- Home
- Show Content
१३०. मानिस
१३०. मानिस
१३०. मानिस
म मानिस ईश्वरको सर्वोत्तम वरदान, प्रकृतिको सुनौलो उपहार र संसारकै सर्वश्रेष्ठ प्राणी हुँ। म कहिलेकाहीँ संसारका सबै प्राणीहरूसँग आफैं दाँजिन पुग्छु र आफूलाई हात्ती, बाघ, भालुभन्दा सानो र दुर्बल ठान्दछु अनि स्वयंलाई निरीह र कमजोर घोषणा गर्दछु। होइन, म आकार र बलमा कमजोर भए पनि बुद्धि र जुक्तिमा भने ठुलो छु । त्यसैले म हात्तीलाई आफ्नो अधीनमा लिएर त्यसमाथि चढी आफूलाई इच्छा लागेको दिशातिर लैजान सक्छु, बाघभालुलाई जालमा पारेर खोरमा थुन्छु र नचाउँछु। म मानिस !
मेरो विचित्रको बुद्धि, असन्तोषी स्वभाव र सुनौलो जुक्तिलाई कसले भेट्न सक्छ ? म प्रश्न गर्छ । त्यसैले त म भन्दै छु-हिजो गुफामा बस्ने, काँचो मासु र कन्दमूल खाने, रूखका बोक्रा र चराका प्वाँख शरीरमा टाँस्ने म मान्छे आज पकाएका मासु, विभिन्न प्रकारका मिष्ठान्न खान थालेको छु, भव्य महलहरू खडा गरी ऐस र आराम लिएको छु, सुन्दर वस्त्रहरू पहिरिएर आफूलाई भाग्यशाली ठानेको छु।
कसले सक्दछ मेरो बुद्धिलाई भेट्न ! यतिले मात्र मलाई कहाँ पुग्यो र ! मलाई पनि माछा मैं पानीमा तैरिन मन लाग्यो र अत्याधुनिक डुङ्गा र पानी जहाजहरूको आविष्कार गरें। चरा मैं स्वच्छन्द आकाशमा उड्न मन लागेर विमानहरूको निर्माण गरी संसार चहारिरहेको छु, आनन्दसँग सैर गरिरहेको छु। त्यति मात्र होइन, यस्तै अर्कै दुनियाँ र संसारको खोजमा रकेट आविष्कार गरी दौडिरहेको छु, अन्तरिक्ष हुँदै चन्द्रमामा पदार्पण गरिसक र पनि अर्को संसारको खोजमा हिँडिरहेको छ। म मानिस असन्तोषी प्राणी हुँ। म मेरो असन्तोषलाई चारैतिर फैलाइरहेको छु। म कल्पनाको अजस्र स्रोत हुँ र कल्पना सागरमा डुब्छु। अनि म स्वर्गको कल्पना गरेर यस धर्तीलाई स्वर्ग बनाउने धुनमा छु। विद्युत् शक्तिबाट रातलाई दिन बनाउँदै छु। मरुभूमिलाई उर्वर भूमिमा परिणत गर्दै छु।
संसारको एउटा कनामा बसेर टिभीको स्क्रिनमा संसारलाई निहारिरहेको छु। टेलिफोनको विद्युतीय तरङगमा संसारसँग कुरा गरिरहेको छु। म अझै खोज र नयाँ नयाँ कुराहरूको अनुसन्धानमा व्यस्त छ। म अजर. र अमर बन्न खोजिरहेको छु। म मानिस संसारलाई जितें, आकाश पाताल जोडिसकें। म संसारमै साम्राज्य जमाउन चाहन्छु, त्यसैले म सामान्य मानिस मात्र होइन, हिट्लर र मुसोलिनि पनि हुँ, अनि हुँ इदि अमिन पनि। अनि हुँ वर्तमानको क्लिन्टन, बुस र सद्दाम हुसैन पनि। मैले मेरो परिचय नागासाकी र हिरोसिमामा दिइसकें। त्यसैले त म मानिस दैवी र आसुरी प्रवृत्तिको सङ्गम हुँ। मभित्रको दैवी शक्तिले जित्दा म राम, बुद्ध र गान्धी हुन्छु भने आसुरी प्रवृत्तिले जित्दा रावण, हिट्लर र मुसोलिनि हुन्छु। म त्यही मानिस हुँ जो वर्तमानमा आएर खिन्न छु, हीनता बोधले ग्रसित छु, सारा उन्नति र प्रगतिलाई सम्झिन थालेको छु। किन हो किन म आफैले आफैलाई चिन्न सकिरहेको छैन! म आफैभित्रको असन्तोष र घमन्डलाई दबाउन सकिरहेको छैन।
मभित्रको मानवता स्वर्गको आगो चोर्ने प्रमिथस बन्न चाहन्छ, शान्तिको दीप जलाउने बुद्ध बन्न चाहन्छ, अहिंसावादी गान्धी बन्न चाहन्छ अनि मभित्रको मानवता भन्छ- एकैचोटि एकै समयमा कृष्ण, बुद्ध, इसु र मोहम्मद तिमीहरू हातेमालो गरेर आओ र मानिसलाई मानिसको परिचय देओ। अन्ततः म मानिस विचार र भावना हुँ, आस्था र विश्वास हुँ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review