- Home
- Show Content
१३६. नेपालको परिचय : सगरमाथा
१३६. नेपालको परिचय : सगरमाथा
१३६. नेपालको परिचय : सगरमाथा
विश्वकै सबभन्दा अग्लो शिखर सगरमाथा नेपाल र नेपालीको गौरव हो । समुद्री सतहदेखि आठहजार आठसय अठ्चालीस मिटर उचाइ भएको यस चुचुरालाई चिनियाँ भाषामा झ्यामोलोङ्मा र अङ्ग्रेजीमा माउन्ट एभरेस्ट भनिन्छ । नेपालीमा यसको नाम सगरमाथा राख्ने काम इतिहास शिरोमणि बाबुराम आचार्यले गरेका हुन्। सगरमाथाले नेपालीको प्रतिष्ठा बढाएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथाले नेपाल र नेपालीलाई विश्वसामु चिनाएको छ ।
आजभोलि नेपालीहरू आफूलाई सगरमाथाका बासिन्दा भन्न रुचाउँदछन् । सगरमाथा र नेपाल तथा नेपाल र सगरमाथा एक अर्काका पर्याय भएका छन् । विश्व मानचित्रमा एउटा सानो राष्ट्र नेपालमा रहेको सगरमाथाले विश्वलाई शिर ठाडो पारेर हेरिरहेको छ । उच्चता र विशालताको प्रतीक सगरमाथा सदासर्वदा स्थिर भएर विश्वलाई नियालिरहेको हुन्छ । अविरल रूपमा जलप्रवाह गराउने हाम्रो सगरमाथा ऐश्वर्य र सुन्दरताको खानि पनि हो। मुलुकको आकर्षणको केन्द्रबिन्दुका रूपमा रहेको सगरमाथाले विदेशी पर्यटकहरूलाई हरेक क्षण निम्तो दिइरहेको छ । नेपालमा आउने हरेक पर्यटकहरू सगरमाथाको मुलुकमा पाइला टेक्न पाउँदा गौरवान्वित भएको महसुस गर्दछन् र फेरिफेरि नेपाल आउने इच्छा प्रकट गर्दै नेपालबाट बिदा हुन्छन्।
विश्व शिखर सगरमाथामा चढ्ने मानिसहरूको ओइरो लागिरहेको छ । सन् १९५३ मा नेपाली तेन्जिङ सेर्पाले पहिलो पल्ट सगरमाथाको शिखरमा पाइला हालेका थिए । यस अभियानमा न्युजिल्यान्डका नागरिक एडमन्ड हिलारी पनि साथै गएका थिए । उनीहरू सगरमाथा आरोहण गर्ने अभियानमा सफलता प्राप्त गरेपछि मानिसहरू यसतर्फ आकर्षित भए । वर्तमानसम्ममा यसको शिखरमा सयौँ व्यक्तिहरू पुगिसकेका छन् । हिमाल चढ्नु खतरापूर्ण कार्य भए पनि यसप्रति मानिसहरूको दिनप्रतिदिन आकर्षण वृद्धि भइरहनाले नेपाल र नेपालीलाई विदेशमा चिनाउने राम्रो अवसरसमेत मिलेको छ। नेपाल र नेपालीको मान, मर्यादा र प्रतिष्ठा उच्च गराउने सगरमाथा विश्वमा आफू जसरी चिनिएको छ, त्योभन्दा पनि बढी नेपाल र नेपालीहरूलाई चिनाउन सफल भएको छ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review