- Home
- Show Content
१४७. पुस्तकको महत्त्व
१४७. पुस्तकको महत्त्व
१४७. पुस्तकको महत्त्व
पुस्तक ज्ञानको भण्डार हो। मान्छेले आफ्नो जीवनमा प्राप्त गरेका अनगिन्ती ज्ञान र अपार अनुभवहरूलाई लिपिबद्ध गरेर व्यक्त गर्दा निर्माण भएको सामग्रीलाई पुस्तक भनिन्छ । किताब, ग्रन्थ, पुस्तक आदि जे भने पनि यसलाई सरस्वतीको शाब्दिक उपस्थिति भने हुन्छ । आजको विश्वइतिहासमा साहित्य, कला, संस्कृति, शिक्षा, ज्ञानविज्ञान, दर्शन आदि जुनसुकै क्षेत्रमा पनि सुनिने प्रचलित नामहरू जति छन्, ती सबैमा पुस्तकको ठूलो भूमिका रहेको छ । बाहिरी रूपमा हेर्दा मान्छेले अनगिन्ती प्रगतिका सिँढीहरू चढ्दै जाँदा त्यसको कारकतत्त्व के होला ? भन्ने लागिरहन्छ तर मान्छेको सफलताको हरेक पाइलामा पुस्तकले अटल जगको काम गरिरहेको हुन्छ ।
मान्छेले बाल्यकालमा बाह्रखरी सिक्ने वर्णमालादेखि लिएर विश्वप्रसिद्ध महाभारत, रामायण, इलियड र ओडिसीजस्ता ग्रन्थहरू सबै पुस्तक नै हुन् । कागजमा मसीले पोतिएका अपार ज्ञानका प्रतिबिम्बहरूको शक्ति कति छ भनेर नाप्न थाल्ने हो भने त्यसको सामर्थ्य तत्कालै थाहा हुन सक्दैन । भौतिक रूपमा त यो अत्यन्त कमजोर पनि छ किनभने एउटा आगोको झिल्को र एक गिलास पानी पनि सहने शक्ति यसमा छैन । क्षणभरमा खरानी बन्न सक्ने र क्षणभरमा गलेर माटामा मिल्न सक्ने कागजबाट वनका पुस्तकको शक्ति त्यसले मात्र पत्ता लगाउन सक्छ, जसले पुस्तककै कारण आफूभित्र एउटा उज्यालो संसारलाई प्रवेश गराइसकेको छ।
मान्छेभित्रको ज्ञान र पुस्तकभित्रको ज्ञान द्वै अदृश्य नै हुन्छन् । 'जान्नेका लागि श्रीखण्ड, नजान्नेका लागि । खुपाका विड' भनेझै बझनेका लागि पुस्तक सिङ्गो ब्रह्माण्ड हो भने नबुझ्नेका लागि एउटा कागजको थुप्रोमात्र । तर, संसार हाँक्ने महारथिहरूको निर्माण गर्ने काम पुस्तकले नै गर्दछ। . पुस्तक सरस्वतीको भौतिक उपस्थिति हो । यसलाई अनवरत पजा गर्नेहरूको तरमा कहिल्यै अवनति भएको छैन । सेक्सपियर. मिल्टन र गेटेहरूमात्र होइन, सालमाक्स, डार्विन र फ्रायडहरू पनि पुस्तककै पुजारीहरू हुन् । उनीहरूभित्र बलेको ज्ञानको दियो, ईश्वरीय देन वा कसैले दिएको उपहार होइन, अनंगिन्ती पस्तकका पानाहरूभित्र लुकेर बसेका अकाट्य, अस्पृश्य र अज्ञात ज्योतिहरूलाई वर्षों वर्षसम्मको साधनाले खोतलेर निकालेपछि मात्र उपयुक्त महापुरुषहरूको हृदयको दीप वाहिर चम्किन थालेको हो।
नेपाली सन्दर्भमा हेर्ने हो भने लेखनाथ, देवकोटा र सम पुस्तकका अनुपम पुजारीहरू हुन् । अक्षर शक्ति हो, त्यही शक्तिको पुञ्ज पुस्तकमा हुन्छ । शब्दलाई ब्रह्म मान्ने प्राचीन परम्परा त छदै छ, त्यस दर्शनलाई माने पनि नमाने पनि हजार गोलीले गर्न नसकेको काम एउटा वाक्यले गर्नचाहिँ अवश्य सक्छ। मान्छे बाहिर जति छ, त्यो उसको आधा चिनारी पनि होइन । उज्यालो अनुहार वा राम्रा आँखाहरू त भित्र अँध्यारो हुनेहरूलाई मन पर्ने कुरा हुन् ।
जसले किताबको गहिराइबाट जीवनका रहस्यहरू खोतलेर बाहिर निकालिसकेको छ, त्यसलाई अनुहारको चमकले कुनै प्रभाव पार्दैन । पुस्तक एउटा त्यस्तो हतियार हो, जसले मान्छेलाई कुनै चोट नलगाई वा कुनै यातना नै नदिई शरीरको बाह्य भागदेखि आन्तरिक अङ्गप्रत्यङ्गको समेत शल्यक्रिया गरिदिन्छ ।
'पुरानो कोट लगाऊ, नयाँ पुस्तक किन' भन्ने थोरोको भनाइले पनि भौतिक साजसज्जामा भन्दा मस्तिष्कको शृङ्गारमा लाग्नुपर्ने कुरामा जोड दिएको छ । तर, संसारका सबै पुस्तकहरूले मान्छेको मस्तिष्कलाई उज्यालो पार्छन् नै भन्ने छैन । खराब पुस्तक मानवजीवनको शत्रु पनि हुन सक्छ तर सचेत पाठकले संसारलाई बुझन र कलाको महत्त्वको विवेचना गर्नका लागि चाहिँ असल र खराब दुवैखाले पस्तकको गम्भीर अध्ययन गरेको हुन्छ । सेतो कस्तो हुन्छ, भनेर जान्नका लागि पनि कालो चिनिराख्नु राम्रो हो । यस अर्थमा पनि ज्ञानविहीन पुस्तकको कल्पना नै असम्भव छ।
पुस्तक हृदयको उज्यालो हो, चेतनाको आधारस्तम्भ हो, जीवनको मार्गदर्शक हो, गन्तव्यको सहयात्री हो र कहिल्यै आफूचाहिँ नमाग्ने तर दिइरहने यथार्थ जीवनको कल्पवक्ष हो । महत्त्व नबुझदा यो फोहोर पुछ्ने रुमाल बन्न सक्छ, चटपटे पोको पान सोली बन्न सक्छ, जिरा र मेथी बोक्ने थैली बन्न सक्छ, गर्मीमा हम्किने पङ्खा बन्न सक्छ वा जाडोमा ताप्ने धुनी पनि बन्न सक्छ । तर आज मान्छे जेका कारण मान्छे बनेको छ, आजको विश्व जेका कारण अन्तरिक्षसम्म पुगेको छ, आज मान्छेका लागि जेले गर्दा विश्व एउटा घर र सानो धूलाको कणदेखि वेलका अङ्गप्रत्यङ्गहरू आँखाअगाडि छर्लङ्गिएका छन्, ती सबैको एकमात्र कारक पस्तक नै हो।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review