- Home
- Show Content
१४१. विद्युतीकरण र उद्योग
१४१. विद्युतीकरण र उद्योग
१४१. विद्युतीकरण र उद्योग
विद्युतीय शक्ति आधुनिक दुनियाँको हरेक गतिविधिको अभिन्न अङ्ग बनेको छ र यस्तो शक्ति पानी, सूर्य, पेट्रोलियम पदार्थ, हावा, वनजङ्गल आदिबाट आर्जन गर्न सकिन्छ । मानवजीवनका विभिन्न गतिविधिलाई विद्युत् शक्तिसँग सम्बन्धित तुल्याउने कामलाई विद्युतीकरण भनिन्छ । विद्युतीकरण उद्योगधन्दा र कलकारखानाका लागि अपरिहार्य बनेको छ। उद्योग कलकारखाना विकासको पर्याय हो ।
जुन देशमा बढीभन्दा बढी किसिमका उद्योगहरू छन्, त्यो देश स्वाभाविक रूपमै विकसित र सम्पन्न भएको छ तर उद्योगको हिजोको इतिहासलाई हेर्दा धेरैजसो उद्योग, कलकारखानाहरू मानव तथा पशु श्रममाथि निर्भर थिए । यसले गर्दा त्यस्ता उद्योगहरूको उत्पादकत्व कम हुन्थ्यो र उत्पादित सामग्री महँगो पनि हुन्थ्यो । महँगो तथा कम उत्पादनले व्यापारमा सोझै प्रभाव पार्यो र यसले विकासको गतिलाई पनि धिमा तुल्याएको थियो ।
आज अधिकांश उद्योग कलकारखानामा विद्युत् शक्तिको उपयोग गरिएको छ र यसले गर्दा उत्पादकत्व बढेको छ र उत्पादन लागत घटेको छ । कम लागतमा बनेका सामग्रीहरूको बजारमूल्य पनि कम्ती नै हुने हुँदा त्यस्ता सामग्रीहरूको उपभोक्ता पनि बढेका छन् र यसले अन्तर्राष्ट्रिय व्यापारलाई पनि गति दिएको छ। यसको परिणामस्वरूप जुन राष्ट्रले उद्योगमा विद्युतीकरणलाई प्राथमिकता दिई उद्योगहरू सञ्चालन गरेका छन् ती राष्ट्रहरूको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय व्यापार बढेको छ र तिनीहरू झन्झन् विकसित र सम्पन्न हुँदै आएका छन्। निष्कर्षमा अबको उद्योगधन्दासँग विद्युतीकरणको गहिरो सम्बन्ध हुने र उद्योगधन्दासँग राष्ट्रको विकासको सम्बन्ध हुने भएकाले हाम्रो देशमा पनि हरेक उद्योगधन्दालाई विद्युतीकरण गर्नुपर्ने देखिएको छ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review