१४९. नेपालमा ऊर्जा सङ्कट

१४९. नेपालमा ऊर्जा सङ्कट

१४९. नेपालमा ऊर्जा सङ्कट

ऊजाको अर्थ शक्ति हो। कुनै पनि कार्य सम्पादन गर्न शक्तिको आवश्यकता पर्दछ। जसरी शक्तिको मानिसको शरीरले काम गर्न सक्दैन त्यसरी नै शक्तिको अभावमा कलकारखाना, विद्युतीय उपकरण सञ्चारका साधनहरू, यातायातका साधनहरू तथा अन्य वैज्ञानिक उपकरणहरू सञ्चालन हुन सक्दैनन मानिसको जीवनमा अत्यावश्यक सामग्रीहरूको सञ्चालनमा ऊर्जा चाहिन्छ। घरगृहस्थीदेखि अस्पतालय गाडीदेखि अन्तरिक्षयानसम्म, रेडियोदेखि इन्टरनेटसम्म ऊर्जाविना केही चल्न सक्दैनन् । हामीले साँझ परेपछि बाल्ने बत्तीका लागि पनि ऊर्जाको आवश्यकता पर्दछ।

 

 ऊर्जा विभिन्न प्रकारका हुन्छन् । खानीबाट निकालिने पेट्रोल, डिजेल, मट्टितेल, ग्यास आदि प्राकृतिक ऊर्जा हुन् । जलविद्युत् तथा आणविक ऊर्जाहरू वैज्ञानिक उपलब्धि हुन् । ऊर्जाका यिनै स्रोतहरूको पर्याप्ता नहुनुलाई ऊर्जा सङ्कट भनिन्छ। नेपालमा खनिज ऊर्जाका स्रोतहरू छैनन् । त्यसैले नेपालले यसमा पूर्णतया विदेशमा निर्भर हुनुपरेको छ । विदेशबाट आयात गर्नुपर्दा देशको अर्थतन्त्रको ठूलो हिस्सा बिदेसिने गरेको छ। विदेशबाट बोकेर ल्याइएका पेट्रोलियम पदार्थहरूको पनि बेलाबेलामा अभाव हुने गरेको छ। जसले गर्दा सहरी क्षेत्रका बासिन्दाहरू प्रत्यक्ष रूपमा सङ्कटमा पर्ने गरेका छन् भने नेपालको बजार व्यवस्था ऊर्जामा आधारित भएकाले चर्को महँगीको सिकार पनि भएका छन् । यसको अर्थ नेपालमा एकातिर ऊर्जा सङ्कटको समस्या त छंदै छ अर्कातिर ऊर्जाकै कारण अन्य क्षेत्रहरूमा पनि समस्या उत्पन्न हुने गरेको छ। ऊर्जाको अर्को महत्त्वपूर्ण स्रोत जलविद्युत् हो ।

 

नेपाल पहाडी मुलुक हो जहाँ असङ्ख्य नदीनालाहरू छन् । ती नदीनालाहरूमा रहेको प्रवाहबाट विद्युत् उत्पादन गर्न सकिने ठूलो सम्भावना छ। एक सर्वेक्षणले नेपालमा करिब एकलाख मेघावाट बिजुली निकाल्न सकिने क्षमता देखाएको छ। एक अध्ययनले सगरमाथा क्षेत्रलाई वैकल्पिक ऊर्जाको महत्त्वपूर्ण क्षेत्र रहेको तथ्य सार्वजनिक गरेको छ। आफूसँग यत्रो सम्भावना हुँदाहुँदै पनि नेपालीहरू बत्तीमुनिको अँध्यारो भोग्न विवश छन्। पर्याप्त मात्रामा बिजुली उत्पादन गर्न नसकिएको कारण हालको उत्पादनले मागको एक छेउ पनि भेट्न सकेको छैन । जसको परिणामस्वरूप नेपालका सम्पूर्ण सहरी क्षेत्र र अधिकांश गाउँहरू लोडसेडिङको चपेटामा परेका छन्।

ऊर्जाका वैकल्पिक धेरै स्रोतहरू छन् । ती स्रोतहरूको पहिचान गरी उत्पादनलाई व्यवस्थित गर्न नसकिएका कारण नेपालले ऊर्जाको सङ्कट भोग्नुपरेको छ । सूर्यको तापबाट निकालिने सौर्य ऊर्जा, हावाका ११ निकालिने वायु ऊर्जा, सजिवन जस्ता बिरुवाहरूबाट निकालिने प्राकृतिक जैविक तेल जस्ता " वैकल्पिक स्रोतहरूको उपयोग हुन नसकेका कारण पनि नेपालमा ऊर्जाको सङ्कट बढ्दै गएका ऊर्जा आधुनिक मानव सभ्यताको अभिन्न अङ्ग हो । खाना पकाउनेदेखि शिक्षा, सञ्चार, स्वास्थ्य, खेलकुद, यातायात, उद्योग जस्ता हरेक क्षेत्रमा आवश्यक ऊर्जाको माग दिन प्रतिदिन बढ्दै छ ।

 मागअनुसार वितरण हुन नसकेको कारण तथा अरूमा निर्भर रहनुपरेका कारण नेपालमा बारम्बार ऊर्जाको सङ्कट बढ्दै गएको हो । जनसङ्ख्या वृद्धि, बढ्दो सहरीकरण, वैज्ञानिक उपलब्धि तथा मानवीय जीवनपद्धतिमा भित्रिएको आधुनिकताले दिनदिनै थप ऊर्जाको माग गरिरहेको छ । त्यो मागलाई उत्पादन भइरहेको विद्युत्ले भेट्न सक्दैन । त्यस्तै विदेशबाट ल्याएको खनिज ऊर्जाको मूल्यमा हुने वृद्धिले पनि सङ्कट सिर्जना गरेको छ। ऊर्जामा आत्मनिर्भर भई विद्यमान समस्याको निराकरण गर्न नेपालले जलविद्युत् तथा वैकल्पिक ऊर्जाको विकासमा ध्यान दिनुपर्ने देखिन्छ । आफूमा रहेको अपार जलस्रोतको उपयोग गरेर साना तथा मझौला जलविद्युत् आयोजनाहरूको निर्माण गर्नुपर्छ ।

स्थानीय सहभागितालाई प्राथमिकतामा राखेर गरिने यस्ता आयोजनाहरूले स्थानीय मागलाई सम्बोधन गर्न सक्छन् । त्यस्तै राष्ट्रियस्तरका ठूला आयोजनाहरूलाई पनि महत्त्व दिनुपर्छ । नेपालले आफ्नो विद्युत् उत्पादनमा क्षमताको पूर्ण उपयोग गर्न सक्यो भने आफूलाई चाहिने ऊर्जाको खपतपछि बाँकी रहेको विद्युत्को बिक्रीबाट नै देशको सिङ्गो अर्थतन्त्र चल्न सक्छ । ऊर्जाको अभावकै कारण पर्यटन, कृषि जस्ता क्षेत्रहरू धराशायी हुने अवस्थामा पुगेका छन् । यो यथार्थलाई बुझेर दीर्घकालीन योजनाका साथ देशमा विद्युतीय क्रान्ति गर्नुपर्ने आवश्यकता टड्कारो रूपमा देखिएको छ। त्यसो त जलविद्युत्को उत्पादन लागत बढी हुने भएकाले एकैपटकमा धेरै आयोजनाहरू निर्माण गर्न सम्भव छैन । तर साना तथा मझौला आयोजनाहरूमा जनसहभागिता जुटाउने र राज्यले त्यसको सुरक्षाको जिम्मेवारी लिने हो भने निश्चय पनि जनस्तरबाटै लगानीका ढोकाहरू खुल्ने छन् । यसो भएमा मात्र देशले भोग्दै आएको ऊर्जा सङ्कट समाधान हुन सक्छ। ऊर्जा सङ्कट समाधानको अर्को उपाय वैकल्पिक ऊर्जाको उपयोग हो ।

यसका लागि पनि नेपालमा धेरै सम्भावनाहरू छन् । ती सम्भावनाहरूको पहिचान गरी उत्पादन र व्यवस्थापन गर्न सके सङ्कट समाधान हुन्छ। यसका लागि सौर्य ऊर्जा उत्पादनमा देशले लगानी बढाउनुपर्छ । कृषकहरूलाई सजिवनको खेतीमा आकर्षित गरेर देशका बाँझो जमिनमा सजिवन खेती गर्न लगाई जैविक तेल निकाल्न सकिन्छ । सङ्कट समाधानको लागि राष्ट्रिय कार्यक्रमका रूपमा दीर्घकालीन योजनाहरू निर्माण गर्नुपर्छ र त्यसको कार्यान्वयनका लागि इमानदार हुनुपर्छ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login