१३९. हाँसो

१३९. हाँसो

१३९. हाँसो

हजुर पक्कै पनि हाँस्दै हुनुहुन्छ होला ? शब्द नै कस्तो लिएकी छु है  लेख्न । त्यही सोच्नु होला होइन, सहपाठी मित्र। यो हाँसो भन्ने शब्द एउटा यस्तो शब्द हो जसलाई आजसम्म न कुनै लेखकले शब्दरुपी बयान गरेर सकेको छ त सक्छ नै ? खै! आज एक्कासस हाँस्दाहाँस्दै हाँसोको बारेमा लेख्न मन लाग्यो । जति सक्छु यो लेख हाँसोबाट हसाउँने प्रयास गर्छ ल । जति जानेकी छु त्यति समेट्ने कोसिस गर्छु है। यो शब्दलाई मैले पनि कस्तो शब्द लिएछु क्यारे अब त बाध्यताले हजुरको लागि लेख्नै पर्यो। अरु त के रै छ र एकैछिनको लागि हामी मानिसको जीवनलाई नै लिनुहोस् न । हामी मानिस जन्मिन्छौँ तर रुंदै जन्मिन्छौँ ।

जन्मिदा नै हामीले संसारभित्र छिरेर अरुलाई हसाउँदै, अरुको मुहारमा मन्द मुस्कान र हर्ष र उल्लासको हाँसो ल्याई दिन्छौँ । त्यसपछि ती दिनमा आमाको मुख हेर्दै मुसुक्क हाँस्दै आमाको मुहारमा सन्तोषजनक हाँसो हँसाइ दिन्छौं। कस्तो विचित्र लाग्छ है सोच्दा त ? मानिस फरक-फरक तर मान्छेको प्रकृति उस्तै।  आजसम्म सुन्दाचाँहि हाँसोको पनि प्रकार सुनेकी छु उल्लेख गर्छ त । ती हुन् खिसिक्क हास्नु, दाँत देखाएर हाँस्नु, पट मिचिमिची हाँस्नु अनि मनबाटै भावना प्रस्फुटित गरेर हाहाहा भन्दै हाँस्नु । अरु हाँसोको प्रकार त सुनेकी छैन ।

मित्र ! सबैले भन्छन् लफिङ इज वेस्ट मेडिसिन सही नै भनेका होलान् । तर हाम्रो समाजलाई नियालेर हेर्दा मलाई त ताम्रा समाज नै हाँस्य समाज लाग्छ। किनभने मान्छे एक्लै हास्दा पागल रे, अनि ग्रपमा हाँस्दा आवारारे! हा..हा.. कस्तो समाज हो है हाम्रो ? जे भने पनि मलाई त संसारकै सबैभन्दा सजिलो काम हो- हाँस्नु  । सायद अरुलाई नित्य यस्तै लाग्दो हो  । त्यसैले त म हाँस्दा सबैले मेरो हाँसो नि फकाउँछन्, हजुरको पनि फर्काउँछन् होला नि होइन त ? यदि दुनियाँमा

सबैभन्दा गाह्मे अप्ठयारो काम छ भने त्यो हो अरुलाई हसाउँनु । पक्कै पनि अरुलाई हसाउँन साहै कठिन कुरा हो । एउटा हाँसो पाउनका लागि मानिस कति तड्पिएका छन् । त्यो त डिप्रेसन भएका मान्छेहरुले मात्र बुझ्न सक्छन् होला?

जे भए पनि, अरुलाई हँसाउन सक्नु नै महान् काम हो । चार्ली चाप्लिङ्ग, कपिल शर्मा जस्ता मानिसहरुले यो कुरालाई पुष्टि गरेका छन् । त्यसैले हाँसौं, रमाऔं र जीवन कटाऊँ। मिलेर हाँसौं, मिलेर बाँचौं, हुँदैन र ?



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login