१४६. प्रकृतिको संरक्षण र सदुपयोग

१४६. प्रकृतिको संरक्षण र सदुपयोग

१४६. प्रकृतिको संरक्षण र सदुपयोग

यस धर्तीलाई सजाउन प्रकृतिले नै सृष्टि गरिदिएका प्राकृतिक वस्तुलाई प्राकृतिक सम्पदा भनिन्छ । यसअन्तर्गत हिमाल, पहाड, नदीनाला, वनजङ्गल, पाखापखेरा, कीटपतङ्ग र जीवजनावर आदि पर्दछन् । यिनै प्राकृतिक तत्वहरूले नै प्राकृतिक सन्तुलन कायम राखेका छन् । हामीहरूले यिनै प्राकतिक वस्तुको रेखदेख र संरक्षण गर्न सक्छौं । वनजङ्गल जोगाउनु हामी सबैको कर्तव्य हो । यसको विनाश भयो भने एकातर्फ प्राकृतिक सन्तुलन रहँदैन भने अर्कातर्फ वातावरण विग्रन्छ। त्यसैगरी खोलानाला सफा राख्नु पनि हाम्रो कर्तव्य हो । जङ्गली जनावरहरूलाई निर्वाध रूपमा जङ्गलमा बस्न र घुमफिर गर्न दिनुपर्छ ।

प्राकृतिक वस्तुको संरक्षणका अतिरिक्त हामीले यसको सदुपयोग पनि गर्न जान्नुपर्छ । हामीले हिमाल, पहाड, बनजङ्गल र ताल तलैयाहरूको संरक्षण गरी पर्यटन व्यवसाय सञ्चालन गर्न सक्छौं । जसले गर्दा प्रकृतिको संरक्षण हुनुका साथै आयआर्जन पनि गर्न सकिन्छ । त्यसैगरी नदीनालाहरूबाट खेतीपातीमा सिंचाइ गर्न र बिजुली बत्ती उत्पादन गरी मानवजीवन सरल बनाउन सकिन्छ ।

नाङ्गा डाँडाहरूमा वृक्षरोपण गरेर हरियाली बनाउन सकिन्छ । यस्ता कार्यहरू गर्न सबै मानिसहरू सक्रिय हुनुपर्छ । प्रकृतिले नै वरदानको रूपमा दिएको प्राकृतिक वस्तुको संरक्षण गरी यसको अधिकतम् उपयोग गर्न हामी सबैको साझा कर्तव्य हो।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login