१३४. विद्यालय शान्ति क्षेत्र

१३४. विद्यालय शान्ति क्षेत्र

१३४. विद्यालय शान्ति क्षेत्र

विद्याको आलय (घर) लाई विद्यालय भनिन्छ । विद्यालयलाई ज्ञान वा शिक्षाको पर्याय पनि मानिन्छ । यही ज्ञान वा चेतनाको कारणले सिङ्गो मानवजाति अन्य पशुहरूभन्दा फरक तर श्रेष्ठ पनि कहलिएको छ। मानवजातिमा निहित यही चेतना वा ज्ञानको विस्तार र अनुसन्धानलाई सङ्गठित रूप दिन विद्यालयको स्थापना गरिन्छ, त्यसैले यस्तो स्थान स्वभावैले शान्ति क्षेत्र हुनुपर्दछ। विद्यालयमा सामान्यतः ३ देखि १६/१७ वर्ष उमेर समूहका विद्यार्थीहरू विद्यार्जनका लागि आउँछन्।

विद्यालय धाउने यी विद्यार्थीहरूको उमेर भनेको जीवनलाई सार्थक तुल्याउन आवश्यक पर्ने ज्ञान र वातावरण प्राप्त गर्ने उमेर हो । त्यसैले यस्ता विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि विद्यालयको वातावरण शान्त र सहयोगी हुनु आवश्यक छ । यसको अर्थ विद्यालयभित्र कुनै पनि किसिमको अशान्ति, वैमनष्य वा झैझगडा र हिंसाले प्रश्रय पाउनुहुँदैन ।

विद्यालयको हाताभित्र यस्तो क्रियाकलाप भएमा त्यसले विद्यार्थीहरूको कलिलो मस्तिष्कमा नराम्रो मनोवैज्ञानिक असर पर्छ र यसले उनीहरूको ज्ञानप्राप्तिको प्रक्रिया वा सिकाइमा प्रतिकूल असर पैदा गर्छ । विद्यार्थी भनेका भविष्यका कर्णधार हुन् । त्यसैले हामी सुनौलो भविष्यको कल्पना गछौँ भने उनीहरूको व्यक्तित्व विकासमा अहम् भूमिका खेल्ने विद्यालयलाई शान्ति क्षेत्रको रूपमा स्थापित गर्नुपर्छ। निष्कर्षमा अशान्ति, झैझगडा र हिंसा मानवसभ्यताका कलङ्क हुन् । यस्तो कलङ्कबाट भोलिको मानवसभ्यतालाई अछुतो राख्न चाहने हो भने विद्यालयलाई शान्ति क्षेत्रको रूपमा व्यवस्थित गर्ने पर्छ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login