय एकताको अपूर्व मन्त्र जप्दै आफैं नेपालीलाई सिञ्चन गराउन चाहन्छ ।नेपाल आमाको मुहारमा सम्पन्ता र ऐश्वर्यको चहक ल्याउन प्रयत्न गर्ने मेरा अग्रजहरू पिँढीमा बसेर हाम्रा दैनन्दिनी हेरिरहेछन् । उनीहरू हाम्रा कार्यका मार्गदर्शक बनेका छन् । हामीलाई हरकार्यमा अर्ति उपदेश बाँडिरहेछन । तिनलाई हामीले उपेक्षा होइन, तिरष्कार होइन, बोझको रूपमा होइन सङ्कीर्ण हेराइले होइन, काला मनहरूले होइन वास्तवमै फूलका आँखाले हेर्नुपर्दछ र मैले त्यही गरिरहेछु । उनीहरूका काखको न्यानोपना मैले बिर्सनहन्न । तिनीहरूको पौरख मेरो देशको वर्तमान इतिहासको गौरव हो भन्ने मेले कदापि बिर्सेको छैन ।

 

'मातृदेवो भव', 'पितृदेवो भव', का महामन्त्रहरू अग्रजहरूलाई सम्मान गर्ने सनातनी परम्परा हो भन्ने मैले बिर्सेको छैन । अझै पनि हिमाली हावापानी, जडिबटी, पहाडी सोच कुनाकन्दरा उकालीओराली, देउराली र भन्ज्याङ अनि तराईका फाँटहरूले जेष्ठ नागरिकहरूका पसिनाको मूल्य बचाइराखेका छन् र मेरा पाखुराका बलको पर्खाइमा छन् । तिनका मुहार फेर्ने क्रममा नेपाली व्रीदाहरूको युवा जोस जाँगर श्रम, सीप र लगन यही माटोमा भिजेकाले नै त्यसको फल आज हामी चाखिरहेका छौँ । उनीहरूलाई नै लात मार्न म कसरी सक्छ ? सृष्टिको मिर्मिरेदेखि नै मानवसभ्यताका अग्रजले कर्तव्यलाई पालना गर्दै आएका छन् । नेपाली पुत्रहरूको सनातनी परम्परा नै आफूभन्दा ठूलाले भनेको मान्नु अर्थात् आज्ञा शिरोपर गर्नु, उनीहरूलाई पूज्नु हो । त्यसैले यसलाई निरन्तरता दिदा मलाई बोझ होइन आनन्द नै आनन्द प्राप्त हुनेछ । यही मेरो जेष्ठ नागरिकपतिको कर्तव्य हो ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login