१५०. फुटबल

१५०. फुटबल

१५०. फुटबल

स्वस्थ शरीरका लागि शारीरिक अभ्यासको खाँचो पर्दछ । शारीरिक अभ्यासभित्र विभिन्न प्रकारका खेलकुद, योगाभ्यास, दैनिक र नियमित धावन जस्ता कुराहरू पर्दछन् । यी शारीरिक अभ्यासहरूले मानिसको मानसिक तथा बौद्धिक विकासमा प्रत्यक्ष प्रभाव पार्दछन् । खेलकुदअन्तर्गत विभिन्न प्रकारका अभ्यासहरू गर्न सकिन्छ ।

सबै उमेर समूहका व्यक्तिहरूलाई मनपर्ने शारीरिक खेलका रूपमा फुटबलको चर्चा गरिन्छ । यस खेलमा बालक तथा युवाहरू ज्यादा आकर्षित हुन्छन् । यस खेलमा खेलाडीहरू मात्र होइन दर्शकहरूको पनि उत्तिकै रुची रहेको हुन्छ । फुटबल खेलको इतिहास अन्य खेलका तुलनामा निकै पुरानो मानिन्छ । यस खेलमा ११/११ जना खेलाडीहरू सहभागी हुन्छन्। यी २. उमेरसमूहका दृष्टिले फुटबल विद्यालय तथा विश्वविद्यालय जीवनको सबभन्दा रुचिपूर्ण खेल हो।

फुटवलमा विद्यालय तथा विश्वविद्यालयका छात्रछात्राहरू विशेष अभिरुचि राख्दछन् । त्यसैले खेल : प्रस्तुति र अभिव्यक्तिमा फुटबल खेलको आकर्षण दिनदिनै बढ्दो छ। फुटबल खेलको इतिहास सोह्रौं शताब्दीसम्म जोडिएको पाइन्छ । यस सन्दर्भमा रिचार्ड भलकस्टरको नाम जोडिएको छ । त्यति बेला खेलमा छिटोछरितो कुँद्ने र फुर्तिलो शरीर भएका व्यक्तिहरूलाई मात्र यो खेल खेल्न दिने प्रचलन रहेको थियो । क्रमश: फटबल खेलका नियमहरू बन्दै गए, सुधारहरू हुँदै गए, खेलाडीहरूको रुची बढ्दै गयो, विश्वविद्यालयका छात्रछात्राहरूका बिच प्रतिष्पर्धा हुँदै गयो । फलस्वरूप सबै उमेरसमूहका व्यक्तिहरूका लागि यो खेल रुचीपूर्ण बन्यो।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login