१३८. आद्यात्मिक शिक्षा : आजको आवस्यकता

१३८. आद्यात्मिक शिक्षा : आजको आवस्यकता

१३८. आद्यात्मिक शिक्षा : आजको आवस्यकता

शिक्षा भनेको अनेकौ  किताबबाट तथ्य र सूचनाहरु संकलन गर्ने मात्र काम होइन । शिक्षा त्यो प्रक्रिया हो, जसबाट तिम्रो चरित्र सुधार हुन्छ अनि जसबाट तिमी आफ्नो बुद्धि प्रयोग गरी ठिक बेठिक छुट्याउने ज्ञान बढाउन सक्छौ । शिक्षा घरमा बसेर पढ्न वा अध्ययन गर्न सकिन्छ भने विद्यार्थीहरुलाई स्कुल तथा कलेज जान किन आवश्यक पर्छ ? विद्यार्थीहरु स्कुल तथा कलेज जानै पर्छ । त्यहाँ तिनीहरुले अनुशासन सिक्नै पर्छ र आवेगलाई विश्लेषण गर्नु पर्छ । आफ्ना भावना नियन्त्रण गर्नै पर्छ। स्कुल तथा कलेजमा हासिल गर्ने विषय वस्तुको ज्ञान त सिक्ने कुरा मध्ये सानो अंश मात्रै हो । शिक्षा किताबी किरो बनाउने कारोबार होइन । यसमा सबै व्यापार, व्यवसाय र वाणिज्यको अध्ययन मिसिएको हुनुपर्छ । यस्तो शिक्षा हासिल गर्नाले असललाई स्विकार्ने र खराबलाई नकार्ने प्रोत्साहन दिन्छ।

 

यस्तै अध्यात्मिक शिक्षा पनि एउटा अलग्गै र भिन्दै विषय होइन । यो त सबै प्रकार तथा तहका शिक्षाको अभिन्न अङ्ग हो । साच्चै भन्नुपर्दा आध्यात्मिक शिक्षाले हामीलाई क्रम र विचार प्रति सजग रहनुपर्छ भनी सिकाउँछ । यसले हामीलाई सत्य, धर्म शान्ति, प्रेम, अहिंसाको बाटोतिर अघि बढाउँछ । आज हाम्रो समाजको बारेमा थाहा छैन र कति मानिस यसमा लाग्न चाहदैनन् । जसले गर्दा हाम्रो समाजमा शान्ति छैन । यस शिक्षाले ठुलो होइन असल बन्न सिकाउँछ।

 

सानैदेखि बच्चाले अध्यात्मिक शिक्षा पायो सिक्यो भने पक्कै पनि त्यो बच्चा भविष्यमा गएर ठूलो होइन असल मान्छे बन्छ भन्ने कुरामा दुइमत हुँदैन । आज हाम्रो समाजमा कति मानिसले आफ्नो आमा बुबालाई वृद्धा आश्रम लगेर छाड्छन्। मलाई लाग्छ पक्कै पनि ति विद्यार्थीमा र मानिसमा अध्यात्मिक शिक्षाको कमि भएर नै यो सब हुन्छ ।

त्यसैले एउटा बच्चालाई राम्रो आदत रमाउने बनाउन अध्यात्मिक शिक्षा एकदमै महत्वपूर्ण हुन्छ। शिक्षा ३ रुपमा आवश्यक हुन्छ सांसारिक आवश्यकता पूरा गर्न, समाजमा मान सम्मान एवम् प्रसिद्धिका लागि र आत्मानुभूतिका निमित्त । यी सबै पाउनका लागि अध्यात्मिक शिक्षा एकदम महत्वपूर्ण हुन्छ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login