१४४. सगरमाथा आरोही पासाङल्हामु

१४४. सगरमाथा आरोही पासाङल्हामु

१४४. सगरमाथा आरोही पासाङल्हामु

संसारमा अनेकौं मानिसहरू जन्मिन्छन् र मर्छन् तर जो आफ्नो अदम्य साहसिक कार्यका कारणले चिरकालसम्म मानव समाजमा प्रेरणाका स्रोत बनिरहन्छन् । आफ्नो अठोटका लागि जीवनसम्म उत्सर्ग गर्ने आँट सबैमा हुँदैन, तर पासाङल्हामु शेर्पाजस्ता केही आँटिला वीराङ्गनाहरू समाज र राष्ट्रको शिर ऊँचा गर्न धरतीमा जन्मेकै हुन्छन्।

पासाङल्हामु नेपालकी गौरव हुन् । उनले  २०५० साल वैशाख १० गते विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुमेर नेपाली नारीको मस्तक आकाश जस्तै उच्च तुल्याइन् । 'असफलता नै । सफलताको सोपान हो' भन्ने उक्तिलाई मूल मन्त्र बनाई पासाङल्हामुले सगरमाथाको शिखर आरोहणमा पटक-पटक असफल भएर पनि हिम्मत हारिनन् । अन्ततोगत्वा उनी आफ्नो लक्ष्यमा सफल त भइन्, तर फर्केर आउने क्रममा हिमहुरीको दुर्भाग्यपूर्ण प्रहार उनी, उनका सन्तान, इष्टमित्र र हामी सबै ।

नेपालीका लागि अत्यन्त पीडादायक बन्नपुग्यो। शैलपुत्री पासाङल्हामु . सगरमाथाको विशाल छातीमा हिमसरदार साथी सोनाम छिरिङसँगै सदासदाका लागि समाहित भइन्। पासाङल्हामुको जन्म सोलोखुम्बु जिल्लाको सुर्के गा. वि.स. वडा नं ४ मा भएको थियो। उनी आफ्ना मातापिताकी एकमात्र छोरी थिइन्। गरिब परिवारमा जन्मेर पनि यिनले बाबुआमाको प्रशस्त लाडप्यार पाएकी थिइन्।

साहस र कर्मठताकी प्रतिमूर्ति पासाङल्हामु कठोर परिश्रम गर्न रुचाउँथिन् । १५ वर्षको उमेरदेखि नै यिनले हिमाली भरिया भएर कमाउँदै परिवारलाई आर्थिक टेवा पुयाएकी थिइन् । दुई वर्षसम्म मासिक रु.३०० मा होटलको काम गर्नु यिनको मिहिनेती स्वभावकै परिणति हो। पछि लाक्पा शेर्पासँग यिनको प्रेमविवाह भयो र त्यसपछि यिनले पर्वतारोहणको कार्यमा पतिलाई सघाउन थालिन्। आर्थिक अवस्था सुध्रिदै गएपछि काठमाडौं आएर घर बनाई 'थामसे° ट्रेकिङ्ग' सञ्चालन गर्न यिनले पतिलाई भरमग्दुर सहयोग पुयाइन्।

काठमाडौंको आफ्नो घरमा दुई महिना पनि बस्न नपाउँदै एक छोरी र दुई छोरालाई सदाका लागि टुहुरा पारेर आँसुको उपहार छोडी यिनी सदाका लागि बिदा भइन् । उनको पार्थिव शरीरलाई काठमाडौं ल्याएर उच्च सम्मान दिइयो। यसरी शैलपुत्री पासाङल्हामुले सगरमाथा विजयको गौरवपूर्ण इतिहास रचेर नेपालीको शिर ठाडो पारी आफ्नो जीवनलाई धन्य तुल्याइन् ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login