१३३. नयाँ नेपाल निर्माणमा मेरो भूमिका

१३३. नयाँ नेपाल निर्माणमा मेरो भूमिका

१३३. नयाँ नेपाल निर्माणमा मेरो भूमिका

मेरो देश नेपाल अहिले अशान्ति र शान्तिको दोधारबाट गुज्रिरहेको छ । विनाश र सम्भावनाको दोबाटोमा दौडिरहेको छ । यो दोधार र दोबाटोमा अल्झिरहेको मेरो नेपालले आफ्नो नयाँ रूपका लागि मेरो भूमिका खोजिरहेको छ । म त्यो भूमिकालाई निर्वाह गर्न प्रतिबद्ध छु । मेरो देश नेपाल हिजोको युद्धले आक्रान्त छ, क्षतविक्षत छ । स्वार्थी र पदलोलुप नेतृत्वका कारण हिजोको दिनमा मेरो नेपालले विकासको काचुली फेर्न सकेन । आफ्ना देशबासीहरूलाई कुनै सुखको अनुभूति बाँड्न सकेन । यस्तो बेलामा मेरो पहिलो भूमिका हुनेछ- युद्धको सन्त्रासबाट मेरो नेपाललाई मुक्त राख्नु । यसका लागि मैले मजस्तै नवयुवकहरूसँग हातेमालो गरेर सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई युद्ध विनाश हो र युद्ध अन्त्य हो भन्ने कुरा बुझाउनु छ ।

 

युद्धले, हिंसाले मानवता सिद्धिन्छ र मानवता सिद्धिएपछि स्वतः मानवजाति पनि सिद्धिनेछ भन्ने कुरा पढाउनु छ । यसको बदलामा युद्धले क्षतविक्षत मेरो राष्ट्रको आलो घाउमा सहयोग, सहिष्णुता र सद्भावको मलम लगाउनु छ। हरेक समस्याको समाधान बारुदको धुवामा होइन, विचारको मन्थनमा खोज्नुपर्छ भन्ने कुरा हरेक देशबासीलाई बुझाउनु छ। नयाँ नेपालको निर्माणमा मेरो अर्को भूमिका हुनेछ- कर्मयोग । आज देशको सबै क्षेत्र तहसनहस भएको छ । यस्तो बेलामा हामीले रमिते बन्नुहुँदैन । हातमा हात मिलाएर पुनर्निर्माणमा जुट्नु छ । कर्मप्रति सबैलाई जागरुक गराउनु छ । यहाँ भ्रष्टाचार छ, अव्यवस्था छ, बाटो भत्किएको छ, पुल बनिएको छैन । यी सबै कुरालाई जित्न मैले कर्मयोगी बन्नै पर्छ । यसरी कर्मयोग चन्ने कार्यमा मैले सबैलाई ब्युझाउनु छ। नयाँ नेपाल उज्यालो नेपाल हो ।

 

नयाँ नेपाल चेतनाको नेपाल हो । यस्तो चेतना हरेक देशबासीको मस्तिष्कमा उदाएपछिको नेपाल नयाँ नेपाल हो । त्यसैले नयाँ नेपालको निर्माणमा मेरो अर्को भूमिका चेतनाको खेती गर्न हुनेछ । यस देशमा जन्मने हरेकलाई शिक्षाको उज्यालोले नुहाइदिने अभियानमा मैले लागनुपर्छ । यहाँ गरिबी छ । यहाँ रोग र भोक छ । यहाँ समस्यैसमस्या छ । ती सबै समस्याको रामवाण केवल शिक्षा हो भन्ने कुरा मैले सबैलाई बुझाउनु छ। अन्त्यमा म नै भोलिको नेपाल हुँ, नयाँ नेपाल हुँ । त्यसैले नयाँ नेपालको निर्माणमा मेरो पहिलो र अन्तिम भूमिका भनेकै मैले आफूलाई भोलिको सुन्दर संसारका लागि अहिल्यै बदल्नु रहेको छ ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login