- Home
- Show Content
१४२. हिमाल
१४२. हिमाल
१४२. हिमाल
हिउँ नै हिउँले ढाकिएको अग्लो पहाडलाई हिमाल भनिन्छ। हिमाललाई हिमालय, गिरि, पर्वत, शैल आदि पनि भनिन्छ। नेपालमा धेरै हिमालहरू रहेका छन् । तीमध्ये सगरमाथा नेपालको उत्तरी भेगमा विदयमान हिम शृंखलाहरूमध्ये सबैभन्दा अग्लो र विश्वकै अग्लो हिम चुचुरो हो । नेपाललाई प्रकृतिकी देवीले दिएका अनन्य दानमध्येको एक उपहार हो हिम शृङ्खला। नेपालको उत्तरी भागमा बसेर मुसुक्क मुस्कान छर्दै विश्वका पर्यटकहरूलाई आकर्षित गरिरहेका हिमालय पर्वतहरूले गर्दा नेपाललाई हिमालको देश भनिन्छ।
प्रकृतिका गर्भमा लुकेर बस्न रुचाउने र नेपाललाई विश्वभर चर्चित बनाउने नेपालकै ताजका रूपमा अवस्थित सगरमाथाले नेपालको गौरवमा अर्को महासगरमाथा खडा गरिदिएको छ। सगरमाथालाई विश्वको छानो पनि मानिन्छ। नेपाल हिन्दकुश हिमालयका गगन चुम्बी हिम शृङ्खलाहरूले सिँगारिएको देश हो। नेपालमा २८ ओटा हिम शृङ्खलाका १३१० भन्दा बढी हिम चुचुराहरू पर्वतारोहणका दृष्टिले उपयुक्त र आकर्षक मानिन्छन् । यहाँ ६००० मिटर (२०,००० फिट) भन्दा अग्ला हिम शिखरहरूको सङ्ख्या २५० भन्दा बढी छ। विश्वभरि जम्मा १४ ओटा ८००० मिटरभन्दा अग्ला हिम चुचुराहरू छन् र तीमध्ये नौ ओटा चाहिँ नेपालमा छन् । विश्वको सर्वोच्च शिखर सगरमाथाको नेतृत्वमा रहेका नेपालका अग्ला अग्ला हिम शिखरहरूले नेपाल र नेपालीको सौन्दर्य र इज्जतको अभिवृद्धिमा गहन भूमिका निर्वाह गरेका छन् ।
नेपालको उत्तरतर्फ लहरै हिमालयका पङ्क्ति उभिएका छन् । तिनलाई झ्वाट्ट हेर्दा ती आफ्नो प्यारो भूमिको रक्षार्थ विधाताले उत्तरतर्फ उभ्याएका पहरेदार हुन् कि भन्ने पनि लाग्दछ। पूर्व मेचीदेखि पश्चिम महाकाली अञ्चलका उत्तरतर्फ अवस्थित यी शृङ्खलाहरूलाई विभिन्न नाम दिइएको छ; जस्तै : कञ्चनजङ्घा, गणश, मनासलु, अन्नपूर्ण, धवलागिरि, कान्जिरोवा, सैपाल, व्यास ऋषि हिमाल आदि। यी मूल हिमालयभित्र थुप्र शिखरहरू रहेका छन्। हिमालयभित्र कञ्चनजङ्घा हिम शिखर, सगरमाथा अञ्चलमा नै पर्ने खुम्बु शृङ्खलाभित्रका सगरमाथा हिम शिखर, ल्होत्से हिम शिखर, थामसे' हिम शिखर आदि प्रमुख रहेका छन् । १०० जनकपुर अञ्चलका उत्तरी जिल्लाहरूमा पर्ने रोल्वालिङ हिमालय मालाभित्र पर्ने गौरीशङ्कर हिमशृङ्खला अत्यन्तै चर्चित हिम चुचुरो हो । त्यसपछि गोरखाको मनासलु, कास्कीको अन्नपूर्ण, नीलगिरि, माछापुच्छे "५ चाचत हिम शिखरहरू ठहर्दछन् । कर्णाली अञ्चलमा पर्ने कान्जिरोवा हिमालयभित्रका कान्जिरोवा र सिस्ने हिमाल तथा महाकाली अञ्चलको सैपाल र व्यास ऋषि हिमालयभित्र पर्ने सैपाल हिम शिखर नेपालका उत्तरतर्फका कडा पहरेदार हुन् ।
यसरी बारै महिना हिउँको सेतो बर्को ओढेर नेपाल र नेपालीको रक्षार्थ खटिएका यी हिम शिखरहरूले नेपालको गौरवमा नयाँ आयाम थपिदिएका छन् । हिमाल नेपाली जीवन पद्धतिको अभिन्न अङ्ग हो। त्यसैले हिमाल र नेपाल एक अर्काका पर्याय जस्तै छन् । हिमालय पर्यटन मात्र होइन, राष्ट्रिय पर्यटनको विकास गरी राष्ट्रिय समृद्धि कायम गर्न पनि हिमालहरू रामवाण सिद्ध भएका छन्।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review