१४३. पहाडी जीवन

१४३. पहाडी जीवन

१४३. पहाडी जीवन

"पहाडी जीवन' पहाडमा बस्नेहरूको जिन्दगी हो। अर्को शब्दमा भन्नुपर्दा पहाडमा बस्ने नेपालीहरूको जीवनचर्या नै पहाडी जीवन हो। यो जीवन विभिन्न दृष्टिको महत्त्वले भरिएको हुन्छ। पहाडी जीवनको पहाडी प्रकृतिसँग गाढा सम्बन्ध रहन्छ। पहाड, खोला, भीर, पाखा, पखेरासँग लडभीड गर्दै, खेल्दै र रमाउँदै यहाँका मानिस हुर्केका हुन्छन् । यी प्रकृतिसँगको तादात्म्य र सभर्षले यहाँका मानिसलाई बहादुर बनाएको हुन्छ। विश्वभर वीरबहादुर भनेर ख्याति पाउने नेपाली पनि यहीका बासिन्दा हुन्। ख्याति पाउने नेपाली पनि यहाँका बासिन्दा हुन् ।

 

पहाडी बासिन्दाहरू आफ्ना छुट्टै मौलिक विशेषताहरूले युक्त हुन्छन् । चोरी र ठगी नगर्नु, सबैको विश्वासपात्र बन्नु, नैतिकताका कसीमा रहेर कर्तव्यनिर्वाह गर्नु यहाँका मानिसका निजी गुण हुन् । यहाँका मानिसले अतिथि सत्कारलाई आफ्नो कर्म र धर्म ठानेका हुन्छन्। परम्परागत मूल्य र मान्यताप्रति यिनीहरूको प्रगाढ आस्था र विश्वास छ। त्यसैगरी कर्मयोगी बन्नु र त्यसैमा रमाउनु पहाडी जीवनको आफ्नो पन हो। पहाडी जीवन एउटा सङ्घर्षशील जीवन हो । सङ्घर्षलाई जीवनको पर्याय मान्ने यहाँका वासी दुःखमा आत्तिने र सुखमा मात्तिने गर्दैनन् ।

उकाली चढ्दा होस् वा ओराली झर्दा । होस् भन्ज्याङको चौतारोमा रमाउँदा होस् वा खेतबारीमा पसिना बगाउँदा होस् यिनीहरू आफूलाई सहजरूपमा प्रस्तुत गर्दछन्। अनि त भन्न करै लाग्छ 'उकाली, ओराली भन्ज्याङ चौतारीको समष्टि रूप नै पहाडी जीवन हो'। . पहाडी जीवन मानवताको प्रतीक पनि हो । 'बाँचौं र बचाऔं' तथा 'बाँच र बाँच्न देऊ' भन्ने मूलमन्त्र यहाँका मानिसले जपेका हुन्छन् कथनी र करणीमा भिन्नता पाइँदैन ।

पारस्परिक सहयोग, सद्भाव र विश्वासमा यहाँका मानिस बाँचेका हुन्छन् । विज्ञानको विकृतिले यिनीहरूलाई छोएको हुँदैन । विशुद्ध प्राकृतिक जीवन भएकाले पहाडी जीवन सुन्दर, शान्त र सार्थक पनि छ। यस जीवनले भौतिक उन्नति र विकासका सम्भावनालाई आत्मसात गर्न पाउने हो भने यो अझ सुगन्धमय बन्दछ। अतः नेपाल मूलतः पहाडी मुलुक हो। त्यसैले यस भेगमा बस्ने नेपालीहरूको जीवनलाई पहाडी जीवन भनिन्छ। भौगोलिक विकटताले गर्दा यहाँका मानिसले भौतिक उन्नति र विकासका प्रतिफलबाट टाढा रहनुपरेको छ। यति भएर पनि आफ्ना प्राकृतिकपनका कारण यहाँका मानिस सुखी र सन्तोषी छन्। पहाडी जीवन सबैका लागि अनुकरणीय छ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login