१३२. यन्त्र मानव

१३२. यन्त्र मानव

१३२. यन्त्र मानव 

विज्ञान र प्रविधिको आजको  युगमा मानिसले अभूतपूर्व सफलता प्राप्त गरिसकेको छ । कडा परिश्रम र वैज्ञानिक अनुसन्धानको परिणति स्वरूप मानिसले यन्त्रमानव आविष्कार गरेको छ । यन्त्र मानव भनेको स्वचालित यन्त्र हो । यसले मानवले झै काम गर्न सक्तछ ।

अङग्रेजीमा रोबोट भनिने यस यन्त्रलाई वैज्ञानिक सभ्यताको उपहार मानिन्छ । मानिसका जस्तै हात खुम्चाउन, लम्याउन सक्ने यन्त्रमानवले मानवका लागि अति कठिन मानिएका कार्य पनि सरल र सहज ढङ्गले गर्न सक्छ। यन्त्र मानवले औद्योगिक, घरायसी, कृषि, प्रविधि, अन्तरिक्ष खेलकद आदि क्षेत्रमा कार्य सम्पादन गर्न सक्तछ ।

संवेदक यन्त्रका सहायताले कम्प्युटरद्वारा विद्युतीय तरङगका रूपमा प्राप्त हुने आदेशलाई कार्य रूप दिने गर्दछ । पढ्ने, सम्झने, टङ्कण गर्ने, गणना गर्ने, तापक्रम मापन गर्ने, वस्तु चिन्ने, गति पत्ता लगाउने, कार्य यसले गर्दछ। यसै गरी भूकम्प, बाढी, पहिरो, मनोरञ्जनका क्षेत्रमा पनि यसको उपयोग गरिन्छ । वातावरणीय सन्तुलन कायम गर्न तथा अन्तरिक्षमा खोज अनुसन्धान गर्न यन्त्र मानवको उपयोग गरिन्छ।

यन्त्रमानवले श्रम, सम्पत्ति र समयको गर्ने भएकाले यसको उपयोगिता बढ्दै गएको पाइन्छ । सन् १९६० को दशकमा अमेरिकाका कार्ल्स डिमोल र जोसेफ एङ्लवर्गरले कम्प्युटरद्वारा निर्देशित यन्त्र मानव सर्वप्रथम आविष्कार गरेका थिए । यसपछि कमशः यन्त्रमानव प्रयोग विविध क्षेत्रमा हुँदै गएको देखिन्छ। मानवका निम्ति आज्ञाकारी सेवक बनेको विज्ञानको चामत्कारिक उपहारको समुचित लाभ लिनका लागि यसको उपयोग गर्नु आजको माग हो ।

यन्त्रमानवको प्रयोगले औद्योगिक क्षेत्रमा झन्झट बेहोर्नु नपर्ने हुँदा, यसले भोक, तिर्खा, निद्रा जस्ता मानवीय कमजोरीबाट टाढा रहेर कार्य गर्ने हुँदा यसको माग दिनानुदिन बढेको पाइन्छ । विकसित मुलुकमा यसको प्रयोगको प्रचुरता पाइए पनि नेपाल जस्ता अविकसित मुलुकमा यसको उपयोग गर्न सके यसबाट अधिक फाइदा लिन सकिन्छ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login