१४०. अपाङ्गहरूप्रति हाम्रो दायित्व

१४०. अपाङ्गहरूप्रति हाम्रो दायित्व

१४०. अपाङ्गहरूप्रति हाम्रो दायित्व

अपाङ्ग भनेको  शरीरको कुनै अङ्ग सबलाङ्ग सरहको नहुनु हो । दुर्घटना, अज्ञानता, भवितव्य, आर्थिक विपन्नता, हुँदा उपचार गराउन नसकेर, कडा रोग लागेर आदि कारणले मानिस अपाङ्ग बन्दछ । मानिसले चाहेर कोही आफै अपाङ्ग बन्दैन । अपाङ्ता हुनु चाहेर नभई भवितव्य भएकाले यो सामाजिक समस्या हो, पूर्व जन्मको कमाइ होइन। अपाङ्गता भएका व्यक्तिहरुले समाजमा सम्मानित जीवन बाँच्न पाउनुपर्छ । उनीहरूको  सर्वाङ्गीण विकास गराउने कार्यक्रममा सङ्घसस्था, सरकार एवम् समाजले ल्याउनुपर्छ । उनीहरुकै शैक्षिक अवस्था सुधार्ने, प्रतिभाको विकास गर्ने, निःशुल्क शिक्षा, रोजगार, गाँस, वास, कपासको व्यवस्था पर्दछ । यो उनीहरुले प्राप्त गर्नुपर्ने सुविधा र अधिकार पनि हो ।

अपाङ्गता भएका व्यक्तिहरु हाम्रो समाजकै सदस्य हुन् । दोस्रो दर्जाका नागरिक होइनन् । देश विकासको मूल प्रवाहमा उनीहरुलाई सम्मानित गराई साङ्केतिक भाषा, ब्रेल लिपि, वैशाखी आदिको व्यवस्था गरी उनीहरूलाई सँगै लिएर - अघि बढ्नु पर्छ । उपयुक्त समयमा स्वास्थ्य सम्बन्धी सुविधा उपलब्ध गराउन, प्रतिभा, क्षमता र योग्यता अनुसारको रोजगारी समेत उनहिरूलाई उपलब्धध गरायन सके अपाङ्गहरू हाम्रो समाजका बोझ ठान्नेहरूलाई गतिलो जवाफ बन्न सक्छ । उपयुक्त अवसरको खााचो उनीहरूलाई छ । समाजमा मर्यादित र सम्मानित जीवन बाच्न सीपमूलक तालिम र शिक्षा दिदै समाजमा जीवनयापन गरी सक्षम नागरिक बनाउनु पर्छ।

 अपाङ्गहरूको भविष्य सुनिश्चत गर्नका लागि व्यक्ति, परिवार, समाज र राष्ट्रले विभिन्न भूमिका खेल्नु पर्ने हुन्छ । उनीहरूलाई आत्मनिर्भरताको बाटोमा अग्रसर तुल्याई कुनै एउटा अङ्गमा कमजोरी भए पनि अन्यबाट जीवनरथ सरल रूपमा सञ्चालन गर्न अधिकार, सहयोग, अवसर दिनुपर्छ । अपाङ्गहरूप्रति सेवा र सहयोग सम्बन्धमा प्रभावकारी - कार्यनीति बनाएर अल्पकालीन र दीर्घकालीन समस्या समाधान गर्नु पर्छ । यो हामी सबैको दायित्व हो। उनीहरूलाई पुनर्स्थापना गर्नेदेखि समाजमै समायोजित भई बाँच्न सक्ने वातावरण सिर्जना गर्नु सबैको साझा दायित्व हो । राष्ट्रले आफ्नो नैतिक दायित्व निर्वाह गर्दै सकेसम्म उनीहरूबाट लाभ लिन सवनुपर्छ । उनीहरूलाई सामाजिकीकरण गरेर समाजकै अभिन्न अङ्गका रूपमा लैजानु पनि उनीहरूप्रति हाम्रो दायित्व हो।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login